नेवा: स इन्टरनेट रेडियो

The Status of the radio is


Note: Please Click the play button to listen if the status is Live
Refresh the page if live and player is not responding.

Sunday, December 16, 2012

गद्य गुरु निष्ठानन्द

सन्दर्भ: गद्यगुरु पं. निष्ठानन्दया १५६ क्व:गु बुदिं
नेपाल सम्बत ११३३ थिंलाथ्व तृतीया
December 16, 2012

निष्ठानन्द बज्राचार्य नेपालभाषा पुनर्जागरण कालका प्रमुख लेखक मध्ये एक हुन्। उनीलाई नेपालभाषा वाङ्मयमा गद्यगुरू र पुनर्जागरणकालका चार खम्ब (प्यम्ह थां) मध्ये एकका रूपमा लिइने गरिन्छ। खानी विशेषज्ञ देवराज शाक्यको संगत भएका शिक्षित वैज्ञानिक एवं प्राविधिज्ञमा काठमाडौँका पण्डित निष्ठानन्द बज्राचार्य पनि थिए। निष्ठानन्द बज्राचार्यले नेपालमा पहिलोपटक हातेप्रेस अर्थात् लिथो मेसिन निर्माण गरेका थिए। उनले वि.सं. १९६७-६८ तिर निर्माण गरेको उक्त लिथो मेसिन कन्तुर आकारको थियो। त्यसमा कम्पोज गरिएको अक्षर राखी रोलरले मसी दली त्यसमाथि कागज राखेर छापिन्थ्यो। नेपाल भाषामा लिखित आफ्नो गद्यग्रन्थ 'ललित विस्तार' मुद्रण गर्ने इच्छाअनुसार कलकत्ता गएर अक्षर छाप्ने टाइप किनेर उनले यो मेसिन आप्नै बुद्धिवर्कत लगाएर बनाएका थिए।
छापाखानाको स्थापना र पुस्तकको प्रकाशनबिना साँस्कृतिक सामाजिक, धार्मिक ज्ञानको प्रचार-प्रसार हुनसक्दैन भन्ने ठानेर आफ्नो अदम्य साहस, उत्साह र जाँगरको बल लिथोमेसिन बनाएर उनले एकातिर आफ्नो प्राविधिक क्षमताको परिचय दिए भने अर्कोतिर उनले नेपाल भाषा र बौद्धधर्मको जागरणमा ठूलो योगदान दिए। उनले ठूलो साहसका साथ नेपाल भाषाका रचना लेख्ने, छाप्ने र प्रचार-प्रसार गर्ने कार्य गर्दै आफ्नो जीवन बिताए।  Source : http://ne.wikipedia.org/wiki


गद्य गुरु निष्ठानन्द
 हिमेशरत्न बज्राचार्य
विश्वास नहुन सक्छ, सय वर्ष अगाडि रचिएको भाषा अहिले पढ्दा पनि आधुनिक लाग्छ । अझ भनौं, सय वर्ष अगाडिको दुःसाहस अहिले दोहोर्‍याउँछु भनेर सोच्न पनि सकिन्न । महायानी बौद्धधर्मको नवग्रन्थमध्ये एक ललितविस्तरको नेपाल भाषा संस्करण अहिले उत्तिकै जीवन्त छ । नेपाल भाषा धनी छ, यसको लेखन बोलीचालीको भाषामा दुरुस्त हुनसक्छ भन्ने उदाहरण ललितविस्तर हो ।

प्रसङ्ग निष्ठानन्द बज्राचार्यको १ सय ५३ औं जन्मदिनको  अवसर हो । निष्ठानन्दलाई नेपाल भाषाका गद्यगुरु मानिन्छ । नेपाल भाषाको उत्थानमा महत्त्वपूर्ण योगदान दिने चार ऐतिहासिक व्यक्तित्वलाई 'प्यंगः थां'का रूपमा चित्रण गरिएको छ । 'प्यंगः थां' अर्थात् चार स्तम्भ । यिनै स्तम्भमा टिकेर-रहेर नेपाल भाषा अहिलेको आधुनिक रूप अडेको छ ।

