राष्ट्र झण्डा विश्वमै विशिष्ट ( Originally titled: बाँदरहरु घर बनाउँदैनन् )
राज श्रेष्ठ
Published in Rajdhani 21 Sepember 2009
(सन् २००९, माओवादीहरुले भर्खरै राष्ट्रिय राजनीतिमा प्रवेश गरेका थिए ।
देश गणतन्त्रमय भैसकेको थियो । नयाँ नेपाल, क्रमभंग आदि जस्ता राजनीतिक
जर्गनले पत्रपत्रिकाका पानाहरु भरिएका हुन्थे । त्यस बेला पहिलो पल्ट देशको
झण्डा फेरिनु पर्छ भन्ने आवाज पनि उठयो । त्यतिबेला लेखिएको यो लेख अहिले
एकाएक सान्दभिर्क लागेर फेरि पोस्ट गरेको छुँ । ।-Blogger)
Photograph courtsey : Ganapati Lal Shrestha
शताव्दीऔं देखि नेपाली पहिचान र विशिष्टता बोकेको हाम्रो राष्ट्रिय झण्डा यतिखेर आक्रमणको तारो बनेको छ। आज हाम्रो राष्ट्रियझण्डा नेपालको स्वतन्त्रता र मौलिक पहिचान मेट्न खोज्ने त्यस्ता व्यक्तिहरुका तारो बनेको छ, जसलाई न आफ्नो इतिहासको माया छ, न आफू जन्मेको देशसँग कुनै लगाव नै छ। संसारमै त्यस्ता व्यक्ति पाउन असम्भव नै होला जो आफ्नो इतिहास बिर्सेर पनि महान् भएका होस वा त्यस्तो देश नै होला जुन देशमा पूर्खाको योगदान बिना नै उन्नति र प्रगति भएका होस्। वास्तवमा इतिहास र परम्परा बिर्सेर कोही पनि महान भएका छैनन्, न त प्रगति नै गर्न सकेका छन्। चीन, जापान, भारत आफ्नो गौरवशाली इतिहास र पूर्खाकै योगदानको जगमा उभिएर आज विश्व सामु स्वाभिमान पूर्वक उभिएर रहेकाछन्। देशको अस्तित्व रक्षा गर्ने पूर्खाको योगदान बिर्सनेहरुले सन्ततिको लागि देश जोगाई देला भनेर कसरी विश्वास गर्ने?
चारदिशामा चारतिर फर्केका सिंह भारतको राष्ट्रिय चिन्ह हो, जुन सम्राट
अशोकको राजकीय चिन्ह थियो, भारत स्वतन्त्र भएपछि धर्मनिरपेक्ष र संघीयताको
घोषणा सँगै यसलाई राष्ट्रिय चिन्हको रुपमा चयन गरिएको थियो। सम्राट अशोक
जसले भारतलाई एक महान साम्राज्यको रुपमा स्थापित गरे, लडाईबाट वाक्क भएर
वौद्ध धर्म अपनाइसकेपछि संसारमा शान्ति र करुणाको सन्देश छर्न आफ्ना
सारथीहरुलाई भिन्न भिन्न देशमा धर्म प्रचारको लागि पठाए, तिनै सम्राटको
राजकीय चिन्हलाई भारतले ससम्मान आफ्नो राष्ट्रिय चिन्हको रुपमा स्वीकार गरी
विगतको आफ्नो गौरवशाली इतिहासलाई सम्मान गरेको थियो। अशोककालीन भारत
भारतीय इतिहासको स्वर्णयुग थियो भनेर अहिले पनि इतिहासकारहरु भन्छन्।
हामी भने आफ्नो त्यो गौरवशाली इतिहास मेट्न तयार भएकाछौं, जुन इतिहासले
हामीलाई आफ्नो पहिचान दिलाए जस्को कारण हामी आज अस्तित्वमा छौं। सबै कुरा
