नेवा: स इन्टरनेट रेडियो

Saturday, January 26, 2013

अन्तिम क्षण र दियोको उज्यालो

अन्तिम क्षण र दियोको उज्यालो

शिवजी श्रेष्ठ


नेपालमा सहिद सप्ताह सुरु भइसकेको छ । अब पुनः सदाझैं विभिन्न पार्टीका नेताहरूले निर्लज्ज रूपमा सायद सहिदहरूको बखान गर्नेछन् । हुन त राजनीतिक रूपमा धेरै रर्ेकर्ड राख्दै आएको हाम्रो देशमा सहिद खेती -सङ्ख्या) मा रर्ेकर्ड नै रहेको छ । धेरै आन्दोलन पार्टीपिच्छे अनि विभिन्न नाममा सहिद बढाउने क्रियाकलापले सहिदको महिमा घटाउने कार्य त भएको छ नै । तर पनि नेपालको इतिहासमा वि.सं. १९९७ सालको सहिद पर्वको छुट्टै महत्त्व छ ।


आजभन्दा ठीक सत्तरी वर्ष अगाडि वि.सं. १९९७ माघ ६ गते राणाशासनविरोधी काण्डमध्ये नागरिक अधिकार समिति काण्ड र असार ९ गते मछिन्द्रनाथको भोटो देखाउने जात्राको दिन छरिएको पर्चा काण्डमा पक्राउ परेकाहरूको बारेमा फैसला गरिएको थियो ।

प्रजापरिषद्को पर्चाकाण्डको बारेमा सहिद शुक्रराज शास्त्रीका भाइ रामजी जोशीबाट कुरा खुलेपछि १९९७ कात्तिक २ गते धर्मभक्त माथेमाको ओमबहालको घर तलासी गर्दा उनको घरको भित्तामा प्वाल बनाएर राखिएको अवस्थामा एउटा कागज भेटियो । जसमा वि.सं. १९९७ भदौ १८ मा भएको प्रजापरिषद्को अधिवेशनसम्बन्धी माइन्युट थियो । दशरथ चन्दको हस्ताक्षरमा ‘राजाको संवैधानिक अधिनायकत्वमा बेलायतमा जस्तो प्रजातन्त्रको स्थापना गर्ने प्रजापरिषद्को उद्देश्य रहनेछ । जसको सभापति टंकप्रसाद आचार्य, उपसभापति दशरथ चन्द, महामन्त्री रामहरि शर्मा, अरू सबै उपस्थित सदस्यहरू कार्यकारिणीका सदस्य हुनेछन् भनी दस्तखत गर्ने -१) दशरथ चन्द, -२) धर्मभक्त माथेमा -३) रामहरि शर्मा -४) गोविन्दप्रसाद उपाध्याय, -५) चन्द्रमान सैंजु -६) पुस्करनाथ उपे्रती -७) बलबहादुर पाण्डे, -८) केशवराज कार्की, -९) वाचस्पतिराज जोशी । यो कागजातसहित राजा त्रिभुवनसँग प्रजा परिषद्को पत्राचार गरिएका पत्रहरू पनि भेटिएपछि व्यापक धरपकड भयो । धेरै केरकार, यातना, खोजतलासपछि सो काण्डमा सरोकार नै नभएका शुक्रराज शास्त्री -जोशी) सहित सबैलाई सिंहदरबारभित्रको फुटबल चौरमा उपस्थित गराइयो । बिजुलीगारतको कडा सुरक्षाबीच अघिल्तिर पालमा राणाका रोल/बेरोलका जर्नेलहरू, चौरमा राणाका भारदारहरू बसेका थिए । ती बन्दीहरूलाई ल्याइएको धेरैपछि श्री ३ जुद्धशमशेर पछि-पछि हुक्का, नली, चिलिम र लामो खड्को नलीसहित आइपुगेपछि नरशमशेरले राजा त्रिभुवनलाई तिनैजना छोराहरूसहित लिएर आइपुगे । राजा काउचमा बस्नेबित्तिकै जुद्धशमशेरले हुक्का गुडगुडाउन छाडेर उठेरै लिखित भाषण दिए । त्यतिखेरै उनले ‘…कीराले हीरा बिगार्‍यो…निच दर्जाका सोसलिष्टले उचालेको… गान्धीसँग भेटी नेपालको कुरा गरेको… यस्ता गाथगादी तोक्ने राजद्रोहीलाई म के गरौँ -’ भनी राजा त्रिभुवनतिरै हेर्दै खुट्टा बजारे । राजाले ‘मोडरेट गर्नुपर्छ’ भनी सक्न नपाउँदै माइला गुरुज्यू हेमराजले मनुस्मृतिको श्लोक उद्धृत गर्दै ‘राजद्रोही ब्राह्मण नै किन नहोस् त्यस्ता दुस्कर्मीलाई प्राणदण्ड दिन सकिन्छ’ भने । ‘महाराज यी सबैलाई काट्नुपर्छ’ भनेर कर्र्णोल यक्षविक्रम धमलाले थप्नेबित्तिकै बन्दीहरूको लहरमा उभिएको शुक्रराज शास्त्रीले आङ चलाउँदै, खुट्टा बजार्दै नेल- सिक्रीको आवाजसहित ‘प्रजातन्त्रलाई थिचोमिचो गरी स्वार्थपूर्ति मात्र गर्न खोज्ने शासकलाई पनि धर्मशास्त्रमा सजाय तोकिएको छ महाराज, उद्धृत गर्न पाउँm’ भनेर आक्रोश पोखे । शुक्रराज शास्त्री -जोशी) को आक्रोश सुनेर जुद्धशमशेर अझ आक्रोशित भएर ‘यी सबैको नाइके तैं होस्, अझ कराउँछस् । तपाईं पल्टनले कुल्चाएर मारौँला’ भनी कर्ुर्लिए । यहीबीच राजा त्रिभुवन एक्कासि उठेर मोटरमा चढी दरबार लागेपछि फैसला सुनाउने कार्य केहीछिन रोकियो ।


