नेवा: स इन्टरनेट रेडियो

Monday, March 22, 2021

कोरोना भ्याक्सिन बारे थाहा राख्नु पर्ने कुराहरु

 कोरोना भ्याक्सिन बारे थाहा राख्नु पर्ने कुराहरु

Disclaimer : इन्टर्नेट स्रोत बाट प्राप्त

सबै प्राविधिक जानकारीहरु यो छोटो लेखमा उल्लेख गर्न संभव हुँदैन, इच्छुकहरुले त्यसबारे थप खोजीनीति गर्नुहोला, सामान्य र बुझ्नु पर्ने कुराहरु सरल तरीकाले बुझाउन सकियो भने पनि यो प्रयास सार्थक भएको ठानिनेछ ।

फाइजर, मोडर्ना, आष्ट्राजेनेका, नोभाभ्याक्स, कोभ्याक्स, सिनोभ्याक्स, जोन्सनएण्डजोन्सन आदि भ्याक्सिनहरु विश्वबजारमा कोरोना रोकथामको निमित्त करोडौंको संख्यामा वितरण भएको छ। फाइजर र मोडर्ना त्यो अभियानको अगुवा हुन ।

फाइजरको इतिहास हेर्ने हो भने यो कम्पनी साइडइफेक्ट हुने रसायन ब्यापारको सिलसिलामा मुद्दा र क्षतिपुर्तिको चपेटामा परेर सर्वाधिक जरिवाना तिर्ने संस्थाको परिचय बनाएको छ । जस्तो कि -

1998: Celebrex causing increased risk of heart attacks and strokes

2012: Chantix causing suicidal thoughts and severe psychological disorders

2012: Protonix causing kidney problems

2013: Effexor causing birth defects

2018: Depo-Testosterone causing strokes, blood clots, and heart attacks

यी केहि चर्चित उदाहरणहरु हुन, जसमा फाइजरका उत्पादनहरु रिकल गरीएको, तथा कम्पनीलाइ जरीवाना तिराएको थियो ।

त्यस्तै मोडर्नाको इतिहास हेर्ने हो भने यो त्यस्तो कम्पनी हो जसले यसअघि पहिला कहिल्यै कुनै खालको भ्याक्सिन अनुसन्धान वा विकास गरेकै छैन । क्यान्सर अनुसन्धान गर्दै गरेको संस्था एकदमै छोटो अवधिमा भ्याक्सिन अनुसन्धानमा संलग्न भएको मात्रै होइन कि, ९५% प्रतिशन सफल नतिजा निकालेको दाबिका साथ भ्याक्सिन उत्पादन र वितरण गर्दैछ । लाखौं करोडौं मानिसहरु मोडर्ना कस्तो कम्पनी हो, के मा यो कम्पनीको विज्ञता स्थापित छ भन्ने जानकारी शुन्य भएता पनि तिनको उत्पादन शरीरमा घ्वाप्प घ्वाप्प घोचाइ रहेका छन । 

कम्पनी इतिहासमा संसारमा यस्तो कुनै पनि कम्पनी छैन, जसको पहिलो उत्पादन नै यति ब्यापक प्रयोग गरीएको थियो । मोडर्ना कम्पनी किन त्यसरी फैलिन सफल भयो? त्यसपछाडि लुकेको कारण खोतल्ने हो भने जे थाहा लाग्छ, त्यसले तपाइको सातोपुत्लो उडाउने छ। 

विगतमा भ्याक्सिन अनुसन्धानमा वर्षौ वर्ष लाग्ने प्रक्रियाहरु यी भ्याक्सिन निकाल्ने कम्पनीहरुले ६० दिन भित्र सम्पन्न गरेको उपलव्धीहरुका फेहरिस्त फेला पर्छन, जसको पक्षबिपक्षमा स्वतन्त्र मुल्यांकन समेत भएको देखिदैन । त्यसैले ती संदेहास्पद छन् । 

