अनुपम रोशी
"एप्पलको नयाँ मोडल आइसक्यो, के यो पुरानो मोबाइल चलाइरा'को! मैले त हिजैदेखि घरमा फ्यालिदिएँ पुरानो आइफोन।"
"४५ हजार रे, हिजै नेटमा हेरेको। क्या खतरा मोडल छ। यूट्युब, गुगल, इन्टरनेटका मात्रै नौवटा अप्सन।"
"मैले त लिने जिद्दी गरेको छु घरमा, तैँले पनि लि यार!"
"आफ्नो त ममले पैसै दिँदिनन् यार !"
"सजिलै त कसका बाउ-आमाले दिन्छन् र? घर छोड्ने धम्की दिनुपर्छ के!"
"त्यो जाबो आइफोनका लागि कसले घर छोड्ने धम्की दिन्छ? दिनै परे पल्सरका लागि नै दिने नि !"
"त्यो पनि हो यार! मज्जाले घुम्न पाइन्छ, छप्की लिएर।"
"नयाँ धमाका थाहा पाइस्? एन्जेलिना जोलीको पनि थ्री एक्स यार,
हेरसि तैँले? क्या खतरा ब्लु फिल्म, उसको त फिचर मात्रै पनि करोडौँमा बिक्री भा'थ्यो रे!"
"ए साँच्ची, अनितासँग कहिलेदेखि बे्रकअप तेरो? अचेल हिँडेको देख्दिनँ त!"
"ह्या मूला ! प्याचअप नै कहिले थियो र?"
"गफ नदे। मैले नदेख्या हो र! अस्ति ठमेलको गेस्टहाउसबाट के गरेर निस्केको नि?"
"त्यो त इन्जोए मात्र थियो यार, कसले लभ गर्छ त्यस्तीलाई? मोज गर्नुपर्छ केटा, जिन्दगी भन्या यही हो।"
१४ वषर्ीया कलिली केटीको बिहे गर्ने जिद्दीको खबरले रन्थनिँदै फर्किएको मेरो मन झनै डल्लो पर्छ, कलेजको डे्रसमा टाइसुट लगाएका, भर्खरै जुँगाको रेखी बस्दै गरेका यी दुई कलिला किशोरहरूको वार्तालापले।
कस्तो सजिलो व्याख्या जिन्दगीको, यी कलिला आँखामा। कति सहज बुझाइ चढ्नै नसकिने पहाडजस्तो अप्ठ्यारो वर्तमानको। साँच्चै बदलिइसकेछ समय अनि बदलिइसकेछन्, आजका युवाहरूको सोचाइको शृंखला। प्रविधिको विकाससँगै भएको सभ्यताको आमूल परविर्तन, जसले समेटेको मान्छेको विकृत संस्कृति, जसलाई अपनाएर मक्ख पर्दै गएको आधुनिक समाज। थाहा छैन, कुन तहको भौतिक मनोविज्ञानले समेट्न सक्छ? तर, भर्खर कलेज पढ्ने आजका कलिला युवाहरूको यथार्थ चित्रण हो यो।
"मम्मी ऊ मेरो प्रेमी हो। म बिहे गर्न चाहन्छु उससँग। होइन भने मेरो लास पाउनुहुनेछ।" बल्ल १४ वर्ष टेकेकी किशोरीको 'डाइलग' हो यो। हिजैजस्तो लाग्छ उसको न्वारन भएको। आजै हो जस्तो लाग्छ, समातेर उसलाई नांगै नुहाइदिएको। तर, ऊ त ठूली भइसकिछ। उमेरको तातोले उसलाई छोइसकेछ। केटा-केटी ठानेर उसलाई जिस्काउनुको मतलब त मैले नै बुझिनछु।
"युरोप अमेरकिामा १२ वर्ष पुगेका केटीको ब्वाइप|mेन्ड भएन भने त डाक्टरकहाँ जानुपर्छ रे बुझिस्!" लाजै पचाएर फोनमा कसैसँग यस्तै कुरा गरी उसले। उसले बिर्से पनि मलाई सम्झना छ, सुनकेस्रा रानीको कथा सुनाएको त्यो रात। तोते बोलीमा उसले 'म पनि राजकुमारी बन्नुपर्छ है दिदी' भनेकी थिई त्यतिबेला।
"धेरै पढ्नुपर्छ राजकुमारी बन्नलाई," भनेकी थिएँ मैले।
"अब धेरै पढ्छु," भनेकी थिई उसले पनि।
छ वर्षको अन्तरालमा धेरै परविर्तन भइछे ऊ। लभको कुरा गर्छे। अफियरको परभिाषा छाँट्छे। यी सबै कुराजस्तै सम्बन्धलाई पनि बुझेकी होली त उसले? प्रेमको मतलब थाहा पाउने भइसकेकै हो त उसको बौद्धिक र शारीरकि संरचना? होइन भने भर्खर १४ पुगेकी केटीमा यस्तो उत्सुकता किन? आखिर के हो सम्बन्ध? के हो उसले बुझेको प्रेम? मेरो मनमा प्रश्नमाथि प्रश्न उठ्छ, उसको बिहेको कुराले। उसको यो आकर्षण र उत्सुकता यौनप्राप्तिबाहेक अरू केही लाग्दैन मलाई।
वास्तवमा प्रेम भनेकै शरीरले खोजेको यौनतृप्ति हो र यौन प्रेमको नाटकीय स्वरूप।
र, सम्बन्ध त्यो बन्धन हो, जसले अपेक्षा र आदेश जन्माउँछ। जसमा बाँधिएर सन्तान जन्माउनुबाहेक अरू केही देख्दिनँ म। चाहे त्यो प्रेम भनौँ या प्रमाणरूपी सम्बन्ध, यी दुवैको अन्तिम सत्य यौन हो। र, यौनको प्रतिफल सन्तान। फेर िकिन अबुझ हुन्छ मान्छे प्रेमका नाममा? जतिसुकै भावुक भए पनि भावनामा मात्रै सीमित भएको कहाँ छ र प्रेम? अन्ततः उसले सम्बन्ध खोज्छ, यौनतृप्तिका लागि।
यो समाज, सभ्यता, धर्म, परम्पराजस्ता कुरा त पछिका हुन्, जसलाई मान्छेले नै मान्दै आएका हुन्। तर, एउटा सीमा हुनुपर्ने होइन र संवेग उत्पत्तिको?
