Photo from : Shanta Shakya, http://www.facebook.com/shanta.shakya.7 |
स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको पुण्यतिथि मङ्सिर १९ गते
नारायणगोपाल (वि सं १९९६ असोज १८ - २०४७ मङ्सीर १९)(इ.सं.१९३९ अक्टोबर ४ - इ.सं.१९९० डिसेम्बर ५), पूरा नाम नारायणगोपाल गुरूवाचार्य, सबैभन्दा सफल तथा ख्याती प्राप्त नेपाली आधुनिक गायक हुन्। उनलाई नेपालको स्वर सम्राटको
उपाधिले सम्मान गरिएको छ। यद्यपि सम्राट बन्नेले राज्यकोषबाट भत्ता पाउने
भएकाले यो सम्मान उनको अपहेलना हो भनेर केहीले विरोध पनि गरेका छन्।
नारायणगोपाल नेपाली भाषाका
पहिलो पुस्ताका गायक हुन् जसले गायनलाइ पेशाको रूपमा अङ्गाले। उनले करीव
५०० वटा नेपाली गीतहरू गाएका छन्। उनका गीतहरू नेपाली चलचित्र तथा
नाटकहरूमा पनि प्रयोग गरिएका छन्।
Source : http://ne.wikipedia.org/wiki/
A short biography of Narayan Gopal
Narayan Gopal (October 4, 1939 – December 5, 1990) is by far the most prominent and popular singer in Nepali music history. Narayan Gopal Guruacharya was born into a Newar family in Kilagal Tole, Kathmandu, on October 4, 1939 (18 Asoj, 1996 B.S.) to father Asha Gopal Guruacharya and mother Ram Devi Guruacharya. He had five brothers and six sisters. He completed his School Leaving Certificate (S.L.C) exams in 2016 B.S. and obtained Bachelor of Art degree in Humanities from Tri-Chandra College. He is well known as a singer but was also an accomplished composer. His voice range allowed him to sing songs of every genre of Nepali music. His songs are often richly orchestrated with the sitar, harmonium and flute.
जीवनी
नारायणगोपाल गुरूबाचार्यको जन्म वि.सं. १९९६ असोज १८ गते बुबा आशागोपाल गुरूबाचार्य र आमा रामदेवी गुरूबाचार्यको सन्तानका रूपमा काठमाडौंको किलागलमा भएको हो। वि.सं. २०२७ साल फागुनमा पेमालाका साथ यिनको विवाह सम्पन्न भए पनि सन्तान भएनन्। चार जना दाजु-भाइ र ३ जना दिदी-बहिनीमध्येका एक नारायण गोपालले मानविकी शास्त्रमा स्नातकोत्तर गरे। भारतको बडोदामा शास्त्रीय संगीतको अध्ययन थालेर पूरा नगर्दै छाडे। डिस्क र टेपमा गरी जम्मा २ सयवटा जती गीतहरू रेकर्ड गराए।गायन यात्राको सुरुवात
नारायणगोपालले पहिलो पटक त्रि-चन्द्र कलेजको चालीसौँ वार्षिकोत्वसमा आफ्ना परमप्रिय मित्रहरूका आग्रहमा मञ्चमा उत्रिने आँट गरे। जसमा उनी पहिलो पटक तबलाबादक भएर प्रस्तुत भए। काठमाडौं किलागलमा जन्मेका गायक नारायणगोपालको स्वरको पहिचान गर्ने उनकै मित्र माणिकरत्न स्थापित थिए , नजीकैको टोल प्युखामा बस्ने माणिकरत्न र भेंडासिंग बस्ने प्रेमध्वज प्रधानले हिन्दी गीतमा स्वराभ्यास गरे।तर नारायण गोपालले भने जहिले पनि ठट्टा गरेर हिन्दी गीत बिगारेर गाउने गर्थे।प्रेम्धोज प्रधान र मनिक रत्नले भन्छन् उनले हिन्दीलाई नेपाली बनाएर गीतको लय नै बिगारेर गाउथे रे। माणिकरत्नको घर एक किसिमको संगीतशालाजस्तै थियो कारण उनका काका सिद्धिरत्न स्थापित स्वयम् पनि एक कुशल वाद्यवादक थिए। गायक नारायणगोपालको घरमा शास्त्रीय संगीत बाहेक आधुनिक संगीतमा रम्न उनका पिता आशागोपाल गुरूवाचार्यका कारण मनाही थियो। उस्ताद आशागोपाल गुरूवाचार्य आधुनिक संगीतलाई हलुका र रंगहीन मान्दथे। प्रेम–माणिकले आफ्नै संगीतमा गाउन शुरु गरिसकेका थिए, त्यसैले नारायणगोपाललाई एउटा नयाँ शैलीको संगीतको जरुरत थियो त्यसैले उनले आफ्नै संगीतमा छ ओटा गीत तयार भए। ती सबै गीतका गीतकार उनकै सहपाठी कवि रत्नशम्सेर थापा थिए। उनले त्यस संकलनमा चारओटा एकल ( स्वर्गकी रानी, आँखाको भाखा आँखैले , भो भो मलाई नछेक, मधुमासमा यो दिल ) र दुइटा युगल – बिछोडको पीडा र ए कान्छा ठट्टैमा यो बैंश जानलाग्यो ) गीत गाए। यस गीतका सम्पूर्ण रेकर्डिङ भारतको कोलकतामा सम्पन्न भयो। त्यसपछि यी गीतले विस्तारै नेपाल र नेपालबाहिर नेपालीको जनस्थानमा प्रभाव जमाउन थाल्यो। उनी एकाएक नेपाली मूलका प्रमुख स्वर भएर देखापरे। राणाकालबाट मुक्त भएर नयाँ परिवर्तनको लहरमा उभिरहेको नेपालको नयाँ स्वरलाई उनले विस्तारै प्रेम, जीवन र राष्ट्र निर्माणका हरेक गीतबाट उच्चता दिए। पूर्व पश्चिम राजमार्ग बन्दै गर्दा उनले ‘जाग, जाग चम्क हे नौजवान हो’ वा देशप्रेमबाट प्रभावित भएर ‘आमा ! तिमीलाई ज¨लभरिका