यूरोपियन क्षेत्रमा धेरै प्रयोग भएको आष्ट्राजेनेका भ्याक्सिन लगाएपछि वृद्धवृद्धाहरुको मृत्युदर बढ्यो । त्यो भ्याक्सिनले रगत जमाएको आशंका रह्यो । करीब २० देशले तुरुन्तै त्यो भ्याक्सिन लगाउन रोक्का गरे पछि भ्याक्सिन बारे आशंका आगो सरी फैलियो । समाचार माध्यमले त्यस्तै खाले अरु समाचार भएको भए भ्याक्सिन 'प्रतिबन्ध' भयो भन्थे होला, तर यो भ्याक्सिनको सवालमा pause गरेको भनेर समाचार प्रसार गरे । शव्द चयन ध्यान दिनु होला ।

धेरै युरोपियन देशहरुले भ्याक्सिन लगाउन रोकेपछि, हतार हतार युरोपियन मेडिकल एजेन्सीको बैठक बस्यो । केहि घण्टाको बैठकपछि 'उक्त भ्याक्सिनको कारणले मृत्यु भएको वा रगत जमेको भन्ने यथेष्ट प्रमाण नभएको हुनाले भ्याक्सिन रोक्का गर्नु पर्दैन' भन्ने उर्दी जारी गरिदियो । के 'यथेष्ट प्रमाण' भनेको केहि घण्टाको बैठकले जुटाउने हो र? यसबारे खोइ अनुसन्धान भएको? खोइ विश्लेषण भएको? अहँ, बैज्ञानिक तथ्य, जानकारी, विश्लेषण, डाटा केहि उपलव्ध छैन । मात्र ढाकछोप र बहानाबाजी छ, शव्दजाल छ । मानौं कि जसरी होस भ्याक्सिन पहिला घोचीहालौं भन्ने हतार छ ।

यी त केही हालैका उदाहरणहरु मात्र हुन, यस्ता गतिविधिहरु अनगिन्ती छन । किन यस्तो हुँदैछ? बुझ्नु पर्ने कुरा यो हो । 

कोरोना रोकथामको नाउँमा दिन थालिएको मास भ्याक्सिन पश्चात देखिने असरहरु के के हुनेछन? 

भ्याक्सिनको बिरोधीले बिरोध गर्ने नै भए, तिनको कुरा नसुन भन्ने हरु धेरै छन । तर यहाँ भ्याक्सिन का समर्थक मात्रै होइन, आफै भ्याक्सिन विकास गर्न महत्वपूर्ण योगदान गरेका डा. गियर्ट भान्डन बोष्क समेत भन्न थालेका छन् । उनी आफै भ्याक्सिन विकास र अनुसन्धानमा लामो समय संलग्न संसार प्रसिद्ध ब्याक्तित्त्व हुन । उनी भ्याक्सिन विकास र सर्वसुलभ गराउन विश्वस्तरीय अभियान चलाउथे । बिल तथा मेलिन्डा गेट्स फाउण्डेशन, जस्ता भ्याक्सिन विकास र प्रचारमा महत्त्वपूर्ण लगानी गर्ने ठूला संस्थाहरुमा महत्वपूर्ण पदभार लिइ काम गरीसकेका वैज्ञानिक समेत हुन ।

- कम घातक भाइरस नियन्त्रणको निमित्त सबैलाइ भ्याक्सिन दिंदा त्यसले 'इम्यून स्केप'को अवस्था श्रृजना गर्ने खतरा छ, जसको कारण अनियन्त्रित विकोपको सामना गर्नु पर्ने दिन आउँदैछ । एउटा नभए अर्को, अर्को नभए अर्को भाइरस फैलिने बेलामा बारम्बार महामारी प्यान्डेमिक दोहोरिरहने खतरा छ।

- 'इम्यून स्केप' भनेको के हो? एक खाले भाइरस रोक्न प्रयोग गरीएको औषधिका कारण शरीरको प्राकृतिक प्रतिरोधात्मक क्षमता नष्ट भइ जाने प्रक्रियालाइ 'इम्यून स्केप' भनिन्छ । यस्तो भएमा भ्याक्सिनले रोक्न नसक्ने अन्य सामान्य कमजोर भाइरसले समेत ज्यानै जाने खतरनाक आक्रमण गर्न सक्छ । सामान्य ब्याक्टरियाले समेत जीवन हरण गर्ने खतरा हुन्छ । ती भाइरस ब्याक्टेरियाका असरहरु तिब्र रफ्तारमा फैलिने खतरा उत्पन्न हुने छ।