यसैबीचमा प्रधानमन्त्रीसहित चार कमान्डिङ जर्नेलको बैठक बसी सिंहदरबारअगाडिको माछापोखरीको दक्षिणतर्फ ढुङ्गे पथमा राखी फैसला सुनाए । गणेशमान सिंहका बडाबाजे बडाकाजी रत्नमान सिंहले बेरिएको कागज सुब्बा महेन्द्रबहादुर महतलाई दिएपछि उनले फैसला सुनाउँदै गए । यो फैसलामा जसको नाम लिइन्थ्यो ती बन्दी एक कदम अगाडि बढी आफ्नो नामको फैसला सुनिसकेपछि पुनः पछि हट्थे । सो फैसलाअनुसार ज्यान, अंश सर्वस्व शुक्रराज जोशी -शास्त्री), दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, पूर्णनारायण प्रधान -पछि टुँडिखेलमा झुन्ड्याउने तयारी गर्दै गर्दा कमान्डर इनचिफ पदमशमशेर आई नमार्नु, जन्मकैद गर्नु भनेकोले मारिएन) ।


चारपाटा मुडी, अंश सर्वस्व, जन्मकैद- टंकप्रसाद आचार्य, रामहरि शर्मा । जन्मकैद र अंश सर्वस्व चूडाप्रसाद शर्मा, गोविन्दप्रसाद उपाध्याय, पुष्करनाथ उपे्रती, मुकुन्दनाथ रिमाल, बलबहादुर पाण्डे, चन्द्रमान सैंजु, गणेशमान सिंह, हरिकृष्ण श्रेष्ठ, फत्तेबहादुर, चिनियालाल सिंह । जन्मकैद मुरलीधर भट्टराई । अठार -१८) वर्ष कैद र अंश सर्वस्व जीवराज शर्मा, केदारमान श्रेष्ठ, चन्द्रमान मास्के, धर्मरत्न उदास । बाह्र -१२) वर्ष कैद र अंश सर्वस्व सिद्धिचरण श्रेष्ठ, रामदास खत्री, कटबहादुर, मरिचमान सिंह, धु्रवप्रसाद दवाडी, गणेशराज वन्त, अन्य कैद र अंश सर्वस्व भएकाहरू पूर्णबहादुर एमए, चित्रधर तुलाधर, राजालाल कटुवाल, भूपालमानसिंह प्रधान, अवन्तिनाथ उपाध्याय, ज्योत्रि्रसाद गौतम, खगेश्वर उपाध्याय, बाग्पतिराम जोशी, ५० जनालाई जरिवाना गरी छाडिएको थियो ।


राणा शासकको यस्तो निर्मम र कठोर सजाय सुन्दै गर्दा जब आफ्नो सजाय सुने दशरथ चन्दले ‘देशके लिएर ज्यान क्या चिज है’ भनी अट्टहास गरेँ । फैसलाकै क्रममा अब अरू साथीहरूलाई ‘जन्मकैद’को फैसला सुनाउँदै थिए, दशरथ चन्दले ‘के जुद्धशमशेरको जन्मभर -’ भनी जुद्धशमशेरलाई खुला व्यङ्ग्य गरेका थिए, -त्यतिखेर जुद्धशमशेर ६५ वर्षका थिए) । यस बेला गंगालाल श्रेष्ठको कविता चर्चित थियो । वीर रसमा लेखिएको कवितामा


