नेवा: स इन्टरनेट रेडियो

Tuesday, January 1, 2013

"स्वर्गीय श्री ५ वीरेन्दको सम्झना .......मेरा तस्वीरहरूमा " - डा. खगेन्द्रबहादुर श्रेष्ठको फोटो प्रदर्शनीका केही झलकहरू

"स्वर्गीय श्री ५ वीरेन्दको सम्झना .......मेरा तस्वीरहरूमा " 
- डा. खगेन्द्रबहादुर श्रेष्ठको फोटो प्रदर्शनीका केही झलकहरू













































































































Photo Credit : Ajit Baniya


स्वर्गीय राजा वीरेन्द्रसम्वन्धि  फ़ोटो प्रदर्शनी अवलोकन गर्दै रोइरहेकी श्रुती पुत्री गिर्वाणी 

नारायणहिटी दरबारभित्र नरसंहार हुँदा उनी मात्र तीन बर्षकी थिईन् । सायद आफ्नी आमाको धमिलो छविमात्र उनको मानसपटलमा छ । १४ बर्षकी गीवार्णी शाह आमाको त्यही धमिलो छवि मन मस्तिष्कमा लिएर गत शनिबार नेपाल आर्ट काउन्सिल पुगिन् । काउन्सिलमा आयोजित पूर्वराजपरिवारको तस्विर प्रदर्शनी हेर्न बाबु गोरखशमशेरसित गएकी सबै तस्बिरहरु हेर्न भने सकिनन् । आमाको तस्बिर हेर्दाहेर्दै भक्कानिएर रोइन् ।
तत्कालीन शाही चिकित्सक डा. खगेन्द्रबहादुर श्रेष्ठले ‘स्वर्गीय श्री ५ वीरेन्द्रको सम्झना मेरा तस्बिरहरुमा’ शीर्षकमा आफुले खिचेको राजपरिवारको तस्बिर प्रदर्शनीमा राखेका थिए । पुस १२ गतेदेखि आयोजित प्रर्दशनी हेर्न गीवार्णी आफ्ना बाबुका साथ पुस १३ गते पुगेकी थिइन् ।
आफ्ना मावली परिवारका फोटो हेर्दै जाँदा भावुक बनेकी गीवार्णी आमा श्रुतिको फोटो देख्नेवित्तिकै भक्कानिएर रोएको प्रदर्शनीकी संयोजक राज्यलक्ष्मी शाक्यले बताए ।






No comments:

Post a Comment