- भ्याक्सिनको अतिप्रयोगका कारण भाइरस आफै पनि भ्याक्सिनप्रतिरोधात्मक शक्ति विकास गरी झन शक्तिशाली बनी आउने खतरा छ।

- भ्याक्सिनोलोजीको सिद्धान्त अनुसार तिब्र संक्रमण फैलीरहेको अवस्थामा कमजोर प्रकृतिको वा कम प्रभावशाली भ्याक्सिन धेरै मानिसहरुमा एकैपल्ट प्रयोग गरीनु हुँदैन, किन कि त्यसले भाइरस नियन्त्रण गर्ने भन्दा पनि धेरै प्रकृतिको भाइरस छिटो छिटो विकसित हुने र फैलिने वातावरण बनाउने खतरा छ। भाइरस आफै म्यूटेट हुँदै सुपर भाइरस को विकास हुने खतरा पनि छ, जसले सम्पूर्ण मानव अस्तित्त्व नै नामेट पार्न बेर छैन ।

- नन एसिम्पटोमेटि क्यारिअर (न्याक) अर्थात लक्षण नदेखिएका संक्रमित बिरामीहरु भाइरस संक्रमणका प्रमूख संवाहक हुन्छन । भ्याक्सिनको चरम प्रयोगका कारण यस्ता 'न्याक' हरु जताततै हुने हुँदा तिनका कारण भाइरस फैलिएर महामारी हुने संभावना झनै बढ्ने खतरा छ।

- कोरोनाभाइरस आफै १० घण्टा भित्र नयाँ स्ट्रेनमा परिवर्तन हुने क्षमता राख्दछ । अहिले सम्म हज्जारौं फरक स्ट्रेनका कोरोनाभाइरस बैज्ञानिकहरुले फेला पारीसकेका छन् जुन मध्ये करीब आधा दर्जन महामारीको रुपमा फैलिएको हो, तर भ्याक्सिनले यदि रोकथाम नै गर्न सक्यो भने एकथरीको भाइरस मात्र रोक्न सक्छ, बाँकी अरु थरीको लागि छुट्टै भ्याक्सिन चाहिन सक्छ । त्यसरी फरक फरक स्ट्रेनका भाइरसको निमित्त छुट्टाछुट्टै भ्याक्सिन लगाइ रहन सम्भव नहुने अवस्था छ।

- यी कारणहरुले गर्दा डा. बोष्कले WHO लाइ भ्याक्सिन लगाउने कार्य संसारभरी तुरुन्त रोक्न सार्वजनिक आव्हान गरेका छन्  । उनले आफैले यूट्यूबमा भिडियोमा बोलेका छन, 'भ्याक्सिन बारे सार्वजनिक बैज्ञानिक बहस गराउ, मेरा बैज्ञानिक प्रश्नहरुको बैज्ञानिक जवाफ सर्वसाधारणलाइ जानकारी गराउ, म जहाँ भन्यो त्यहिं आएर बहस गर्न तयार छु । करोडौं करोड प्रोफालइटिक भ्याक्सिन बाँडेर त्यस मार्फत तिमीहरुले ल्याउन लागेको काल-महामारी र रोगब्याधी को सुनामी तुरुन्त बन्द गर' । तर उनको आग्रहको सुनुवाइ भइरहेको छैन, उनको भिडियो तपाइले खोजेर हेर्न सक्नु हुन्छ । यूट्यूबले उक्त भिडियो खोज्न गाह्रो पारेको हुन सक्छ वा लुकाउन वा हटाउन सक्छ, त्यो बिचार गर्नुहोला ।

