नेवा: स इन्टरनेट रेडियो

The Status of the radio is


Note: Please Click the play button to listen if the status is Live
Refresh the page if live and player is not responding.

Saturday, December 18, 2010

नेपालले भुटानसँग सिक्नुपर्दछ

एउटा राज्यको एउटा सरकारको आपुना देशका नागरिकप्रतिको जिम्मेवारी र उत्तरदायित्व कस्तो हुनुपर्छ भनेर भुटानसँग नेपालले सिक्नुपर्दछ । सन्दर्भ भरखरै घटेको तारा एयरको विमान दुर्घटनाको हो । भुटानी नागरिकहरुलाई लिएर खोटाङको हलेसी तीर्थस्थलबाट काठमाडौं फकर्ने क्रममा जब विमान बेपत्ता भयो भुटानी प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्रीसँग सिधा सम्पर्क गरी कुराकानी गर्नुभयो । त्यसको भोलिपल्ट जब विमान लामिडाडाँमा दुर्घटनाग्रस्त भएको समाचार आयो भुटानी प्रतिनिधि मण्डल काठमाडौं आइसकेका थिए । त्यसपछि तीर्थयात्री भुटानी नागरिकहरु वास्तविकता लुकाएर यात्रा गरिरहेका हुनाले दुर्घटना बिमा पाउन नसक्ने हुन कि भन्ने अड्कल भइरहँदा भुटान सरकार आफैंले आपुना नागरिकको आइडेन्टिफिकेसन गर्न लागेका हुनाले बिमा रकम पाउँछ भन्ने समाचार पनि एक राष्ट्रिय दैनिकमा आयो । भुटानी प्रतिमण्डल आपुना नागरिकका शव छिट्टै लिएर भुटान जान लागेको समाचार पनि आयो । अब भुटान सरकारको ठाउँमा नेपाल सरकारलाई राखेर हेरौं ।

आज खाडी मुलुक र मलेशियामा सयौंको संख्यामा नेपालीहरु नक्कली राहदानीमा काम गरिरहेका छन् यो धु्रवसत्य हो । ती नेपालीहरु कामको सिलसिलामा दुर्घटनामा परी मृत्यु हुँदा यही कारणले विमा रकम नपाउने गरेको यथार्थता छ । यस्तो स्थितिमा के भुटानले जस्तै नेपाल सरकार आफैले आपुना देशका नागरिकलाई आइडेन्टिफिकेसन गर्न सकेका छन् यदि नेपाल सरकार आफैले मेरो देशका नागरिक हुन भनेर अगि सर्ने हो भने कुन चाहीं बिमा कम्पनीको साहस कि बिमा रकम नदिने विदेशमा दिनहुँ नेपालीहरुको मृत्यु हुँदा शव नेपाल ल्याइ पुर् याउन एक महिना हैन दुई महिना हैन छ छ महिना सम्म लाग्ने गरेको दुखद परिस्थिति यहाँ विद्यमान छ । नेपाल सरकार र विदेश स्थित नेपाली राजदूतावासबाट खै आपुनो देशका जनताप्रतिको जिम्मेवारी र उत्तरदायित्व निर्वाह गर्न सकेको

मलाई सम्झना छ इराकमा १२ जना नेपालीहरुको हत्याहुँदाको त्यो परिस्थिति । त्यतिबेला परराष्ट्र मन्त्री डा। प्रकाश शरण महत हुनुहुन्थ्यो । इराकमा हाम्रो आपुनै दूतावास नहुँदा पाकिस्त्ाान स्थित नेपाली राजदूत मार्पुत इराकी अपहरणकारीसँग सम्पर्क गर्न खोजियो । भारत सरकारसँग इराकस्थित भारतीय दूतावासबाट सहयोग मागियो । तर त्यतिबेला परराष्ट्र मन्त्रीले सिधै अमेरिकी विदेश मन्त्रीसँग टेलिफोन सम्पर्क गर्न सक्नु भएन । प्रधानमन्त्री देउवाले अमेरीकी राष्ट्रपति जर्ज बुशसँग सम्पर्क गर्नुभएन न त पाकिस्तानी भारतीय वा इराकी प्रधानमन्त्रीलाई नै सम्पर्क गर्नु भयो । हाम्रा प्रयासहरु यति असफल भए कि त्यति बेलासम्म धेरै अबेर भइसकेको थियो । हामीले जिउँदा ती १२ जना नेपालीहरु त बचाउन सकेनौ सकेनौ मृत्यु भएका नेपालीहरुका शव सम्म छिटो नेपाल ल्याउन सकेनौ ।

अझ एउटा अर्को प्रसंगको कुरा गर्दा करीव दस वर्ष अगिको घटना हो । एक जना प्रेुन्च पदयात्री पर्यटक जिरी पदयात्रामा बिरामी परी जिरी अस्पतालमा आएका थिए । उनले जिरी अस्पतालबाट काठमाडौं स्थित प्रुा_िन्सली दूतावासमा सम्पर्क गरे र त्यस्को एक घण्टा पश्चात् एउटा हेलिकोप्टर उनलाई लिन आइपुगे र उनलाई लिएर काठमाडौंतर्पु उडे । देश होस् त यस्तो नागरिक हुनु त यस्तो देशको ।

पारस शाह-रुबेल चौधरी प्रकरणमा विदेशबाट परराष्ट्र मन्त्रीको टेलिफोन सकि्रयता प्रहरी र प्रशासनको तदारुकताले हामीले चाह्यौ भने के गर्न सक्तैनौ भन्ने पुष्टि गर्दछ । नेपाली नागरिक हुनुमा कोही पनि नेपालीले आत्मग्लानी अनुभव गर्न नपरोस् देशका नागरिकप्रतिको जिम्मेवारी र उत्तरदायित्व बोकेर बसी रहेका सरकारका मन्त्रीहरुमा मेरो यही अनुरोध छ ।

राज श्रेष्ठ
कीर्तिपुर

No comments:

Post a Comment