Friday, November 30, 2012

लुम्बिनीको अशोकस्तम्भः अभिलेख ब्याख्या एकरुपतामा अधुरै रह्यो



केदार शाक्य
[लेखक गोरखापत्रका पूर्ब सम्पादक तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पहिलो रजिष्ट्रार हुनुहुन्छ । यो लेख गोरखापत्रमा  बर्ष अघि नै प्रकाशित भएको हो । साथीहरुको जानकारी तथा प्रतिक्रियाको लागि समावेस गरिएको छ - राज श्रेष्ठ]
लुम्बिनीको अशोकस्तम्भमा कुँदिएको अभिलेखलाई प्रामाणिक तथा आधिकारिक अनुवादब्याख्या तयार गर्ने क्रममा २०६० सालमा लुम्बिनीमा राष्ट्रिय गोष्ठी सम्पन्न भएको थियो । गोष्ठीमा लुम्बिनी विकास कोषका पुरातत्वबिद वसन्त बिडारी नेपाल सरकार पुरातत्व बिभागका शुक्रसागर श्रेष्ठ र त्रिभुवन बिश्वबिद्यालयका डा. दिनेशचन्द्र रेग्मीले अलग अलग कार्यपत्र प्रस्तुत गर्नुभएकोमा पत्रहरुको टिप्पणी भएपछि सहभागीहरुबाट कार्यपत्र लेखक र टिप्पणीकर्ताहरुको भनाईमा थप टिप्पणी भएको थियो । ज्ञानबर्धक एवं रोचकपारामा थुप्रै छलफल भएको थियो ।
२०६१ बैशाख १५ गते लुम्बिनी बिकास कोषको सम्पर्क कार्यालय भृकुटीमण्डपमा दोस्रो गोष्ठी सम्पन्न भएको छ । तर गतबर्षको भन्दा खासै अगाडि बढेन । औपचारिकतामा बढी अलमलिएको अभिलेख ब्याख्या गॊष्ठी गतबर्षको भन्दा बढी सशक्त ढंगबाट अघि बढ्नुपर्नेमा त्यस्तो हुन सकेन । तथापि यस किसिमको गोष्ठी भबिष्यमा अझै सशक्त ढंगले अझबढी अनुसन्धानकर्तालिपिविशेषज्ञपुरातत्वबिद र विद्वानहरुकॊ छलफलबाट टुङ्गोमा पुग्नसक्ने कुरा उठेपछि यसलाई नै गोष्ठीको उपलब्धी मान्नुपर्ने भएको छ । दोस्रो गोष्ठीबाट ब्याख्या संबन्धी एउटा सर्बस्वीकृत निष्कर्षमा पुगिने अपेक्षा र त्यसबाट नेपालको आफ्नो आधिकारिक भनाई संसारका सामु राख्न सजिलो हुने बिश्वास गरिएको थियो । तर त्यो भएन ।
लुम्बिनीमा मायादेबी देगलको छेउमा अंग्रेजी र नेपाली भाषामा लेखिएको एउटा सूचनापाटी छ । त्यसमा लेखिएको छः " देवताका प्रिय राजा अशोक आफ्नो राज्याभिषेकको बीसौं बर्षमा स्वयं यस ठाउँमा आउँदा अब्यबस्थित अबस्थामा रहेको शाक्यमुनि बुद्धको खास जन्मस्थल संकेतक शिलालाई ब्यबस्थित बनाए । शिलास्तम्भ पनि स्थापना गरे । भगवान जन्मनु भएको यस लुम्बिनी गाउँलाई आठभागको एक भाग मात्र भूमिकर तिरे पुग्ने गरी अन्य सबै करहरुबाट मुक्त गरे ।" यो अनुवाद पुरातत्व बिभागले त्यहाँ राखेको हो । यसमा असहमतिको कुरा कहाँनिर छ भनॆ पछिल्लो ब्याख्या डा. दिनेशचन्द्र रेग्मीले आफ्नो कार्यपत्रमा यसरी दिनु भएको छ - "तीस बर्षअघि अभिषिक्त भएका राज्याभिषेकको बीसौं बर्षमादेवताका प्यारा र राम्राप्यारा देखिने राजाद्वारा आफ्नो शाक्यमुनि बुद्ध यहाँ जन्मेका हुन् भनी आफै आएर पुजा गरियो प्रसिद्ध ढुंगाको संरक्षणको लागि भीचा इंटाहरुले घेराबन्दी गरिएको ठोकेर सारो र अग्लो बनाइएको शायद उत्खननमा प्राप्त निर्माणको जग बनाउन लगाइयो ढुंगाको स्तम्भ पनि ठड्याइयो भगवान बुद्ध यहीं जन्मेकाले लुम्बिनी गाउँलाई उत्पादनको आठ भागको एक भाग समेत दिनु नपर्ने गरी करमा मिनाहा गरियो ।"
Ashokan pillar at Lumbini, in southern Nepal
flickr.com/photos/mattkelly19/3276189378/

