नेवा: स इन्टरनेट रेडियो

Monday, January 28, 2013

शहीद दशरथ चन्द

शहीद दशरथ चन्द


दशरथ चन्दको जन्म वि.सं. १९६० असारमा बैतडी जिल्लाको बस्कोटमा पिता शेरबहादुर चन्द र आमा ओजकुमारी चन्दको कोखमा माहिला छोराका रूपमा भयो। शहीद माइला भन्नाले दशरथ चन्द बुझिन्छ। उहाँमा पितालाई सुर्खेतमा टुँडिखेल बनाउने लेफि्टनेन्ट शेरबहादुर चन्दका नामले चिनिन्छ। राणाशासनका विरोधीहरूमा सबैभन्दा सशक्त व्यक्तित्व स्व. चन्दले मानविकी तथा समाजशास्त्र विषयमा बनारसबाट प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको थियो। त्यसअघि उहाँले नेपालगञ्ज, अल्मोडा, कुमाउँ, नैनीताल जस्ता ठाउँमा पढनुभयो।

त्यहीबेला उहाँ काशी नागरिक प्रचारिणी सभामा रहेर राजनीति गर्न थाल्नुभयो। महात्मा गान्धीले भारतमा प्रारम्भ गर्नुभएको सत्याग्रहमा उहाँले सक्रियरूपमा भाग लिनुभएको थियो। वि.सं. १९९० साल बारा जिल्लाको मौवादहमा टंकप्रसाद आचार्यसँग दशरथको पहिलो पटक भेट भयो। वि.सं. १९९१मा उहाँ सहयोगी शिवदत्त भट्टका साथ बर्मा पुग्नुभयो। त्यसपछि थाइल्याण्ड पुगेर नेपालमा सशस्त्र क्रान्ति गर्ने योजना बनाउनु भयो। उहाँ नेपाल प्रजापरिषद्को कार्यकर्ता हुनुहुन्थ्यो। उहाँ सेवासिंह भन्ने छद्मनामबाट राणा विरोधी लेख छाप्नुहुन्थ्यो। दशरथ चन्द र गङ्गालाल श्रेष्ठ एउटै जेलको कोठामा पर्नुभएको थियो। तत्कालीन राणा सरकारले वि.सं. १९९७ माघ १५ गते दशरथ चन्दलाई शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दियो। उहाँ अविवाहित नै शहिद हुनुभयो। दशरथका जेठा बुबा रबी चन्द र कान्छा बुबा सुबेदार दलबहादुर चन्द थिए भने माइलाका दाई गोकर्ण चन्द थिए। भाइ ललित चन्द पनि २०५१ सालमा बिते। चश्मा लगाउने दशरथ चन्द गाउँमा प्रत्येक घरमा जानुहुन्थ्यो। दिदी, बहिनी, भाउजूहरूसँग ख्याल-ठट्टा गर्नुहुन्थ्यो। उहाँलाई भोक लागेमा जुन घरकी भाउजूसँग पनि मागेर खान हिच्किचाउनु हुन्थ्यो। मोही शहीदलाई खुब मनपर्थ्यो।
बनारसमा स्नातक सकेर आउनु भएका युवा दशरथको विवाह काठमाडौंको राणा खानदानकी जुलिया मैयासँग गर्न भनेर दुईपटक जन्ती गए तर केटीको परिवारमा 'जुठो सुत्केरो' परेकाले विवाह हुन सकेन, जन्ती रित्तै फर्क्यो।


Statue at Shovbhagabati, Kathmandu
Dashrath Chand

Dasharath Chand is Martyrs of Nepalese Democratic Movement and a politician of Nepal who was active in starting a political revolution in Nepal during Rana rule. He was born at Baskot of Baitadi district of Nepal in 1903 AD as a son of Sher Bahadur Chand.

Education

He received his education at different places of Uttarakhand like Almoda, Nainital, etc. Finally, he went to Banaras, where he completed an Intermediate education. In Banaras he worked for Kashi Nagari Pracharini Sabha.

Political career

The Indian people were trying to free India from the British rule. He was impressed by the freedom movement of India and involved in that movement. At the same time he remembered the miserable condition of the general public of Nepal. The public were suffering from poverty, illiteracy and ignorance. They were being exploited by the ruling class who had no law to obey and who lived in luxury. Dasharath Chand couldn't resist protesting the rulers. He was determined to end the Rana rule. He began to write articles against the Ranas in the Janata published from Patna in India, under the pseudonym of Sewasingh.
Dasharath Chand met Tanka Prasad Acharya and Dharma Bhakta Mathema who were active in starting a political revolution in Nepal. A Political party called the Nepal Praja Parishad was organized in the presidency of Tanka Prasad Acharya in Nepal with the active participation of Dasharath Chand.[1] It became active and started distributing pamphlets explaining the arbitrary Rana rule. For about 4 months, the government did not know who were doing it. At last, a reward of Rs. 5000 was announced for the revelation of the secret. The reward tempted Ramji Joshi, a member of Praja Parishad and he disclosed the secret. So arresting the leaders was begun. Gangalal Shrestha and Dasharath Chand were arrested. In prison, they were given severe torture and pain. They were asked to beg pardon but they did not do so. At last, in 1941, January 25, Dasharath Chand and Gangalal were shot dead at Shobha Bhagawati.

Source : http://en.wikipedia.org/wiki/Dashrath_Chand

No comments:

Post a Comment