- अहिले संसारभरी बाँडीरहेको भ्याक्सिनहरु वास्तवमा 'मान्यताप्राप्त भ्याक्सिन' होइन । यी भ्याक्सिनहरुको सम्पूर्ण परिक्षण गर्न भ्याइनसकिएको हुँदा 'आकस्मिक प्रयोजन अधिकार' (Emergency Use Authorization) मात्र दिइएको छ। यस्तो भ्याक्सिन भनेको अति खतराजन्य समुहको निमित्त मात्र प्रयोग गर्नु पर्नेमा सर्वसाधारणहरुलाइ चकलेट बाँडे झै भ्याक्सिन बाँड्नु उचित उपाय मान्न सकिदैन ।

- भ्याक्सिनका असरहरु बारे तथ्य र तथ्यांक लुकाइएको छ । लुकाइएको तथ्यांकहरु बाहिर निकाल्न खोज्नेहरुलाइ दुरुत्साहित गर्ने, दण्डित गर्ने, दबाबमा राख्ने कदमहरु चालिएको छ । भ्याक्सिनका कुराहरु स्वास्थ्यजन्य नभइ, राजनीतिक कुरा सरह छानिने वातावरण बनेको छ, जुन उचित मान्न सकिदैन ।

- भ्याक्सिनका पक्षमा बैज्ञानिक जानकारी स्पष्ट रुपमा उल्लेख गरी बलियो वकालत गर्न कुनै वैज्ञानिक अगाडि सरेका छैनन । प्रशासनिक कार्यभारमा जीवन विताएका एन्थोनी फाउसी जस्ता मानिसहरु 'I believe' भन्दै भ्याक्सिनको वकालतमा ब्यस्त छन। बुझ्नुहोस 'I believe' भन्ने कुरो विज्ञान होइन, धर्म, विश्वास वा आस्था हो। कसैले विश्वास गर्दैमा वा नगर्दैमा तथ्य फेरिदैन । विज्ञान विश्वासमा होइन तथ्यमा आधारित हुनुपर्छ।

- इजरायलका सरकारी तथ्यांकको बिश्लेषण गरेपछि त्यहाँ भ्याक्सिनले बृद्धबृद्धाहरुको मृत्युदर पहिलाको तुलनामा ४० गुणा बढाएको देखिएको दाबि गर्दै, यसरी भ्याक्सिन लगाउने कार्यलाइ हिटलरको आमहत्यासित तुलना गरी लेखिएको लेख childrenhealthdefense . org मा प्रकाशित भएको थियो । डा. हाइम यतिफको त्यो लेख मूलस्रोत लगायत इन्टर्नेटमा अचेल खोज्न निकै मुश्किल छ। गायब नै पारीएको हो वा के हो थाहा छैन । तर healthfeedback . org मा त्यो लेख भ्रम दिने विश्लेषण हो भनी खण्डन प्रकाशित छ, तर मरेको तथ्यांक गलत हो भन्दैन, मरेको घटनालाइ भ्याक्सिनसित जोड्न यथेस्ट समय पुग्दैन भनी बचाउ गर्न खोजेको प्रतीत हुन्छ । उक्त लेखमा यूवा पुस्ता समेत भ्याक्सिन लगाएको केहि समयपछि अकस्मात मरेको संख्या अत्याधिक बढेको भनी उल्लेख गरीएको थियो । विश्लेषण, दोषारोपण वा बचाउ तर्कना जे जस्तो गरेपनि भ्याक्सिन लगाएकाहरु अप्रत्यासित मरेको घटना घटीरहेकै र'छ त!! मर्नेको संख्या बढीरहेकै रहेछ त !!

- इटालीमा भ्याक्सिन लगाएका २ महिना पछाडि ६० पुरुषहरुको धातु परिक्षण गर्दा ती मध्य कसैको धातुमा पनि जिवित शुक्रकिट फेला परेन । अर्थात ती सबैले पुंसकता गुमाएको आशंका गरीएको छ। भ्याक्सिन कै कारण हो वा अन्य कारण हो, त्यो जानकारी उपलव्ध छैन ।