(downloaded July 2009)

२०५५ सालमा नेपाल सरकार हुलाक बिभागले अशोकस्तम्भ अभिलेखको टिकट प्रकाशनगर्न आधिकारिक अनुवादको निम्ति लुम्बिनी विकास कोषलाई अनुरोध गरेपछि कोषले त्यस कार्यको लागि पुरातत्व बिभागमा अनुरोध गरी पठाएको आधारमा पुरातत्व बिभागले २०५५ साल फागुनमा त्यसबेला भरखरै प्राप्त बुद्धजन्मको ऐतिहासिक प्रमाण दिने शिला कालपत्थर marker stone लाई समेत ध्यानमा राखेर अशोकस्तम्भ अभिलेखको अनुवाद गरेको थियो । केही प्राबिधिक कारणले टिकट प्रकाशनको पहिलो टाँचामा यो अनुवाद छापिएन । कार्यपत्रमा उल्लेख भए अनुसार अरु नै कुरा छापियो । तथापि यो आशयको अनुवाद पहिले देखि नै लुम्बिनीको सार्बजनिक सूचनापाटीमा छ ।
अशोकस्तम्भ अभिलेख ब्राह्मीलिपिमा कुँदिएको मगधमा बोलिने पालि भाषामा लेखिएको छ । अभिलेखमा जम्मा ९० वटा स्पष्ट पढ्न सकिने अक्षरहरु छन् । शिलास्तम्भमा लेखिएको “हि द बुधे जाते साक्य मुनि भगवां” अर्थात “यहाँ शाक्यमुनि भगवन बुद्ध जन्मुन भएको हो ।” भनी किटानसाथ लेखिएको शब्दको ब्याख्यामा कसैको पनि बिबाद छैन । अभिलेखको यो ब्याख्यामा सबै बिद्वानहरुको राय एक मत छ । तर अठ भागिय च शिलाबिगढविचा को अर्थ मा चाहिं केही बिद्वानको फरक मत छ । यसमा नेपालका इतिहासबिद, पुरातत्वबिद, लिपिविशेषज्ञ र भाषाबिद लगायत संचारकर्मीहरु बीच पूर्णमान्यता प्राप्तहुने ब्याख्या आधिकारिक रुपमा बिश्वको अगाडि प्रस्तुत होस् भन्ने गोष्ठी आयोजक लुम्बिनी विकास कोषको सदाशयता यस पटक पनि टुङ्गोमा पुग्न सकेन ।
गोष्ठीका सहभागीहरु नेपाली विद्वानहरु बीच बिस्तृत छलफल पछि आधिकारिक ब्याख्या तयार गर्न विशेषज्ञविद्वानहरुको कार्यदल गठन हुनुपर्ने कुरामा चिन्तनशील देखिन्छन् । त्यसका लागि त्रिभुवन बिश्वबिद्यालयपुरातत्व बिभाग र लुम्बिनी विकास कोषको विशेषज्ञ प्रतिनिधि आधिकारिक रुपमा हुनुपर्छ । त्यसपछि कार्यदलको प्रतिवेदन माथि पनि विद्वानबर्ग बीच बिस्तृत छलफल पछि आधिकारिक निष्कर्ष सार्बजनिक गर्नुपर्छ भन्ने आग्रहप्रति यस पंक्तिकारको पनि सहमति छ । यस्ता कुरामा नेपाली विशेषज्ञहरुबाट आधिकारिक ब्याख्या हुनुपर्ने कुरामा गोष्ठीका अधिकांश सहभागीहरुको विचार पाइएको थियो । त्यसैगरी स्तम्भअभिलेखको आधिकारिक ब्याख्या विशेषज्ञ र विद्वानहरु बीच निरन्तर बिस्तृत छलफल पछि मात्र निर्णयमा पुग्नुपर्ने राय पुरातत्व बिभागका महानिर्देशक कोशप्रसाद आचार्यको छ । कार्यदल कसले कहिले गठनगर्ने भन्ने बिषयमा चािहं कुनै कुरा उठेन ।
स्तम्भअभिलेख दोस्रो राष्ट्रिय गोष्ठीको उपलब्धी भन्नु नै यस संबन्धी आधिकारिक गोष्ठीको निरन्तरता रहनुपर्ने देखियो । तर अहिले सम्मको नेपाली विद्वानहरुको ब्याख्यालाई विबेचना गर्दा निकट भबिष्यमा आधिकारिक निणर्यमा पुग्नसकिने देखिदैन । विशेषज्ञहरुको कार्यदलले बिस्तृत अध्ययन र छलफल गर्ने वातावरण लुम्बिनी विकास कोषले फेरि पनि गर्दै रहनुपर्ने भएको छ । यसका लागि यथेष्ट समय दिएर अन्य विद्वान बिज्ञ एवं विशेषज्ञहरुलाई अरु पनि कार्यपत्र लेखाउनु पर्ने अबस्था आएको छ । गत बर्ष झै वक्ताहरुमा लिपिविशेषज्ञ एवं पालिभाषाका ज्ञाताहरुको कमी यस पटक पनि रह्यो ।

