नेवा: स इन्टरनेट रेडियो

Monday, January 10, 2022

अघिका किर्तिपुरका लदाञीमा सुरप्रतापक नयका क्षि गरिदियाको रिसले - भागवत प्रधानको संकलनमा रहेको यो ऐतिहासिक टिपोट प्रकाश मानन्धरको फेसबुक पेजबाट साभार



(भागवत प्रधानजीको संकलनमा रहेको यो ऐतिहासिक टिपोटमा लेखिएको वाक्यहरु प्रकाश मानन्धरजीले आफ्नो फेसबुक पेजमा राख्नुभएकोलाई यहाँ मैले साभार लिएको छुँ । टिपोटको अन्तमा केहि शब्दका अर्थ पनि छ । -ब्लगर)

अघिका किर्तिपुरका लदाञीमा सुरप्रतापक नयका क्षि गरिदियाको रिसले नेपाल सम्बत ८९६ साल अकचत्र शुक्र त्रतया ।।

... वारका दिन किर्तिपुर प्रवेसगरी वाहाली चलाई भोलीका दिनमा बाह्र १२ वर्षदेषिका उभोका प्रजाहरु सवैले राजाका सलाम गर्न आउनु भनी छलकाल गरी वोलाई कोतमा थुनी ।

...दिनपछि सवै प्रजाहरुका नाष काटिदियो र नाष तौलाई हेर्दा बाह्र १२ धार्नी १ सेर ६ तोलाइ ।...प्रजाहरु जम्मा आथ सय पयसथि ८६५ जना फेरी इन ।

...दिनपछि नाष काटन्या भोत्याहरुलाई नाष मात्र कात भन्याका ओठ स्मेत काटिदियो भनी भोत्याहरु सवै जना जमलोक पठाइदिया ।

...जुन किर्तिपुरका प्रजाहरुले सात ७ वर्ष सम्म गोर्षालीहरुक नहताई लदाञी गरी थामिराख्यान्या ।...यस्ता विर सिपाहीलाई नाष काटी षराव गरिदिया ।

...किर्तिपुरका कोत किर्तिपुरका प्रजाहरुका घर सवै आगो लाइ नास गरिदिया ।
...यस्ता किर्तिपुरका प्रजाहरुका नाष कातन लाइ छ महिना अघि चोबाहालका गणेशका नाष फुलि आया ।

लदाञी = लडाईँ
नयका क्षि = नयनका क्षति, आँखा फुटेको
नेपाल सम्बत ८९६ = अहिले नेसं ११४१ अर्थात २४५ वर्ष अघि लेखेको टिपोट
चत्र शुक्र त्रतया = चैत्र शुक्र तृतिया
वाहाली चलाई = आदेश दिएर
छलकाल गरी = छलछाम गरी
नाष = नाक
भोत्याहरु = भोटेहरु - मगर, गुरुंग, तामांग आदि
जमलोक पठाइदिया = यमलोक पठाइदियो, मारिदियो

(PS - यो नेसं ८९६ मा लेखिएको टिपोट हो, अर्थात २४५ वर्ष अगाडि अर्थात येँ (कान्तिपुर) कब्जा गरेको ७ वर्षपछि ।

पृनाशाको आदेशमा ८६५ जनाको नाक ओँठ काटेको रहेछ - १२ वर्ष भन्दा माथि उमेरका । यसको मतलब बालबालिकालाई समेत पृनाशाले बाँकि नराखेको भन्ने थाहा हुन्छ ।

काटिएको नाक ओँठ जोख्दा १२ धार्नी, १ सेर, ६ तोला निस्क्यो । सुन जोख्या जस्तो । कस्तो सटिक !!!

पछि किर्तिपुरबासि सबैको घर र किर्तिपुरको कोत (दरबार) मा आगो लगाई ध्वस्त पारेको पनि यसमा उल्लेख छ ।)

यो टिपोटको पानामा अन्तिम चार हरफहरु अरु कसैले लेखेको हुनुपर्छ हस्तलिपि फरक देखिन्छ र अरु नै विषय छ ।

मैले बुझे अनुसार यी हरफहरु यहाँ सारिदिएको छु -
"इ राजाका पालामा रामकृष्ण कुवरले राजा वक्ताइ पसुपतिदेषी गुज्यस्वरिसम्म सिलाका बाटो बनाइदिया
इ बाटो वनाउदा प्रजाहरु सबै धर्मकाम हो भनि षेताला आइ
षाजा नषाइ ज्याला नली भागीजा"

- इ राजाको पालामा = पृनाशाको पालामा
- राजा बक्ताइ = राजाको आदेशमा (?)
- सिलाको बाटो = ढुँगा छापेको बाटो
- धर्मकोकाम हो भनी षेताला आइ = खेताला (ज्यामी) आए
- षाजा नषाइ ज्याला नली भागीजा = खाजा समेत खान नपाएको, ज्याला पनि नपाएकोले भागे

No comments:

Post a Comment