Monday, March 24, 2014

नष्ट हुदै छन् मुलुकका ऐतिहासिक सम्पदाहरु

नष्ट हुदै छन् मुलुकका ऐतिहासिक सम्पदाहरु

भागवत नरसिंह प्रधान

Indigenous peoples' Issues in Nepal बाट साभार ।   

View photos of Chhaya Centre structure building Site at the end of this article.  

Source : http://nepalindigenousissues.blogspot.com/2014/03/blog-post.html#more


नेपाल प्राकृतिक, प्राचीन, धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पूरातात्विक, सम्पदाहरुले भरिएको मुलुक हो । सम्पदाहरुको धनी देश भनेर विश्वमा प्रख्यात छ । यस्तो सम्पदाहरु स मन्दिर , देवालय, पोखरी, चोक, इनार, डवली, धर्मशाला, परम्परागत रुपमा चलिआएको पूजा, वाजा, नाच, पर्व, जात्रा, आदिहरुले नेपालको इज्जत, मान, तथा प्रतिष्ठा वढाएको छ । वास्तवमा भन्ने हो भने मुलुक, व्यक्ति, तथा समूदायको वास्तविक परिचय तथा पहिचान दिने आधारहरु भनेका यिनै भौतिक तथा अभौतिक सम्पदाहरु हुन् ।




यस्ता सम्पदाहरुको वैभवताले हाम्रो मुलुक अन्तर्राष्ट्यि क्षेत्रमा एक महत्वपूर्ण पर्यटकीय  गन्तव्य बन्न पुगेको छ । मुलुकलाई सम्मानित, प्रख्यात गराउनुको साथै आर्थिक विकासमा पनि विशेष योगदान दिदै आइरहेका छन् । पर्यटन क्षेत्रलाई मुलुकको अर्थतन्त्रको मेरुदण्ड भन्न सकिने अवस्थाको यस्ता सम्पदाहरुले तुल्याइएका छन् ।
   
आज मुलुकमा रहेका यस्ता गौरवमय सम्पदाहरु नष्ट गरिंदै छन् । ज्वलन्त उदाहरण थं वहिल विक्रमशील महाविहार प्रधानहरुको गुठी श्री सिहसार्थ वाह गरुड भगवान गुठीको परापूर्वकालदेखिकोे परम्परागत धार्मिक  संस्कार पूजा, जात्रा, तथा नाचका निम्ति परापूर्वकालमा  निर्माण गरिएको ऐतिहासिक सांस्कृतिक, धार्मिक, पूरातात्विक महत्व वाकेको सम्पदा,यस विहारको पूर्वपट्टिको डवली सहितको चोक तथा उक्त चोक पछाडिको कमल पोखरी हो ।

थं वहिल (ठमेल)को प्राचीन नाम सिह कल्पनगर हो । यस क्षेत्रका सामन्त राजा श्री सिंहसार्थ वाह द्घ।रा लगभग मल्लकालको पूर्वाद्घमा एक विशाल विहारको निर्माण गराए । यिनीद्घारा बौद्घ धर्म अनुशरण गरी सिद्घ भई यिनी भगवान कहलाइयो । उक्त विहार कान्तिपुरको उत्तरी माथिल्लो भेकमा पर्ने भएको थं विहार भनियो । थं वहिलबाट यस क्षेत्रको नाम ठमेल हुनगएको हो । उक्त विहारलाई विक्रमशील महाविहार भनिन्छ । सामन्त राजा श्री सिंहसार्थ वाहलाई ठमेल प्रधानहरुका पूर्वज भनिन्छ । प्रधानहरुका पूर्वजहरुद्घारा यसक्षेत्रमा सामन्तको हैसियतले प्राचीन समय देखि मल्लकालको उत्तराद्र्घ सम्म शासन गरेको देखिन्छ ।  प्रधानका पूर्वजहरुले धर्म किर्तिका निम्ति तथा यस स्थानका शोभा बढाउने खालका कैयन ऐतिहासिक ,पुरातात्विक , सांस्कृतिक , धार्मिक महत्व बोकेका धर्मशाला , ढुं¨े ढारा , पोखरी, चोक, डवली पाटि  , मन्दिर आदिहरु निर्माण गराए । कैयन गुठीहरु राखेर गए । जात्रा पर्वहरु प्रचलनमा   ल्याए । धार्मिक नाचहरु देखाउने चलन चलाए । उक्त गुठी सञ्चालन गर्नको निम्ति प्रशस्त जग्गाहरु राखिदिए ।  

