नेवा: स इन्टरनेट रेडियो

Tuesday, June 29, 2021

Shame on you Imagekhabar. ईमेजको ईमेज अब त्यस्तै रहेन

टेलिभिजन च्यानलहरुमा ईमेज च्यानलले अरु च्यानल भन्दा सन्तुलित र निष्पक्ष समाचार दिन्छन् भन्ने मलाई लागेको थियो । तर एउटा घटनाले मेरो आशा र भरोसा चकनाचुर गरिदियो ।


एउटा संचारकर्मीले आफू कार्यरत रहेको संचारगृहमार्फत आफू स्वयम् संलग्न रहेको समाचार संप्रेषण गर्दा संचारगृहले भने अर्को पक्षको कुरा के हो भन्ने सम्म बुझ्न आवश्यक ठानेन् ।

ईमेजखबरले दुबै जनाको तर्क नसमेटिकन एक पक्षीय रुपमा यो समाचार संप्रेषण गर्दा रुपा ईमेज टिभी च्यानलमा कार्यक्रम प्रस्तोता हुन् समेत भनेका छैनन् ।

तर आफ्नै संस्थामा कार्यरत कार्यक्रम प्रस्तोताको समाचार कुनै भेरिफाई नै नगरी जसरी समाचार संप्रेषण गरियो त्यसबाट यी कार्यक्रम प्रस्तोताले आफ्नो पहुँचको दुरुपयोग गर्यो भनेर मान्न सकिन्छ कि सकिदैन । के कुनै साधारण जनता यसरी आफ्नो गुनासो लिएर गए ईमेजले ठाउँ दिन्छन् । मलाई त रत्तिभर पनि संभव छ जस्तो लाग्दैन ।

आफू संचारकर्मी भएको नाताले नागरिकन्यूज सेतोपाटी र अनलाइनखबरमा फटाफट जस्ताको तस्तै समाचार पस्किन यिनलाई कत्ति पनि गार्हो भएन । यसरी स्वतन्त्र समाचार संप्रेषणमा संचारकर्मीको प्रभावमा परेर कसरी एउटा निष्पक्ष र स्वतन्त्र संचारमाध्यमबाट यस्ता एकपक्षीय समाचार संप्रेषण हुँदो रहेछ र पाठक दर्शक र श्रोतामाझ प्रोपागाण्डा फैलाउने माध्यम बन्दोरहेछ भन्ने यो एउटा राम्रो उदाहरण हो । ईमेजकै समाचार जसजसले प्रेषित गरे उनीहरुले पनि निष्पक्षताको धज्जी उडाउँदै सोही समाचार कपिपेष्ट गर्दै पस्किएका छन् ।

दुखका साथ भन्नु पर्छ । यो घटनाक्रमले वर्षौ लगाएर दर्शक र श्रोतामाझ निष्पक्ष र स्वतन्त्र संचारको छवि बनाएको ईमेज च्यानल र ईमेज ग्रुपको स्वतन्त्र र निष्पक्ष संचारको साख र छविलाई एउटै झटकामा गुमाएको छ ।

No comments:

Post a Comment