भत्काएपछि नयाँ निर्माण हुन्छ भन्ने सोचमा दिक्षितहरुले के थाहा पाउनु
जरुरी छ भने कुनै चिज यस्तो हुन्छ जुन भत्काए, बिगारे फेरि नयाँ बनाउन
सकिंदैन। त्यो सधैको लागि नासिएर जान्छ र त्यसलाई कुनै किसिमबाट पनि
पुर्नजीवित तुल्याउन सकिंदैन। इतिहास र विशिष्टता बोकेको झण्डालाई फगत
परिवर्तनको नाममा परिवर्तन गर्न खोज्ने हो भने यस्तै अपरिवर्तनीय र
अकल्पनीय भविष्य बोक्नुपर्ने हुन्छ, हामीले। भनिन्छ नि बाँदरले आफ्नो घरपनि
बनाउँदैन र बनेको घर पनि भत्काउँछ। अनि बाँदरले खेती पनि गर्दैन र अरुको
खेतीपाती मात्रै बिर्गादछ भनेर (डा.कविताराम श्रेष्ठः बाँदरले खेती
गर्दैन)। हुनसक्छ, भविष्य कसले देखेको छ र? जुन दिन यसको अस्तित्व समाप्त
हुन्छ, नेपालको अस्तित्व पनि त्यसै दिन समाप्त भएर जान सक्छ, तराई हिमाल,
पहाड भित्रका असंख्य हामी भित्रको विश्वास र आस्था चकनाचूर भएपछि। त्यति
बेला जति बेला हामीलाई होस् आउँदछ त्यसबेला निकै ढिलो भइसकेको हुनेछ।
परिवर्तन गर्नै हुन्न भन्ने होइन। वर्तमान सँग सापेक्षरुपमा परिवर्तन
भने हुनु पर्दछ। यो नै विकासवादको सिद्धान्त पनि हो। तर इतिहासमा स्थापित
मूल्य र मान्यतालाई परिवर्तन गर्दा भने इतिहासको सम्मान हुनै पर्दछ।
राष्ट्रिय गान परिवर्तन गरिनु समयको माग थियो। व्यक्ति विशेषको स्तुति
राष्ट्रिय गान हुनै सक्तैन थियो। नयाँ राष्ट्रिय गानको चयन गरियो थुप्रै
सर्जकहरुका सिर्जनाबाट। जुन गीतको चयन गरियो त्यो गीत वास्तव मै उत्कृष्ट छ
र हरेक नेपाली हृदयमा यसले सजिलै बास गरेको छ। जनजिब्रोमा रसिलो भइ
झुण्डिएको छ यो गीत सुन्दा हरेक नेपाली आफूलाई गौरवशाली अनुभव हुन्छ। अझ
गर्वलाग्छ हामी प्रत्येक नेपालीलाई, ओलम्पिकमा समेत यस गीतलाई सम्मानित
गरिएकोमा। राष्ट्रिय जनावर गाई परिवर्तन गर्नु समय सापेक्ष भइसकेको भने
निश्चय नै हो। कुनै खास पहिचान नबोकेको, साधारण रुपमा संसारभरी जहीतही
पाइने , पश्चिमी विश्वमा खाद्यवस्तुको रुपमा प्रयोग गरिने जनावरलाई हामीले
राष्ट्रियजनावरको दर्जादिइराख्नु उपयुक्त पनि होइन। यसको विकल्पमा एकसिंगे
गैडाको चयन गर्नु उपयुक्त नै मान्नुपर्छ। तर श्रीपेचयुक्त निसान छाप
परिवर्तन गर्दा कलाकारहरुलाई प्रतिस्पर्धाको आधारमा छनौट गरिएको भए स्तरीय
निसान छाप बन्नेथियो। थुप्रै लालिगुराँशका फूललाई दुईतर्फि घेरामा प्रयोग
गरिएबाट यो निसानछापलाई अनार्कषक बनाएको छ।
No comments:
Post a Comment