यस विहारको पूर्वतिर   डवली सहितको चोक छ । उक्त चोक परापूर्वकालदेखि धार्मिक जात्रा तथा नाचको निमित्त प्रयोग भैरहेको गुठीजन्य सार्वजनिक डवली सहितको चोक हो । यस क्षेत्रको नापी हुदा कि. न. १०४०  मा पर्ने क्षेत्रफल ०।९।२।३ को यो चोक नापी शाखामा रहेको  फिल्ड बुकमा समेत सार्वजनिक चोक जनाइएको छ । गुठी संस्थानमा रहेको फिल्ड बुकमा पनि जग्गा धनकिो नाम गरुड भगवान गुठी उल्लेख गरिएको छ  यस्तो  सम्पदाहरु व्यक्तिगत तवरमा दर्ता हुने, मोही लाग्ने, लेनदेन , बेचविखन हुने  मुलुकमा कुनै कानुनी प्रावधानहरु नभएकोले उक्त फिल्ड बुकमा अरु महलहरु रिक्त छन् ।

उक्त चोकको भित्रको उत्तरी भागमा निकै पुरानो सरस्वतीको मन्दिर छ । पश्चिममा प्राचीनकालमा निर्माण गराइएको तीन वटा चैत्यहरु छन् । यस चोको उत्तरमा निकै पुरानो  सरस्वतीको मन्दिर छ ।
यस चोकको सरस्वती मन्दिरको दक्षिणमा रहेको चारपाटे डवलीमा हरेक साल फाल्गुण कृष्ण पक्ष परेवा तिथिमा यस विहारको दक्षिणमा रहेको तुं चोकबाट विहारका भगवान(चकस् देवता) लाई वाजा गाजा सहित उक्त चोकमा रहेको डवलीमा मण्डप बनाई विराजमान गराई विधिपूर्वक पूजा गरि परम्परागत  बाजाका साथ  काठमाडौ शहर परिक्रमा गराई जात्रा मनाउने धार्मिक परम्परा परापूर्व कालदेखि रहिआएको छ । यस  जात्रा  चकस् धो जात्रा भनेर काठमाडौमा प्रख्यात छ ।

परापूर्वकालदेखि चलिआएको श्री लुमडी भद्रकालीको प्रख्यात १२ वर्षे धार्मिक नाच यस विहारका गुठीयारहरुले उक्त नाचका प्रमुख व्यक्ति संग परामर्श गरि उपर्युक्त समय निर्धारण गरेर नाच
देखाउन निमन्त्रणा गरि  डवलीको पश्चिम  भागमा विधिपूर्वक पूजा गरेर भोज खुवाई नाच
देखाउने चलन रहिआएको छ ।यस्तो चोक व्यक्तिको नाममा (श्रीमती अम्विका राणा) दर्ता गरिएको छ । उक्त चोकको  स्वरुप परिवर्तन गरिएको छ ।

यस चोकको पछाडि पूर्वतिर  परापूर्वकालमा स्थापना गरेको  सुन्दर कमल पोखरी थियो । त्यस पोखरीमा कमलको फूल फुलाई उक्त फूल टिपि विहारको भगवानलाई चढाई दिनहु नित्य स्नान तथा पूजा  गराइने तथा पोखरीको डिलमा स्थानीयहरुले गरेका श्राद्वको पिण्ड फाल्ने धार्मिक सस्कार गर्ने परम्परा रहिआएको थियो ।

मालपोतमा रहेको यस विहारको गुठीको  १९६५ सालको  गुठीको लगतमा कमलपोखरी डिलसमेत २६।। उल्लेख गरिएको छ । उक्त जग्गा मध्ये  शहरी क्षेत्रमा नापी हुदा कित्ता न १६७ मा पर्ने यो पोखरी  २०३३ सालको  नापी शाखामा रहेको  फिल्ड बुकमा समेत   सार्वजनिक पोखरी जनाई वाकी महलहरु रिक्त छोडिएको छ । गुठी सस्थानमा रहेको फिल्ड बुकमा समेत जग्गा धनीको महलमा गरुड भगवान गुठी उल्लेख गरिएको छ भने जग्गाको क्षेत्रफल १२।१३।२।३ उल्लेख गरिएको छ ।