औंलाहरूले चुम्न’ जस्ता गीत गाए। यी गीतले नारायणगोपालको गीतको गायन र स्वरको गमकलाई मात्र होइन उनको घनत्वभरि आवाजलाई प्रत्येक नेपाली युवासँग परिचित गरायो। उनी युवा हृदयका प्रिय गायक नै मानिए। उनले त्यसपछि विस्तारै आङ्खनो गायनमा परिवर्तनको स्वर ल्याए , उनले गीतको चयन, शब्दको छनौट र भावस्थितिको अध्ययन गरेर नयाँ गीत गाए जसले गर्दा एक्कासि नेपाली गीतको स्तर हिन्दी गीतको तुलनामा अक्कासिँदै गयो। यससमय नेपाली संगीतमा जम्जमाएर आइरहेका पुष्प नेपाली, बच्चुकैलाश, तारादेवी, अम्बर गुरूङ, प्रेमध्वज प्रधान, नातिकाजी, शिवशंकर आदिका गीतसँग स्पर्श गर्दै नारायणगोपालले नेपाली गीतको आधुनिकतामा एक विशेष आयाम थपे। उनले शुरुवाती चरणमा गाएका गीतबाट बढी जसो स्रोता पछि विस्तारै कवि लेखक प्रभावित हुँदै गए। उनले आफ्नो गायन शैलीलाई व्यापक बनाउन आफ्ना प्रशंसक, आफ्ना प्रतिस्पर्धी र आफ्ना समकालीनसँग विचारविमर्श गर्न थाले। यसै क्रममा उनको भारतको पश्चिम बँगालस्थित पहाडी राज्य दार्जीलिङको भ्रमाण भयो , बीसको दशकको शुरुवातमा भएको यो भ्रमणले उनले दार्जीलिङबाट दुई कुरा पाए, पहिलो उनलाई अति नै माया गर्ने प्रशंसक पेमाललाई प्रेमीको रूपमा पाए भने त्यहीँ संघर्ष गरिरहेका एक होनहार संगितकर्मी गोपाल योञ्जनलाई एक मीतका रूपमा पाए।Source : http://ne.wikipedia.org/wiki/
A short biography of Narayan Gopal
Narayan Gopal (October 4, 1939 – December 5, 1990) is by far the most prominent and popular singer in Nepali music history. Narayan Gopal Guruacharya was born into a Newar family in Kilagal Tole, Kathmandu, on October 4, 1939 (18 Asoj, 1996 B.S.) to father Asha Gopal Guruacharya and mother Ram Devi Guruacharya. He had five brothers and six sisters. He completed his School Leaving Certificate (S.L.C) exams in 2016 B.S. and obtained Bachelor of Art degree in Humanities from Tri-Chandra College. He is well known as a singer but was also an accomplished composer. His voice range allowed him to sing songs of every genre of Nepali music. His songs are often richly orchestrated with the sitar, harmonium and flute.
Some of his most popular songs include “Euta Manche Ko Maya le Kati)”, “Jhareko Paat Jhai”, “Yo Samjhine Man Cha” , “Saawan ko jhari bani”, “Manche ko Maya”. Narayan Gopal has been given with title “Swar Samrat” (literally, Emperor of Voice) which affirms his position as the supreme genius of Nepali music.
His death was due to organ failures, said to have been caused by his
notorious drinking. The cassettes and CDs of his music still make
significant sales in Nepal. He has large number of fan following in
Nepal as well as in some foreign countries. Many young singers are
inspired by him. Most of the Nepalese singers take him as their idol and
following his footsteps.
He has sung over 500 songs, including in films, ballets and drama. Most of his songs are melodies. In recognition of his contribution in the field of Nepali music, he has received several national honors and awards; Trishakti Patta, Chinnalata Puraskar to name a few.
In a brief introduction of Narayan Gopal on an album cover, Music Nepal, the largest music company in Nepal, writes:
“The late Narayan Gopal (1996-2046 BS) is regarded as the most popular in the entire domain of modern Nepali music. A still more appropriate introduction of the music maestro would be to call him the King of Vocals or Swar Samrat of contemporary Nepali music. Narayan Gopal, who has enchanted millions of listeners by his immortal melodies has been awarded several national honors among which, Indra Rajya Laxmi Award, Chhinalata Award for vocals, Jagadamba Shree, Trishakti Patta third (awarded post humously) Urvashi Rang and several other honors and decorations bear testimony to his widespread popularity and the eminence he has achieved as a favorite singer of millions.
No comments:
Post a Comment