नेपाल संवत् ९७८ मा जन्मेका निष्ठानन्दको शुक्रबार जन्मदिन परेको थियो । कालजयी रचनाका कारण उनलाई सम्भिmनु अझै सामयिक छ । संयोगले नेपाल भाषामा ललितविस्तरको प्रकाशनले सय वर्ष नाघेको छ । नेपाल संवत् १०३० मा ललितविस्तर प्रकाशन आएको थियो । यसले नेपाल भाषा साहित्यमा पुर्‍याएको योगदान र बौद्धधर्मको पुनःउत्थानमा उल्लेखनीय प्रभाव छाडेको छ । प्रस्ट रूपमा भन्ने हो भने उनले कलम चलाएपछि मात्र नेपाल भाषालाई गद्यमा ढाल्न सकिन्छ भन्ने विश्वास भएको हो । उनको चर्चा छेड्दा तत्कालीन समय परिस्थितिबारे बुझ्न आवश्यक हुनसक्छ । राणाशासन चरम दमनकारी विन्दुमा थियो । नेपाल भाषा र बौद्धधर्ममा समान दमन थियो । नेपाल भाषा बोलीचालीमा मात्र सीमित रहन गएको थियो । बौद्धधर्मका अनुयायीले त्यसको मर्मलाई बुझेका थिएनन्, त्यसलाई पछ्याउने काम विकृत रूपमा गरिरहेका थिए । त्यसमाथि त्यो समय छपाइ प्रविधि पुरातन थियो । रचनालाई पुस्तकाकार दिनु दुःसाहसबाहेक अरू थिएन् ।

नेपाल भाषाका अनुवादक, सम्पादक र लेखकका रूपमा निष्ठानन्दको परिचय हुनसक्छ । बज्राचार्यको रूपमा उनको प्रारम्भिक परिचय सामान्य गुरुजुमा सीमित थियो । पछि स्वअध्ययन र संस्कृतको गहन अध्ययनले उनी पण्डित भए, बौद्ध विद्वान भए । सारस्वतः, लघु र मध्य कौमुदी सिद्धान्त सिक्न उनले पर्याप्त मिहेनत गरे । उनको समय अधिकांश गुरुजुहरू संस्कृतमा पोख्त थिए, धाराप्रहार त्यसको लेखन र बोलाइमा अभ्यस्त थिए । दुर्भाग्य, त्यो योग्यता अहिलेको पुस्तामा छैन । संस्कृतमा विद्वता हात परेपछि मात्र उनले ललितविस्तरलाई नेपाल भाषामा अनुवाद गरेका हुन् । त्यो समयसम्ममा उनी राम्रा धार्मिक कथावाचक भइसकेका थिए ।

त्यो समय धर्मरसस्वादनको समय थियो, त्यसलाई उनले प्रगाढ रूपमा अगाडि बढाए राम्रा धर्मवाचकका रूपमा । बुद्ध जीवनीबारे बुझ्ने पुराना स्रोतमध्ये महायानी कृति ललितविस्तरलाई उत्कृष्ट मानिन्छ । त्यो नेपाल भाषाले उपलब्ध भएपछि काठमाडौं उपत्यकाका बौद्धमार्गीमा धर्मले पुनःउत्थान पाएको थियो । बौद्ध धर्मबारे आम अनुयायी केही जान्ने भए ।

बौद्ध धर्मको धरोहरका रूपमा रहेको प्रतीत्यसमुत्पादबारे पनि उनमा राम्रो ज्ञान थियो, त्यसबारे विद्वत् प्रवचन दिन सक्षम थिए । निष्ठानन्दले नेपाल भाषामा 'र' तथा 'ल'को ठीक प्रयोग सुरु गरे । 'स', 'ष' र 'श'को पनि उचित प्रयोग भयो । लामो र दोहोरिने भाषाशैली छोटामीठा हुनथाल्यो । निष्ठानन्द ललितविस्तरमा मात्र सीमित भएनन् । उनले बोधिचर्यावतार र भद्रकल्पावदान, स्वयम्भु पुराण, गुणकारण्डव्यूह, आर्य अस्ष्ट सहश्रकिा आदि पनि अनुवाद गरे ।

उनलाई नेपालका प्रारम्भिक वैज्ञानिकका रूपमा मानिन्छ । नेपालमा छपाइ प्रविधि भित्र्याउने श्रेय पाउनेमध्ये सुरुआती व्यक्तित्वका रूपमा उनको नाम लिइन्छ । उनले भारतको कोलकाता गएर छपाइ ज्ञान सिकेका थिए ।   राइटरको जागिर खाएर उनी बाजुरा पनि गए । संस्कृत सिकाउने काम गरे । जीवनको अन्त्यतिर स्वयम्भुमा पुस्तकालयको स्थापना गरे । उनको निधन नेपाल संवत् १०५५ मा भयो ।
 
प्रकाशित मिति: २०६६ मंसिर ६ ०७:५१   
Source : http://202.166.193.40/kantipur/news/news-detail.php?news_id=204814

No comments:

Post a Comment