यस्तो धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पूरातात्विक, महत्व वोकेको गुठीजन्य सार्वजनिक सम्पदाका पोखरी र डिल राणकालमा बलजफती दरवारको शोभा बढाउन भनेर केशर शमसेरले आप–नो कम्पाउण्ड भित्र पारे । केही समय सम्म स्थानीयहरुलाई परापूर्वकालदेखि चलिआएको धार्मिक परम्परा कायम नै राख्ने बाहानामा सानो ढोका बनाई आवत जावत गर्न दिए ता पनि केही समय पश्चात धर्म, सांस्कृतिक, परम्परानै नष्ट हुुने गरी उक्त ढोका वन्द गरियो । पोखरीको डिलमा विभिन्न देवीदेवताहरुको मूतिहरु तथा चैत्यहरु थिए जहां दिनहु नित्य पूूजा गरिने परम्परा रहिआएको थियो । सम्पूर्ण  देवीदेवताहरुको मूतिहरु तथा चैत्यहरु नष्ट गरिएको छ भने ५०० साल भन्दा पुरानो रुख उक्त स्थानमा छदैछ । केशर शमसेर राणाले उक्त पोखरी लिए पश्चात  त्यस पोखरीको कमलको  फूल टिपि विहारको भगवानलाई चढाई दिनहु नित्य स्नान , पूजा  गराइने तथा उक्त पोखरीको डिलमा स्थानीयहरुले गरेका श्राद्वको पिण्ड फाल्ने धार्मिक सस्कार गर्ने परम्परा नष्ट भएको छ । भने धार्मिक पिण्ड फाल्ने संस्कार कायम राख्न हाल स्थानीयहरुले  सरस्वती मन्दिर पछाडि रहेको ढु¨।मा पिण्ड फाल्ने कार्य गर्दछन् ।

पछि केशर शमसेरले  सालान्या १२५ विहारको गुठीलाई उक्त पोखरी प्रयोग गरेबापत दिने गरियो । मोही नलाग्ने, व्यक्तिगत नाममा दर्ता नहुने गुुठीजन्य सार्वजनिक  पोखरी दर्वारिया शक्तिको आडमा आफुलाई उक्त विहारको गुठीको मोहीमा दर्ता गराए । केशर शमसेरको मृत्यु पश्चात मोहियानी छोरा केयुर शमसेरमा सारिने काम भयो । केयुर शमसेर द्घारा उक्त पोखरी र डिलको केही भाग सस्कृति परम्परा नै नष्ट हुने गरी पुर्ने काम गर्न थालियो । यस्तो नहुन दिन विहारका गुठियारहरुदारा धर्मलोपको मुद्दा दिएकोमा तह तह फैसाला हुंदा २०३३ सालमा सर्र्बाेच्च अदालतबाट  धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पूरातात्विक, महत्व वोकेको गुठीजन्य सार्वजनिक सम्पदाका पोखरीको पोखरी र डिल नै कायम गर्र्नै गरी दुवै पक्ष विच मिलापत्र गराइयो । गुठीजन्य सार्वजनिक  सम्पदा ः  पोखरीमा मोही लाग्ने मुलुकमा कुनै कानुनी प्रावधान नभए ता पनि उक्त मिलापत्रमा केयुर शमसेर मोही भै पोखरी प्रयोग गर्न पाउने  उल्लेख गरिएको छ ।

उक्त विहारको गुठीको सार्वजनिक पोखरी नष्ट गरिएको केही भाग दरवारिया शक्तिको आडमा गुठी संस्थानको मिलोमोतोमा २०३९ सालमा गुठी रैतानीमा परिणत गरी ०–६–० सुधा पौडयाललाई  र २–१०–० विना पौडयाललाई  १६१६, १६१७  कि का. गरी उक्त पोखरी पुरिको जग्गा केयुर शमसेरले राजिनामा गरिदिए । १६७ कि. न. मा पर्ने बांकि पोखरी पुरेको जग्गा केयुर शमसेरको नाममा नै १६१८ कि. न. कायम रहन गयो ।

