नेवा: स इन्टरनेट रेडियो

Tuesday, January 26, 2016

हेर्नुस त नेपाली, सँधै खिस्रिक्क - अब पालो 'राष्ट्रबाद'मा खिस्रिक्क हुने ???

रोशन श्रेष्ठ, हाल अमेरिका

१) चार महिना अगाडि ३-बाहुनपार्टीको अगुवाइमा 'संविधान २०७२' जारी हुँदा "संविधान आयो, दीपा-ओली गर्नूस" भन्नेहरु खुबै उफ्रिए । मधेशमा लासको चाङ रुङेर मुर्छित परीरहेका नेपालीको रुवाइ ती पहाडिया अहंकारबादीहरुको निमित्त किराफट्याङ्ग्राको आवाज भन्दा सस्तो भो । तर जब त्यो संविधानले देशलाइ बिकासपथमा नलगी "अघोषित नाकाबन्दी"को सकसमा पुरायो, तब संविधानको स्वागतमा उफ्रिनेहरु ग्याँस-पेट्रोलको हाहाकारले पिल्सिएर खिस्रिक्क परे ।




२) 'दीपा-ओली कर्ता' हरुलाइ चाइचाइ ख्वाउन चीनबाट पेट्रोल आउने, संयुक्त राष्ट्र संघले भारतलाइ दबाव दिने, विहारमा मोदीको पार्टी हारेपछि बाटो खुल्ने जस्ता अनगिन्ति हौवामसलाहरु छरीयो । ती सबै चाइचाइहरु हावादारी भएको पोल खुल्दै गएपछि 'चाइचाइ चाख्दै दंग परेका' दीपा-ओली कर्ताहरु खिस्रिक्क परे ।

३) त्यसपछि राष्ट्रबादको दुहाइ दिँदै 'विद्या-ओलि' पर्दामा उतारीए । त्यसको केहि समय अघिसम्म बहालवाला पि.एम. सुको जसले संविधान जारी गराउने चालबाजीको दह्रो नेत्तृत्त्व लिएका थिए, तिनी 'दिपा-ओली अभियानका यूगपुरुष' कहलाइएका थिए । तर नाटकको अर्को पर्दामा तिनलाइ एक्कासी भारतीय उम्मेदवार बनाइयो, तिनको निमित्त भारतले अर्बौ पैसा खर्चेर चुनाव जिताउन खोजेको हावादारी प्रमाणहरु सञ्चारमाध्यममा ढोल पिटाइयो । सुकोका वर्णनमा शव्द खर्चिएका 'दीपा-ओली कर्ता'हरु खिस्रिक्क परे । तिनैले दीपा-ओली गरेको संविधान जारी गराउने प्र.म. तिनैले रातारात भारतिय दलाल भन्दै थुक्न थाले ।

४) 'सुकोलाइ पछारी खओ जितेको दिन जिन्दगीमा सबैभन्दा खुशी भएँ' भन्नेहरु फेरी तिनै थिए जो 'संविधान आयो, दीपा-ओली गर्नूस' भन्थे । तिनको राष्ट्रबाद - 'बरु भोकै मर्छौ, तर भारतसित शिर झुकाउन्नौ' भन्ने थेगो बोकेर उफ्रन थाले । तिनका नयाँ मसिहा 'विद्या-ओली' बने । तर केहि दिन पछि नै विन्तिपत्र बोकेर विद्या-ओलीका कारिन्दाहरु भारतको चाकडीमा दौडिएको देखेपछि तिनीहरु खिस्रिक्क परे । तिनको राष्ट्रबादी बोक्राहरु पनि खुइलिए ।

५) 'बाहुने संविधानको स्वागतमा दीपावली गर्नेहरु' पाकिस्तान, UPA लगायत अन्य NDA-बिरोधी गठबन्धनको सहयोगमा ट्रेन्डिएको ‪#‎BackoffIndia‬ मा टेकेर देशविदेशमा जुलुस गर्न थाले । ती जुलुस गर्न खर्चिएको समय र स्रोतहरुले जताततै उल्टो नतीजा मात्र निकाल्न थालेपछि तिनीहरु आफै खिस्रिक्क परे र सेलाए ।

६) खओको स्वागतमा वक्तव्यवाजि, फोटो सेसन, सिन्दुर जात्रा, आदि गर्ने 'दिपा-ओली'कर्ताहरु चुस्त सरकारको ढोल पिट्थे । तर जब उप-प्रमको भलिबल टीम बन्यो, तिनीहरु खिस्रिक्क परे । झन त्यसमाथि मन्त्रीमण्डल सुन्निदै सुन्निदै 'ओली बाबा एण्ड चालिस चोर' बनेपछि तिनले सुशासन खोक्नै बिर्से ।