- अमेरिकामा भ्याक्सिन लगाएका धेरैले भ्याक्सिन पछि सामान्य ज्वरो दुखाइ आदि अनुभव गरेपछि स्थीति सामान्य भएको बताएका छन । तर त्यसपछि उनीहरु आफुलाइ निकै सबल, फुर्तिलो, दुखाइरहित र पहिला पहिला देखिने सामान्य स्वास्थ्य समस्याहरु, जस्तो कि, टाउको दुख्ने, हात खुट्टाको मांसपेशी दुख्ने, कम्मर दुख्ने, पिडुला दुख्ने, छिटो थाक्ने, आदि समस्याहरु पनि गायब भएर गयो भन्नेहरु फेला परेको छ। सतहीरुपले हेर्दा यस्तो हुनु राम्रो भएता पनि, किन यस्तो भयो, शरिरको दुख थाहा पाउने स्नायू प्रणाली नै भ्याक्सिनले निकम्मा बनायो कि भन्ने आशंका गर्न सकिन्छ । त्यसो भएमा सामान्य समस्या पनि थाहा नपाएर भित्रभित्रै जटील समस्या बन्ने, वा क्यान्सर विकास हुने खतरा छ ।

- भ्याक्सिन बारे प्रश्न र आशंका उठाउनेहरुलाइ पारदर्शी ढंगले चित्तबुझ्दो जवाफ दिन कोही पनि अग्रसर हुँदैनन । तर तिनलाइ कन्सपिरेसी थ्यौरिस्ट भनेर आरोप लगाउने र तिनका विचारहरु दादागिरीपूर्ण तरीकाले खारेज गर्ने चलन संसारभरी ब्याप्त भएको हुँदा यो विषयमा सार्थक स्वस्थ बहस हुन सकीरहेको छैन । जर्ज ओरवेलले भने झै विचार नियन्त्रण गर्ने प्रहरीहरु 'फ्याक्ट चेकर'को भेषमा फरक विचारमाथि दमन र सेन्सर गर्न सबैतिर सक्रिय छन् । आपराधिक सरकारहरु, ओखति कम्पनीहरु, संचार र सामाजिक सञ्जालका गिरोही संयन्त्रहरु एक ढिक्का भइ स्वतन्त्र र क्रिटिकल थिंक गर्ने विचारकहरुलाइ 'षडयन्त्रको सिद्धान्त प्रतिपादक' आरोपले अपमान गर्दै वहिष्करणमा पार्ने दुषित राजनीति गरीरहेका छन् ।

- अब त झन २ मात्रा भ्याक्सिन पर्याप्त नहोला, ३ मात्रा भ्याक्सिन लगाउनु पर्छ भन्न थालेका छन - भन्ने मान्छे बिल गेट्स हुन, जो कुनै मेडिकल वा केमिकल साइन्स पढेका मान्छे होइनन। कम्प्यूटरमा सफ्टवेर अपडेट बेला बेलामा गरीराख्न पर्छ भने झै मान्छेको जिउमा भ्याक्सिन घोच्दै अपडेट गरीराख्न पर्ने अवस्थामा विश्वलाइ धकेल्ने र यसबाट अनन्तकालसम्म पैसा दोहन गर्ने endemic (pandemic होइन) अवस्थामा संसार लैजाने नीतिगत योजना फाइजर कम्पनीको बोर्ड मिटिङको ट्रान्सक्रिप्टमा फेला परेको छ। यसबाट प्रमाणित हुन्छ, यो भ्याक्सिन कुन उद्देश्यबाट प्रेरित रहेछ । 

- 'कर्मको फल भोग्नै पर्छ' भन्ने बुद्ध दर्शनको प्राकृतिक न्याय सिद्धान्त हो । आजका मानव समुदायले सचेत सोचविचार गरेन भने त्यही बुद्धबचन फेरी एकपल्ट सार्थक हुने संभावना छँदैछ । भ्याक्सिनले रोगब्याधी र मृत्युलीलाको महामारी ल्याउदैछ भनी डा. बोष्कले यतिकै चेतावनी दिएका छैनन । अनुमान गर्न सकिन्छ कि- आगामि ५ बर्ष भित्र देखिन सकिने छ कि -

१) - भ्याक्सिन नलगाउने समुहको दाँजोमा भ्याक्सिन लगाउने समुह-समुदायमा मृत्युदर धेरै गुणा बढेको हुने छ ।