केयुर शमसेरको मृत्यु पश्चात १६१८ कि. न. अम्बिका राणाले नामसारी गरे कि न  १६१६ र १६१७ अम्बिका राणाको नातेदार शकर प्रशाद शाहले २०४४  सालमा राजिनामा गरिलिए पछि अम्बिका राणा र शकर प्रशाद शाहले २०४७ सालमा गुठी रैतानी कायम गरे । गलत तरिकाले गुठी रैतानी कायम भएको हुदा गुठी सस्थान केन्द्रिय कार्यालयले २०४७ सालमा त्यस्तो पोखरी र डिलमा मोही नलाग्ने गुठी रैतानी नहुने भनि रोक्का राखे । सो रोक्का राखेको बदर गरी पाउ भनि अम्बिकाराणा र शकर प्रशाद शाहले मुद्दा गरेकोमा जिल्ला अदालतले निर्णय बदर हुने भनि भएको फैसला २०५३ सालमा पुनराबेदन अदालतले सदरको फैसला बदर गरि पाउ भनि गुठीयारहरुले  धर्मलापको मुद्दा गरेकेमा २०६२ सालमा अम्बिका राणाले  एक करोड पचास लाख  उक्त विहारको गुठीलाई दिई सम्पूर्ण मुद्दा छोडने गरी जिल्ला अदालतमा गुठी सस्थानलाई जानकारी नदिई कानुन विपरित मिलापत्र गरियो ।  २०२४ सँलमा विक्रमशील महाविहारका गुठी उक्त विहारको गुठीयारहरुको पहलमा  राज गुठी छुट गुठीमा परिणत गराई सम्पूर्ण उक्त  गुठी अधिनस्त जग्गाहरुको लगत खडा गरी गुठी संस्थानलाई जिम्मा दिई गुठीयारहरुको सम्पूर्ण हक अधिकारसमेत गुठी संस्थानलाई सुम्पेकोले  यस विहारका गुठीयारहरुले गरेको मिलापत्र कानुन बिपरित हुन आउंदछ भने मुलुको सार्वजनि ऐतिहासिक सास्कृतिक धार्मिक  धरोहरको सरक्षण गर्न  धर्मलोपको मुद्दा दायर गर्ने  अधिकार सरोकारवालमलाई मात्र नभई मुलुका सम्पूर्ण नागरिकहरुलाई जुनै बेला पनि छ ।

कि न १६७ को पोखरीको जग्गाबाट कि का भै आएको कि न १६१६, १६१७ को जग्गा शकर प्रशाद शाहले प्रतिमा पाण्डेलाई २०६४ सालमा राजिनामा गरे । अम्बिका राणाले कि न १६१८ को जग्गा मध्येबाट ९।९।२।२ सुरेशाय हाउजि¨लाई २०६३ सालमा राजिनामा गरि दिएपछि कि. का. भै २४१२ कायम रहयो ।

सुरेशायले  कि. न. २४१२ को २०६४ सालमा प्रतिमा पाण्डेलाई राजिनामा गरि दिएको उक्त कि. सहित कि न १६१६, १६१७ प्रतिमा पाण्डेले प्राप्त गरिसके पछि २०६५ सालमा छायादेवी कम्प्लेक्सले लिखत गरि लिए ।

यस्तो मुलुकको ए्ेतिहासिक धरोहर नष्ट गरेर कानुन विपरित मोही कायम गराई केही  गुठीयारहरु , गुठी सस्थानका तत्कालीन पदाधिकारिहरु , मालपोतका पदाधिकारिहरु तथा नगरपालिकाका पदाधिकारिहरुको मिलोमोतोमा व्यक्तिगत नाममा दर्ता गराई आधुनिक व्यापारिक भवन छायादेवी वन्दैछ । यस्तो मुलुकको  वैभवपूर्ण धरोहर सुरक्षित गर्न यस विहारका गुठीयारहरु द्वारा धर्म किर्ति लोप नहुन दिन पोखरी नै कायम गराउने उद्देश्यले प्रमाण सहित  जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । हाल यो मुद्दा विचाराधिन अवश्थामा छ ।

यस्तो धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पूरातात्विक, महत्व बोकेको गुठीजन्य सार्वजनिक सम्पदाको व्यक्तिगत नाममा दर्ता हुनुबाट आज मुलुकको यस्तो धार्मिक तथा सास्कृतिक सम्पदाहरु नष्ट हुने अवस्थामा छैन भन्न सकिने अवस्था अव रहेको छैन ।