यदि सम्भोग नहुँदो हो त कसरी आकषिर्त हुन्थ्यो होला मान्छे एकअर्कामा? यसरी तानिनु सर आइज्याक न्युटनले पत्ता लगाएको गुरुत्त्वाकर्षण शक्तिकै प्रभाव मान्दै आएको भौतिक विज्ञानले मान्छेभित्रको संवेगलाई कसरी व्याख्या गर्न सक्छ यहाँनेर?
यस्ती कलिली केटीले के उठाउन सक्ली एक आमाको दायित्व? यो विकास र प्रविधिले निम्त्याएको विनाशको परण्िााम हो। मान्छेको नाटक मञ्चन नदेख्ने हो भने सायद उत्पन्न हुने थिएन, यो अस्वाभाविक चाहना। निकै तर्क-वितर्क चल्छ मनमा। त्यो सम्भोग नै हो, जसले विचलित पाररिहेको छ, आजको कलिलो संसारलाई। होइन भने सम्बन्ध त चुइङ्गमजस्तै भएको छ अचेल। मीठो लागुन्जेल चपाउने, गुलियो सकिएपछि थुकिदिने।
कुनै भविष्य नभएको समाजका हामी हरेक सपना तुहिँदै बाँच्नुपर्ने समयका दासी हौँ भन्ने बिर्सेर, सिनेमा, पपगीत, डान्सबार, इन्टरनेट र मान्छेले भन्ने गरेको 'पि|m लाइफले' प्रभाव पारसिकेको छ, उसको कलिलो मनलाई। ऊ कति धेरै विचलित भइसकिछ भने १४ वर्षको उमेरमा उसले पेट बोकिछे।
एकछिन सोचेपछि म फेर िसम्झाउँछु।
"सपना !"
"हजुर...।"
"तिम्रो उमेर कति भो?"
"१५ मा लागँे दिदी ।"
"अनि, तिमी बच्चा पाउन सक्छ्यौ? निकै गाह्रो पो हुन्छ त बच्चा पाउन।"
"सिजर गर्ने नि !" एकछिन अलमलिएर सजिलै भनी उसले।
"सिजर भनेको के हो थाहा छ तिमीलाई?"
"अपरेसन त हो नि !" उफ्...निकै असन्तुलित हुन्छ मेरो मन। उसको प्रजननप्रतिको सहज जवाफले।
र पनि, फेर िसम्हालिएर भन्छु, "अपरेसन सामान्य कुरा होइन सपना, पेट चिर्ने कुरा हो। त्यसमाथि तिम्रो पाठेघरको विकास राम्रोसँग भएको पनि छैन। यस्तो बेलामा बच्चा जन्माउनु राम्रो हुँदैन। तिम्रो मम्मीले अवोर्सनको कुरा गरेकी छन्। पछि उमेर पुगेपछि त्यही केटासँग तिम्रो विवाह गरे हुँदैन र?"
"तपाइर्ं डाक्टर हो? तपाईंले बच्चा जन्माउनुभएको छ?" एक्कासि उसले प्रतिप्रश्न गरी मलाई। उसले फेर िथपी, "अवोर्सन राम्रो कुरा हो?"
"पछि बच्चा भएन भने मलाई हेला गर्दैन उसले? त्यही कारणले अर्की बिहे गरेको हेर्नू म?"