७) सबैलाइ थाहा छ, कालाबजारीहरुको पेलानमा च्याप्पिएर देशमा खुल्लमखुल्ला लुटमार भइरहेको छ । सरकार आफै कालाबजारीको संरक्षक भएको प्रष्ट भएको छ । इन्धन डिपोहरुमा अत्याधिक इन्धन भण्डारण भएतापनि वितरण बन्द गरेर सरकार आफै कालाबजारीहरुलाइ सघाइरहेको छ । तर देशविदेशमा रहेका 'बाहुने संविधानका समर्थकहरु' न ‪#‎NoMoreBlackMarket‬ भन्न सक्छन, न ‪#‎BackoffCorruptNepal‬ भन्दै नारा लाउन सक्छन, खाली खिस्रिक्क परेर जनताको पीडा टुलुटुलु हेरीरहन्छन ।

८) 'विद्या-ओली'समर्थनमा 'दीपा-ओली' गर्नेहरुलाइ मनोरञ्जन दिन बेलाबेलामा गैंडा दर्शन, हावाबाट बिजुलि, तुइन मुक्त देश, लोडशेडिङ मुक्त देश, घरघरमा ग्याँस पाइपलाइन आदि फुर्को जोडिएको मिठाइहरु बाँड्न खओ सिपालु र'छन । 'बाहुने संविधानको समर्थनमा दिपा-ओली गर्नेहरु'सबैलाइ थाहा छ, खओका मिठाइहरु सबै फोकटिया गफ हो, तर विरोध गर्ने नैतिक साहस नभएको हुँदा खिस्रिक्क परेर चुपचाप मनोरञ्जन लिँदै छन ।

९) मधेशमा आफ्नै देशका नागरीकहरु मार्दै सरकारले रगतको होली खेलेको विषयलाइ 'विद्या-ओली' समर्थकहरुले सकेसम्म बेवास्ता गर्नु उनीहरुको धर्म मान्छन । त्यहाँका बर्बर दमनलाइ देखेको नदेखेइ गर्छन, मधेशिया नेपालीहरुको जीवनको कुनै मुल्य छैन भन्ने ब्यवहार गर्छन ।

१०) अब समय आएको छ विद्या-ओली मार्का भारत परस्त राष्ट्रबादको पानीमा 'दीपा-ओली कर्ता'हरुले डुबुल्की लगाउने समय आएको छ । आन्दोलन गर्छन नेपालका मधेशीहरु, 'विद्या-ओली' सरकार प्रयास गर्दैछन भारतलाइ रिझाउने - अब तिनको 'राष्ट्रबाद' केहि समय अघि आफैले बोलेको, लेखेको र समर्थन गरेको शव्दहरुमा टेकेर पुनर्ब्याख्या गर्ने समय आएको छ । तिनले "संसारकै उत्कृष्ट" भनी दीपा-ओली गरेको संविधान संशोधनपथमा हिड्न थालीसकेको बेला भित्री मन खिस्रिक्क परे पनि 'मुटुमाथि ढुंगा राखि' मधेशीको माग संबोधन भयो भन्ने डंका पिटाउँदै 'सर्वोत्कृष्ट संविधान अझै धेरै उत्कृष्ट बन्यो' भन्ने प्रचार उद्यममा हिड्ने समय आएको छ ।

११) यसरी नै संशोधन गर्दै गर्दै १५-२० वटा संघिय प्रदेश बनाउदै पो लान्छन कि? त्यो बेला 'दिपा-ओली' कर्ताहरुको के हालत हुने होला? संघिय प्रदेशहरुलाइ ती क्षेत्रका जनचाहना मुताविक अधिकारसम्पन्न बनाउदै पो लान्छन कि? त्यसो गरे झन कति खिस्रिक्क पर्ने होला? क्यार्नु त नि? संशोधन नगर्न ढिपि गर्दै बसे यी बाहुने सरकारहरुले यो संविधान ५ वर्ष पनि टिकाउन सक्ने छैनन । अलि अलि संशोधन गरे झै गरेर जनताको आँखामा धुलो छ्याप्ने प्रयास त गर्ने पर्यो ।

आफु त चुपचाप तमासा हेरिन्छ, किन कि -
‪#‎3Bahun‬'sConstitution is ‪#‎notmyconstitution‬

No comments:

Post a Comment