मुलुकमा रहेका यस्ता निजी, सार्वजनिक तथा गुठीजन्य सार्वजनिक भौतिक तथा अभौतिक सम्पदाहरुको सरक्षण गरि मुलुकको गौरव बढाउने कार्य हरेक जिम्मेवार सचेत नागरिक, सम्पदा संरक्षण संवद्र्घन गर्न खोलिएका गैर सरकारी संंस्थाहरु , गुठीजन्य सम्पदाको संरक्षण संवद्र्घन गर्न गठित सरकारी निकाय गुठी संस्थान तथा पूरातत्व विभागको हो । कुुनै ब्यक्ति विशेषको पहलबाट मात्र यस्तो  सम्पदाहरु सरक्षण गर्ने कार्य गर्न कठिन भएकोले मुलुका सचेत नागरिकहरु,सरकारी तथा गैर सरकारी सस्थाहरु एकजुट भई यस कार्यमा लागे यस्तो सम्पदाहरुको अवश्य पनि  रक्षा गर्न सकिन्छ ।

आज मुलुक रहेका यस्ता  प्राचीन, धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पूरातात्विक, महत्व बोकेका   सम्पदाहरुले गर्दा हाम्रो मुलुक सम्पदाहरु को धनी देश भनेर विश्वमा प्रख्यात छ । यस्तो सम्पदाहरु स मन्दिर , देवालय, पोखरी, चोक, इनार, डवली, धर्मशाला, परम्परागत रुपमा चलिआएको पूजा, वाजा, नाच, पर्व, जात्रा, आदिहरुद्घारा नेपालको इज्जत, मान, तथा प्रतिष्ठा वढाएका छन् । वास्तवमा भन्ने हो भने मुलुक, व्यक्ति, तथा समूदायको वास्तविक परिचय तथा पहिचान दिने आधारहरु भनेका यिनै भौतिक तथा अभौतिक सम्पदाहरु हुन् ।

यस्ता सम्पदाहरुको वैभवताले हाम्रो मुलुक अन्तर्राष्ट्यि क्षेत्रमा एक महत्वपूर्ण पर्यटकीय  गन्तव्य बन्न पुगेको छ । मुलुकलाई सम्मानित, प्रख्यात गराउनुको साथै आर्थिक विकासमा पनि विशेष योगदान दिदै आएका छ । पर्यटन क्षेत्रलाई मुलुकको अर्थतन्त्रको मेरुदण्ड भन्न सकिने अवस्थाको यस्ता सम्पदाहरुले तुल्याइका छ ।

आज मुलुकमा रहेका यस्ता गौरवमय सम्पदाहरु नष्ट गरिंदै छन् । ज्वलन्त उदाहरण थं वहिल विक्रमशील महाविहार गरुड भगवान गुठीको परापूर्वकालदेखिको परम्परागत धार्मिक पूजा, जात्रा, तथा नाचको निम्ति परापूर्वकामा  निर्माण गरिएको ऐतिहासिक, सास्कृतिक, धार्मिक, पूरातात्विक महत्व वाकेको सम्पदा यस विहारको पूर्वपट्टिको डवली सहितको चोक हो
                   
यस चोकको पछाडि पूर्वतिर  परापूर्वकालमा स्थापना गरेका  सुन्दर कमल पोखरी थियो । त्यस कमल पोखरीमा कमलको फूल फुलाई उक्त फूल विहारका भगवानलाई चढाई दिनहु नित्य पूजा, स्नान गराइने तथा पोखरीको डिलमा स्थानीयहरुले गरेका श्राद्वको पिण्ड फाल्ने धार्मिक सस्कार गर्ने परम्परा रहिआएको थियो । हाल यस्तो धार्मिक परम्परा नष्ट भएको छ भने धार्मिक पिण्ड फाल्ने संस्कार कायम राख्न हाल स्थानीयहरुले  सरस्वती मन्दिर पछाडि रहेको ढु¨।मा पिण्ड फाल्ने कार्य गर्दछन् ।

यस्तो मुलुकको ए्ेतिहासिक धरोहर नष्ट गरेर कानुन विपरित मोही कायम गराई केही  गुठीयारहरु , गुठी सस्थानका तत्कालीन पदाधिकारिहरु , मालपोतका पदाधिकारिहरु तथा नगरपालिकाका पदाधिकारिहरुको मिलोमोतोमा व्यक्तिगत नाममा दर्ता गराई आधुनिक व्यापारिक भवन छायादेवी वन्दैछ । यस्तो मुलुकको  वैभवपूर्ण धरोहर सुरक्षित गर्न यस विहारका गुठीयारहरु द्वारा धर्म किर्ति लोप नहुन दिन पोखरी नै कायम गराउने उद्देश्यले प्रमाण सहित  जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । हाल यो मुद्दा विचाराधिन अवश्थामा छ ।









No comments:

Post a Comment