"यति धेरै कुरा थाहा रहेछ, फेर िकिन १४ वर्षमा पेट बोकेकी त?" म पनि थर्काएर भन्छु।
"प्रेम के हो तपाईंलाई के थाहा दिदी? मलाई तपाइर्ंजस्तो बूढीकन्या बस्नु छैन।" उसले आफूभन्दा ठूलालाई गर्नुपर्ने आदर-सम्मानको सबै सीमा मेटेर बोली। यस्तो लाग्यो मैले माया गरेर आफ्न्ाो हत्केलामा खेलाइरहेको फूल एकाएक कालो विषालु सर्प भएर छातीको बीच भागमा डस्दै छ। र, म अवचेतजस्तै भएँ, केही बोलिनँ। उसलाई एकपटक हेरेर सरासर हिँडेँ।
थाहा छैन, कुन तहमा ओर्लेर सोची उसले। के बुझेर बिहे र बच्चाको चाहना तीव्र भयो उसमा? जसले उसलाई आफ्नाहरूप्रति पनि वितृष्णा जगाइदियो।
मेरो मन निकै रन्थनियो। एउटी १४ वर्षकी केटीले च्यालेन्ज गरी मेरो वर्तमानलाई, मेरो अवस्थालाई।
"प्रेम के हो, के थाहा तपाईंलाई? मलाई तपाईंजस्तो बूढीकन्या बस्नु छैन।"
बारम्बार गुन्जिरह्यो मनमा, आँखा चिम्म गर्यो, कान थुन्यो, फेर ित्यही वाक्य आइरह्यो। मानौँ, मैले केटा नै पाइनँ, बिहे गर्न। या उमेर नै आएन, प्रेम गर्ने। के म उसले भनेजस्तै बूढी भएकी हुँ त?
घर पुगेर मैले आफूलाई ऐना अगाडि उभ्याएर हेरेँ।
लाग्यो, अझै पनि तुलना गर्ने हो भने ऊभन्दा रूपले आफू नै राम्री छु। उमेरकै हिसाब गर्दा पनि २६ पुगेको न हो भर्खर। फर्केर हेर्ने हो भने अझै पनि मलाई 'प्रेम गर्छु, बिहे गर्छु' भन्नेहरूको लामै लाइन छ, र पनि उसले बूढीकन्या भनी मलाई। निकै पिरोल्यो सपनाको कुराले मेरो मनलाई। म आफ्नो अप्ठ्यारो वर्तमानसँग नराम्ररी ठोक्किन पुगँे।
"हो, त्यति सजिलै बिहे गर्न सक्दिनँ म। मलाई विश्वास छैन, अहिलेका मान्छेका सम्बन्धप्रति। सन्तान उत्पादन कारखाना बन्दैमा जिन्दगी कसरी पूर्ण हुन्छ?" थाम्न नसकेर एक्लै बरबराइरहेँ म।
केही दिनमै उसको बिहे पक्का भयो। सपनाको जिद्दीका अगाडि उसकी आमाले लाचार भएर घुँडा टेकिन्।
ऊ बेहुली भई।
प्रस्ट छैन, आफ्नै निर्णय। स्पष्ट छैन, भविष्यको बाटो। कलिलो अन्योल जस्ताको तस्तै थियो, दुवैको अनुहारमा। सम्बन्धको बोझ कसरी उठाउली? स्वयं बच्ची छे , बच्चाकी आमा कसरी होली? कसरी सम्हाल्ला जुँघाको रेखी नबसेको केटोले स्वास्नी र जन्मिने बच्चाको जिम्मेवारी? मनले तर्क गररिह्यो आफूसँग।
यो कथा होइन, वास्तविकता हो र भोगाइ हो। प्रेमको मुखुन्डो ओढेको मनभित्रको अप्ठ्यारो पहिल्याउन सकेनन् उनीहरूले। यौवनको उन्माद थाम्न नसकेर छोरीलाई जिउँदै निल्ने परम्परागत सम्बन्धको समुद्रमा आफँै हामफाली उसले। ऊ डुब्दै गई, म मौन भएर हेररिहेँ। कस्ता-कस्ता पौडीबाज त डुबेर मर्छन् समुद्रमा। ऊ त हिजोकी नानी, कसरी तर्ली सम्बन्धको त्यति ठूलो महासागर? जब अल्भिmएर सम्बन्ध, फोक्सोमा पानी पस्दै गर्दा त पक्कै सम्झेली उसले। त्यसबेला न उसको प्रेमीले उसलाई साथ दिनेछ, न त यो सानीकेटीको भोजमा रमाइरहेको समाजले।
उसले आफ्नो मर्जी गरी तर पीडा मेरो मनलाई भयो। हिजोसम्म लागेको थियो, सपना एक राम्री केटी हुनेछे। उसको कलिलो बालसुलभताले मेरो मनको भित्री तहलाई छोएको थियो। तर, हिजोको आजै ऊ क्षतविक्षत हुन पुगी। उत्तेजना र आवेशले उसलाई निलिछाड्यो। म हेरेको हेर्यै भएँ ।
(Source : http://www.ekantipur.com/nepal/article/?id=3986)