जबसम्म यस्ता बिषयहरुमा अनुसन्धानअध्ययन र ब्याख्याको क्रम चलि रहन्छ तबसम्म बिबादलाई बढावा हुने खालका अभिब्यक्ति किहंकतैबाट पनि आउनु हुन्न भन्ने बिषयमा पनि गंभीर ध्यान जानुपर्दछ । हालसम्म नेपाली पुरातत्वबिदहरुबाट भएका अध्ययन अनुसन्धान अनुसार बुद्धजन्मस्थल बुझाउने शिला कालपत्थर मार्ककर स्टोन पाइएपछि शिलाबिगढबिचाको अर्थ आधिकारिक रुपमा खुल्न सकेकॊ बिश्वास मायादेबी मन्दिर उत्खननमा सकि्रय पुरातत्वबिद बाबुकृष्ण रिजालले लुम्बिनीमा भएको यस संबन्धी पहिलो गोष्ठीताका म संगको ब्यक्तिगत छलफलमा ब्यक्त गर्नुभएको थियो । त्यसै सिलसिलामा वसन्त बिडारीले उत्खननबाट प्राप्त मार्कर स्टोनलाई रिजाल बाजेको 
ढुंगो भनेकोमा उहाँले चित्त दुखाउनु भएको थियो ।
A look at the Brahmi inscription on the Lumbini pillar
"This inscription reads 'King Piyadasi (Ashoka), the beloved of Devas, in the 29th year of the coronation, made a visit to Lumbini and paid his homage. Realising the Buddha was born here, a stone railing was built and a stone pillar erected. Because the Lord was born here, the Emperor had the people of Lumbini village freed from some tax and entitled them to the eighth part only' (source - "Lumbini and other Buddhist sites in Nepal, Nepal Tourism Board)." Source: flickr.com/photos/rolling-stone/476892238/
(downloaded July 2009)
डा. दिनेशचन्द्र रेग्मीले पनि आफ्नो कार्यपत्रमा मार्कर स्टोन प्राप्त भएपछिको ब्याख्यामा यसको अर्थ खुलेको संकेत गर्नु भएको छ । तथापि अठभागियच को ब्याख्या चाहिं उत्पादनको आठ भागको एक भाग मात्र भूमि कर तिरे पुग्ने भन्ने ब्याख्यामा उहाँको मत रहेको छ । केशर बहादुर के.सी भिक्षु सुदर्शनहरुले व्याख्या र बिश्वास गरे झैं अष्टाङ्गिक मार्गमा लाग्न लुम्बिनी ग्रामबासीहरुलाई सन्देश दिइएको हो भन्ने कुरामा केही इतिहासबिदहरुले सहमति जनाइसकेका छन् । यसमा सम्राट अशोक आफु किलंगको युद्धबाट बिरक्त भएर शान्तिको चाहनागर्दै बुद्धधर्ममा भिक्षु उपगुप्तबाट दीक्षित भएकाले नै सम्राटले त्यस किसिमको सन्देश आफ्नो स्तम्भअभिलेखमा गरेका हुन् भन्ने कुरामा मेरो पनि सहमति छ । यही ब्याख्यालाई आधिकारिकता दिन सकिएमा नेपाल भूमिमा रहेको बुद्धजन्मस्थल लुम्बिनी कपिलबस्तुको ऐतिहासिक गरिमा अझ बढ्ने छ ।
