नेवा: स इन्टरनेट रेडियो

Tuesday, February 21, 2012

कसलाई पर्खे छ यो मन



एमपिए प्रथम वर्षका साथी गायत्री घिमिरे विवाह बन्धनमा बाँधिन गइरहनु भएको छ । उहाँको सुखद जीवनका लागि हार्दिक बधाई र शुभकामना ।

हरेक मानिसको जन्मसँगै परिवारका प्रत्येक सदस्यसँग एउटा नाता कायम भएको हुन्छ । आमाबुबा, दाजुभाइ, दिदीबहिनी, मामामाइजु, काकाकाकी – हरेकका चिरपरिचित अनुहारसँगै, जन्मनु भन्दा पहिले नै तय भइसकेका नातासम्बन्ध लिएर उ जन्मन्छ, हुर्कन्छ र बढ्छ ।

तर एउटा अनुहार र एउटा नाता भने ईश्वरले उबाट सधैं लुकाएको हुन्छ । जोसँग जीन्दगी भरको साथ रहन्छ, जसलाई मृत्युले जीन्दगी नछिनेसम्म माया गर्ने वचन दिइन्छ, उ को होला ? कस्तो होला उसको अनुहार ?

सोच्दा सोच्दै जीन्दगीको आधी उमेर बिती सक्छ । पढाई, जागिर – कडा मेहनत अनि विस्तारै त्यो अनुहारको रेखाचित्र स्पष्ट हुँदै आउँछ । ईश्वरले रोजेको मान्छेको प्रतिक्षा सकिन्छ ।

चञ्चल मन भुल्यो
मायाको रहर चल्यो
कसलाई पर्खे छ यो मन
को होला मेरो मायालु ?