नेवा: स इन्टरनेट रेडियो

Saturday, May 18, 2013

महासचिव राजेन्द्र श्रेष्ठ - सङ्घीय समाजवादका वैचारिक तथा सैद्धान्तिक पक्षबारे

महासचिव राजेन्द्र श्रेष्ठ - सङ्घीय समाजवादका वैचारिक तथा सैद्धान्तिक पक्षबारे 

सङ्घीय समाजवादी पार्टी नेपाल काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं. १० र कीर्तिपुर नगर समिति भेला आयोजक समिति निर्माणका लागि २०७० जेठ ४ गते शनिवार कीर्तिपुरमा सम्पन्न भेलामा महासचिव राजेन्द्र श्रेष्ठद्वारा व्यक्त धारणा यहाँ प्रस्तुत गरेको छुँ ।








 
 
 
 
 
 
 
 
 
 
 
 
सङ्घीय समाजवादी पार्टी, नेपाल क्षेत्र नं. १० र कीर्तिपुर नगर समिति भेला आयोजक समिति गठन

आज मिति २०७० जेठ ४ गते शनिवार सङ्घीय समाजवादी पार्टी नेपाल काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं. १० र कीर्तिपुर नगर समिति भेला आयोजक समिति निर्माणका लागि पार्टीका महासचिव राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता र नजरराम महर्जनको अध्यक्षतामा कीर्तिपुरमा सम्पन्न भयो ।

सो भेलाले काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं. १० को भेला आयोजक समिति गठन गरियो । १० नं. क्षेत्रीय भेला आयोजक समितिको संयोजक राजु सुवेदी, सचिव राज श्रेष्ठ, सदस्यहरुमा नजरराम महर्जन, नरेन्द्र महर्जन, रुपक थापा, मनोहर महर्जन, निर्मल लामा, राजु थापा, दिलिप लामा, सोनी महर्जन, गोवद्र्धन के.सी., सानुकाजी गिरी र विशाल कार्कीलाई चयन गरियो ।

भेलाले कीर्तिपुर नगर भेला आयोजक समितिको संयोजकमा नजरराम महर्जनलाई चयन गरियो र सदस्यहरुमा पूर्ण बहादुर महर्जन, रिदेन महर्जन, मनोहरी तण्डुकार, ममता श्रेष्ठ, प्रकाश महर्जन, त्रिरत्न महर्जन, मणिश महर्जन र नरेश महर्जनलाई चयन गरियो ।

सो भेलाले सङ्घीय समाजवादी पार्टी नेपालको अध्यक्ष अशोक राईको प्रमुख आतित्थ्यमा काठमाडौं निर्वाचन क्षेत्र नं. १० तदर्थ समिति गठन तथा घोषणा सभा २०७० साल जेठ ११ गते शनिवार सतुंगल पार्टी प्यालेस, सतुंगलमा दिनको ११ बजे गर्ने निर्णय गरियो ।

सो भेलामा सहभागीका लागि ईच्छुक महानुभावहरुलाई अनुरोध गरिन्छ साथै सम्पर्क राजु सुवेदी (मोबाइल नं. ९८५१०३६८९८) संयोजक १० नं. निर्वाचन क्षेत्र, भेला आयोजक समिति ।

No comments:

Post a Comment