शाक्यमुनि बुद्ध महापरिनिर्वाणको २०० सय बर्ष पछि बौद्ध तीर्थस्थलहरुको दर्शन गर्ने सिलसिलामा सम्राट अशोक आफ्ना गुरु भिक्षु उपगुप्तसित लुम्बिनी आएका थिए भन्ने कुरामा कसैको पनि मतमतान्तर छैन । कसैकसैको अल्प ज्ञान अनुसार सम्राट अशोक लुम्बिनी आउँदा उनी बुद्धधर्ममा दीक्षित भइसकेका थिएनन् भन्ने पनि छ । यो भनाइ बिल्कुलै असत्य छ । किनभने उनी आफ्ना गुरु भिक्षु उपगुप्तका साथमा लुम्बिनी आउनुको मुख्य उद्देश्य नै बौद्धतीर्थस्थल लुम्बिनी पत्ता लगाएर बुद्धजन्मस्थलको दर्शन गर्नु थियो । उनी बुद्धधर्ममा दीक्षित नभएका भए भिक्षु उपगुप्त उनका गुरु कसरी भए  
सम्राट अशॊकलाई बुद्धधर्ममा दीक्षित हुन उनकी रानी बिदिशाबाट पनि ठूलो प्रेरणा मिलेको थियो । रानी बिदिशा बिदिशा नगरकी बौद्ध कुलकी सामान्य घरकी कन्या थिइन् । सम्राट अशोक र रानी बिदिशाको भेट उनी चैत्यपुजाबाट घर फर्किरहेको बेला बाटोमा भएको थियो । सम्राट अशोकका अर्की रानी तिष्यरक्षिता थिइन् । उनी चािहं अलि क्ष्ाद्र स्वभावकी थिइन् । सम्राटले आफुलाई भन्दा बोधिबृक्षलाई बढी माया गरेकाले उनले बोधिबृक्षमा बिष खन्याउन लगाइन् । बोधिबृक्ष जरामा बिष परेपछि सुकेर जान थालेकाले राजा साह्रै चिन्तित भएर दुब्लाउँदै गएपछि फेरि बोधिबृक्षकॊ जरामा दूध खन्याएर बचाइएको थियो ।
छोराको नामाकरण सम्राटको चाहना अनुसार सनातन बिधि अनुसार महेन्द्र राख्नमा रानी पहिले बिबस थिइन् । पछि छोरी जन्मिदा रानीले आफु बौद्ध भएकी हुनाले छोरीको नाम संघमिता राखिन् । सम्राट अशोक त्यसबेला लडाइँमा थिए । लडाइँ जितेर फर्केपछि बिदिशा रानीले छोरीको नाम बौद्धबिधि अनुरुप संघमिता राखेकोमा उनले सहर्ष स्वीकृति दिएका थिए । सम्राट अशोक लुम्बिनी आउनु अघि नै बुद्धधर्ममा दीक्षित भइसकेका थिए भन्ने अरु पनि थुप्रै प्रमाण छ ।
अष्टाङ्गीक मार्गमा लाग्न लुम्बिनी ग्रामबासीलाई सन्देश दिनु युक्तिसंगत नै देखिन्छ ।

No comments:

Post a Comment