नेता-नेतादि सबै मर्नु साझा सबैको
सब शव गई बस्दछन् एकदिन काखमा चिताको,
किन डरुँ, मृत्युदेखि मर्न कम्मर कसेको,
हुँ एक वीर पुत्र म पनि वीर माँ नेपालको ।



सजाय पाएको सबैलाई भोलिपल्ट माघ ७ गते जेलतिर लैजान लाग्दा बरण्डामा उभिएर सबै बन्दी साथीहरूलाई सम्बोधन गर्दै दशरथ चन्द र गंगालाल श्रेष्ठले भनेका थिए, ‘तुम लोग तो जिय हो यार, काम करा । हम लोग तो चले हि जायंगे, लेकिन फिर भी भूत बनकर यिन -राणा) को सतायँथे ।’


अन्तिम क्षण र वाक्यहरू


पाँचजनालाई झुन्ड्याएर ज्यान सजाय दिइने निर्णय भएकोमा पूर्णनारायण प्रधानलाई टुँडिखेलमा झुन्ड्याउने तयारी गर्दागर्दै पदमशमशेरले आजन्म कैदमा परिणत गराए । दशरथ चन्द र गंगालाल श्रेष्ठले शोभाभगवतीमा मरेसँगै मर्ने कमस खाएको हुँदा झन्ड्याएर होइन गोली हानी मार्न अनुरोध गरेकोले माघ १५ गते सँगै गोली हानी सहिद बनाइए । माघ ९ गते शुक्रराज शास्त्रीलाई टेकु, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा झुन्ड्याई सहिद बनाइयो ।


शुक्रराज शास्त्रीले माघ ९ गते घरबाट पठाइएको दूध र रोटी खान लाग्दा बीचमै बाहिर लगियो । बाहिर जाँदाजाँदै उनले ‘सबै भाइलाई नमस्ते, मर्नु सबैले पर्छ, तर यसरी मर्न पाउँदा मेरो नाम अमर भयो’ भन्दै हिँडे । उनको छातीमा एउटा बोर्ड झुुन्ड्याइएको थियो, जसमा ‘…क्रान्ति गर्न खोज्नेलाई यस्तो सजाय भयो…’ लेखिएको थियो । तर, उनको झुन्डिएको लाशलाई भोलिपल्ट बिहान ८२ वर्षको एकजना गेरु वस्त्रधारी वृद्ध आई नमस्कार गर्दै बोले, ‘स्याबास बेटा, तुम धन्य हो । तुमने माँ-बापका दिह नहि कि देशका हि गौरव बढाया है । बेटा होना तो ऐसा हि होना…।’ ती थिए- शुक्रराज शास्त्रीका पिता समाज सुधारक माधवराज जोशी ।र्


धर्मभक्त माथेमालाई मार्ने दिन भेट्न फुपूकी छोरी र्सर्ूयलक्ष्मी आइन् र ‘माफी मागेको भए छुट्छ भन्छन्, किन माफी नमागेको -’ भनी सोध्दा धर्मभक्तले ‘हामीले प्रजातन्त्रका लागि काम गरेका हौँ, हामीले के बिराएका छौँ र माफी माग्ने – यस्ता क्रूर शासकसँग पनि माफी माग्छन् -’ ‘मैले तिमीलाई धेरै दुःख दिएँ, अब भोलिदेखि त्यो दुःख पर्दैन है…’ यस्तो व्यक्तिको सहादतपछि बाबु र भाइहरू कलकत्ता जेलमा, पत्नी -शुक्रराज शास्त्रीको बहिनी) पहिल्यै मृत्यु भएकोले आफन्तहरू लाश उठाउन पनि आएनन् । अन्तिममा उनकै घरमा खाना पकाउने लमजुङका शिवचन्द्र घिमिरेले किरिया गरे ।


