नेवा: स इन्टरनेट रेडियो

Thursday, March 17, 2011

कपिलवस्तु दिवस अभियान नेपाल समिति गठन



काठमाडौं माघ ८ २०६७ । भगवान् बुद्धको जन्मस्थल लुम्बिनी र कपिलवस्तुलाई विश्व सामु परिचित गराउने उद्देश्यका साथ डिसेम्बर १ २००९ का दिन सुरु भएको कपिलवस्तु दिवस विश्व अभियानको नेपाल समितिलाई पूर्णता दिइएको छ । नेपाल पर्यटन वर्ष २०११ को सन्दर्भमा लुम्बिनी र कपिलवस्तुलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा मात्रै प्रचारप्रसार नगरी विश्वभर छरिएर रहेका बौद्ध धर्मावलम्बीहरुको पवित्र तीर्थस्थलको रुपमा समेत प्रचारप्रसार गर्न योगदान दिने प्रमुख उद्देश्यका साथ कपिलवस्तु दिवस अभियान नेपाल समितिको पूर्णता दिइएको हो । सो अवसरमा अभियानले गर्नु पर्ने आगामी कार्यक्रम बारेमा पनि सल्लाहकार र सदस्य बीच अन्तरकि्रया भयो ।

कपिलवस्तु दिवस अभियान विश्व समितिका सल्लाहकार डा। कविताराम श्रेष्ठ सार्क सल्लाहकार केदार शाक्य र अमेरिका संयोजक लक्ष्मी िसंखडा तथा वरिष्ठ व्यक्तित्व बेखारत्न शाक्यज्यूका प्रमुख आतिथ्यमा राज श्रेष्ठ सार्क संयोजक लक्ष्मण पुरी र निलकण्ठ तिवारी नेपाल संयोजक को संयोजकत्वमा निम्नलिखित पदाधिकारी रहने गरी नेपाल समिति गठन गरिएको छ ।

१। बेखारत्न शाक्य पूर्वमेयर ललितपुर सल्लाहकार

२। घनश्याम राजकर्णिकार बौद्ध विद्धान तथा साहित्यका सल्लाहकार

३। डा। कुसुम शाक्य सहप्राध्यापक त्रि।वि। सल्लाहकार

४। मनोरमा शेरचन अध्यक्ष लुम्बिनी समाज सल्लाहकार

५। रामचन्द्र पाण्डे अध्यक्ष देवदह संरक्षण प्रतिष्ठान सल्लाहकार

६। गुह्यरत्न शाक्य समाजसेवी सल्लाहकार

७। दुर्गा अर्याल कपिलवस्तु सदस्य

८। निलेश अधिकारी रुपन्देही सदस्य

९। भीम अधिकारी सुनसरी सदस्य

१०। अमरनाथ ढकाल स्याङ्जा सदस्य

११। पूर्णचन्द्र लामिछाने नवलपरासी सदस्य

१२। सुनिल पोखरेल दाङ सदस्य

१३। गोपाल खतिवडा खोताङ्स दस्य

No comments:

Post a Comment