नेवा: स इन्टरनेट रेडियो

Thursday, March 6, 2014

कुन कानुन कहाँ आकर्षित हुँदो रहेछ पत्रकारज्यू ?

कुन कानुन कहाँ आकर्षित हुँदो रहेछ पत्रकारज्यू ?

डा. रोशन श्रेष्ठ, हाल अमेरिका
सार्वजनिक भएका तथ्यमा टेकेर कुन कुन कानून आकर्षित हुन्छ भन्ने खोजिनिति गरेकाहरुको सार्वजनिक रुपमा देखिएका र नदेखिएका अकुत सम्पत्ति कसरी कसरी कमा'का र'छन त्यो पनि हेर्न पर्ने दिन आउँदैछ, अनि कुन कुन कानून आकर्षित हुन्छ, त्यो त सबैले जानेकै विषय हो । अब यो कानून आकर्षित हुने समाचार थपेर नागरिक मण्डलीले यसअघि आफ्नो बचाउमा गरेका तर्कहरु फोस्रा हुन भन्ने प्रमाण पेश गरेको छ । तिनीहरु नियोजित र निरन्तर दिलशोभा चीरहरण अभियानमा लागेका छन ।




जब 'पासपोर्ट जफत हुने, अमेरिका भाग्छु भने पनि भाग्न नपाइने' भन्ने धम्की दिलशोभालाइ दिइयो, तब नै त्यो गिरोहको तैयारी र नियत स्पष्ट भयो । 'नमुना भुषाल' यिनले भनेकि रहिछिन - 'हामीले पठाएका मान्छेलाइ काम गर्न नदिइ तपाइले निकाल्नु भयो' - यो खवर दिलशोभाले नै सार्वजनिक गरेको हुँदा, अब यो सार्वजनिक चासो हो - कसलाइ पठाएको, किन पठाएको, कति पैसा दिएर पठाएको भन्ने प्रश्नहरु मात्रै हैन, सरकारी जागिरे भएर अनधिकृत रुपमा श्रमिक यताउता पठाउने गैरकानूनी काम गरेबापत कुन कुन कानून आकर्षित हुँदो रहेछ त भनी खोतल्ने काम कानूनबिदहरुको हो ।



जति पनि कानून आकर्षित भनिएका छन तिनको सम्बन्ध 'सामान बेचिने गरेको, काम गर्न पठाएको, बोरामा पैसा कोचेर लगेको' जस्ता बाल-आरोपहरुको भरमा छन । ती कुनैआरोप पुष्टी गर्ने प्रमाण सरकारी निकायसंग छैन' तिनले २ कुरालाइ आधार बनाएका छन - (१) बालकहरुसित लिएको अन्तर्वार्ता; (२) दिलशोभा श्रेष्ठको सार्वजनिक भनाइ ।

(१) ठुलठुला बालकहरुलाइ भड्काइएको हुन सक्ने आशंका शुरुदेखि नै छ, त्यो सहि हुन सक्छ । दिलशोभा दिदिको घरमा रहेका वृद्धहरुले ती बालकहरुको हातमा मोबाइल फोन, गोजिमा पैसा, र खानामा अरुचि देखेका रहेछन । 'अप्सरा गुरुङ' आमाघर प्रवेश भएको १५ दिनमै बालबच्चाहरुमा पहिले कहिल्यै नदेखेको परिवर्तित ब्यवहार महशुस गरेका रहेछन । त्यहाँका ठुला बालबच्चाहरु शायद बाहिर पसलतिर किनेर खाने गरेको हुँदा तिनलाइ आमाघरमा सँधै जसो पाक्ने खाना नमिठो लागेको होला । ती खाना नखाइ यत्तिकै छोडेको वा लुकाएको र त्यहि खाना कुहिएर, बिग्रेर पत्रकारले फोटो खिच्न पुगेको बेला 'गतिलो खाना उपलब्ध' नभएको तथाकथित प्रमाण बनेको मेरो ठम्याइ रह्यो ।

(२) कुनै सबुत प्रमाणहरु जम्मा नै नगरी दिलशोभाले जे जे आरोप स्वीकारीन त्यो आरोप सहि सिद्ध भयो भनेर मान्ने हो भने तिनै दिलशोभाबाट ब्यक्त प्रत्यारोपहरु पनि सिद्ध भयो भनेर सरकारी निकायले मान्न सक्नु पर्यो । दिलशोभाले 'हो बढी भएको बेचेको हो' भनीन, तर त्यो प्रमाणित गर्न सरकारले सबुत प्रमाण दिन सक्नु पर्छ - उनले नै स्वीकारेकोले प्रमाणित भयो भन्न पाइन्न ।

अहिले 'सानो पाइला'मा 'खुशी' देखिएका बच्चाहरुसित कुरा गर्न, सम्पर्क गर्न नदिनु भनेको 'नजरबन्द मा राखिएको कानून' आकर्षित हुन्छ कि हुन्न होला? तिनको शिक्षादिक्षा र हजुरआमाको ममता खोसिनु भनेको 'मानवअधिकार हनन गरेको' कानून आकर्षित हुन्छ कि हुन्न? खान पाएका छन कि छैनन भनेर सोध्न नपाउनु भनेको 'स्वतन्त्र बोल्न नपाउनु' हो कि हैन? त्यो आश्रयस्थलको चारदिवारबाहिर पाइला टेक्न नपाउनु भनेको 'हिडडुल माथि प्रतिबन्ध' हो कि हैन? तिनको स्वास्थ अवस्था, निद्रा राम्ररी लाग्छ लाग्दैन, यी कुराहरुमाथि पनि विचार पुराउने कानून ती तथाकथित भाट कानूनविदहरुले देखेका होलान नि त? नागरिकका कुपत्रकारहरुको यता ध्यान गएन भन्ने देखिइहालियो ।


No comments:

Post a Comment