नेवा: स इन्टरनेट रेडियो

Tuesday, September 19, 2017

एक सचित्र कथा - सुप्रिया मानन्धर


धेरै वटा भाषा बोलिने देश हो नेपाल । नेपालका सबै भाषाको सम्मान कसरी हुन्छ ? कसरी सबै भाषा बोल्नेहरुको पहिचान स्थापित हुन्छ त ?


साँच्चै बहुभाषिक देशमा कस्तो भाषा नीति जरुरी छ ? नेपाली राज्यको भाषा नीतिले बहुभाषिक अवस्थालाई कसरी सम्बोधन गर्नुपर्दछ ?

के कुनै एक भाषालाई मात्रै सरकारी कामकाजी भाषा बनाइयो भने उचित होला ? स्कुल र कलेजमा पढाइने माध्यम भाषा विभिन्न मातृभाषा हुन सक्छ कि एउटै भाषा नै प्रयोग गरिराख्ने ?

नेपालका विभिन्न भाषाका पहिचान र सम्मानसँग जोडिएका यस्ता धेरै प्रश्न आम मानिसबीच पनि उठेका छन् ।

यस्तै प्रश्नमा एक कार्टुन लेखेका छन् कलाकार सुप्रिया मानन्धर र कृपेन्द्र अमात्यले ।

साँच्चै कस्तो हुनुपर्छ त नेपालको भाषा नीति ?

एक सचित्र कथा


No comments:

Post a Comment