गंगालाल श्रेष्ठलाई १४ माघमा मार्ने भनिएकोले दिउँसो परिवारलाई भेट्न बोलाइयो । त्यही राति उनको जुम्ल्याहा बच्चा जन्मेकाले श्रीमती हसनादेवी आउन सकिनन् । बुबा, भाइहरूलाई एक-एक गरेर सम्झाउँदै ‘जन्मेपछि मृत्यु निश्चित, सबै मर्छन् । केही वर्षपछि मेरो पनि मर्ने नै चोला हो, ज्यानका निम्ति मैले अत्याचारीसँग माफी मागेँ भने भोलि तपाईंहरूले पनि धिक्कार्नुहुनेछ’ भनी बाबु भक्तलाल श्रेष्ठलाई ढोग्दैै ‘बा, तपाईंजस्ता गीताका ज्ञाताले मेरो नाशवान देहको नाश हुने भएकोमा शोक गर्न सुहाउँदैन । बा, मलाई जन्मभूमिको उत्थानका निम्ति हाँसी-हाँसी जीवन उर्त्र्सग गर्न आशीर्वाद दिनुहोस् ।’ अनि भाइ पुष्पलाल श्रेष्ठतिर फर्किए ‘माहिला, यस जन्मभूमिमा प्रजातन्त्रको स्थापनाका लागि हामीले बालेर गएको दियोलाई तिमीले जाज्वल्यमान पार्न नेपालको कुना-कुनामा पुर्‍याउनू’ अन्तमा ‘मेरो भर्खरै जन्मेको छोराहरूको नाम रवि र शशि राख्नू’ भन्दै बिदा भए । तर, त्यो दिन औंसी परेकोले उनीहरू मारिएनन् । भोलिपल्ट १५ माघमा उनीहरूलाई मार्न भनी बाहिर लैजाने बेलामा गणेशमान सिंहको हात समातेर बिदा माग्दै, ‘डन्ट फरगेट माइ बिलभ्ड गणेशमान दाइ’ भन्दै लरीमा चढे र घरको नजिक पुगेपछि ‘हसना’ ‘हसना’ भन्दै कराउँदै शोभाभगवती पुर्‍याइए । उनलाई गोली हानेर मारिएपछि फुकी, गुठीले उनलाई पोडेले गोली हानेको भनी लाश उठाउन मानेनन् र बुबा भक्तलालले केही साथीहरू खोजी सतगत गरे ।


दशरथ चन्दलाई गंगालालसँगै एकैपटक सहिद बनाइएको थियो । ज्यान सजाय सुनाएको भोलिपल्ट सिंहदरबारमा सफाइको काम गर्ने राममाया च्यामिनीलाई सम्बोधन गर्दै ‘राममाया, मेरा साथीहरू मारिएपछि उनीहरूका निम्ति रुने आफन्तहरू धेरै छन्, तर मेरा निम्ति रुने यस संसारमा कोही छैन । तर्सथ, मलाई मारेपछि ‘दाइ भन्दै तिमी रोइदेऊ है’ भनेका थिए । उनले भनेझैं उनलाई मारिएपछि उनको लास ूउठाउने कोही भएनन्, उनकी माइजू नाता पर्ने तिलकराज शाहीकी आमाले मानिसहरू पर्ठाई उनको सतगत गराइदिइन् ।


यसरी राष्ट्रको निम्ति आहूति गर्नेहरूको अन्तिम क्षण र सहादतपछिको अवस्था त्यस्तो रह्यो भने आजन्म कैद भएकाहरूमध्ये बलबहादुर पाण्डे जेलभित्रै पागल भएर वि.सं. १९९९ चैत २२ गते सहिद बने भने अर्का चिनियालाल सिंह पनि टाइफाइड भएर उपचार नपाई वि.सं. २००१ असार २६ गते सहिद बने । गणेशमान सिंह वि.सं. २००१ असार ६ गते जेलको पर्खाल नाघी भागेर भारत पुगी प्रजातान्त्रिक आन्दोलनमा लागे । कतिपय प्रजातन्त्र प्राप्तिपछि २००७ सालमा छुटे ।


यसरी त्यस कालखण्डमा प्रजातान्त्रिक आन्दोलनमा लागेकाहरू कतिले सहादत प्राप्त गरे, कति अझै पनि जिउँदै छन् । कतिका नाम छन्, कति गुमनाम छन् । साथै यिनै सहिदहरूका पे्ररणाले गर्दा सहिद गंगालालले भनेझैं उहाँहरूले बालेर जानुभएको दियो कुना-कुनामा पुगेको छ । तर, ती दियोको उज्यालो भने सम्पूर्ण जनताले महसुस गर्न बाँकी नै छ । तर्सथ, आजभन्दा ७० वर्षअघि सहिदहरूले बालेर गएको दियोको उज्यालो सबै नेपालीले महसुस गर्ने वातावरण सिर्जना गर्ने पे्ररणा सहिद दिवसले सम्बन्धित सबैलाई दिऊन् ।

Source: http://www.ghatanarabichar.com/?p=868

No comments:

Post a Comment