२) - मृत्यु दर अत्याधिक बढ्ने कारणले घर जग्गा को बजार भाउमा भारी गिरावट आएको हुने छ ।

३) - नयाँ नयाँ संक्रमणको कारण लकडाउन, कर्फ्यू जस्ता सरकार प्रायोजित निषेधहरु बारम्बार दोहोरिएको हुने छ।

४) - संचार माध्यमहरुले भ्याक्सिन लगाउन नमान्ने मानिसहरुका कारण मृत्युदर बढेको तथा भ्याक्सिन लगाएर मानिस बचाउने प्रयासहरु सफल हुन नसकेको गलत बिश्लेषणहरु प्रचार गरीरहेको हुने छ।

५) - खाद्यान्न उत्पादन तथा वितरण प्रणालीहरु लकडाउन आदिका कारण गोलमाल भइ जाने छ, नतीजास्वरूप बजारमा खाद्यान्न अभाव हुने छ, आफुले खानको लागि आफैले उत्पादन गर्न बाध्य हुने अवस्था आउने छ।

६) - सरकारहरु जनतालाइ राहत बाँड्न बाध्य हुने छ। जनतालाइ बाँड्ने पैसा वा राहत आर्जन गर्न अर्थतन्त्र बलियो नहुँदा मुद्रा अवमुल्यन गर्न बाध्य हुने छ। मगन्ते अर्थतन्त्र झन ब्यापक हुने छ।

७) - सरकारी राहत नै राजनीतिको केन्द्रीय मुद्दा बन्न गइ उत्पादनशील अर्थतन्त्र नै गौण मुद्दा बन्दै जाने छ।

८) - अत्यधिक मृत्युदरका कारण स्टक मार्केट, पेन्सन फण्ड, करप्रणाली आदि सबै धमाधम टाठ पल्टिने अवस्था आउने छ, बचत तथा संचित रकमहरु पनि मुद्रास्फितिको शिकार भइ बेहाल हुने खतरा छ।

९) - यी यावत कारणहरुले गर्दा संसारभरी ब्यापक घोचिदै गरेको भ्याक्सिनले संसारको अर्थतन्त्र नै धराशायी पार्ने तर्फ विश्वलाइ घचेटीरहेको छ । तर यी विषयहरुमा सार्थक बहश तथा बौद्धिक छलफललाइ पूर्णतया निषेध गरीएको अवस्था छ, जुन माथि पनि उल्लेख गरी सकिएको छ ।

यी कारणहरुले गर्दा अहिले भ्याक्सिनको समर्थन गर्ने वा नगर्ने भन्ने निर्क्यौलमा पुग्ने कुरा एक किसिमले तपाइको बोद्धिक क्षमताको परिक्षण पनि हो, किन भने, तपाइले भ्याक्सिन बारे सहि जानकारी हासिल गरीसकेपछि 'म भ्याक्सिन लगाउँछु' भन्ने निर्णय गर्नको लागी तपाइ आफैंले आफ्नो खोपडीबाट बुद्धिको भाँडो झिकेर पहिला फाल्नुपर्ने हुन्छ । 

तैपनि विद्वान भनाउँदा, जानेबुझेको मान्छे को परिचय बोकेका अधिकांश पठित ब्यक्तित्त्वहरु 'भ्याक्सिन छिटो पाइए हुन्थ्यो' भन्ने मानसिकतामा रमेका छन् । यस्तो किन त? भन्दाखेरी, स्पष्टत: भ्याक्सिनको असर र खतराहरु बारे ती ब्यक्तित्त्वहरु यथेष्ट जानकार छैनन । ढाकछोप संजालको कुकर्म र परिक्षणकालीन प्रविधिको खतराहरुमा ठुलाठुला कम्पनीहरु, देशहरु, सरकारहरु र तिनका मतियारहरुको मिलेमतो कुन हदसम्म गहिरो छ भन्ने आँकलन तिनले गर्न सकेका छैनन । डा. बोष्क जस्ता सहि जानकारी दिन उद्दत सयौं हजारौं विज्ञ र बैज्ञानिकहरुका विचारहरु किन र कसरी दमन र निषेध गरीएको छ भन्ने तिनले बुझ्न सकेका छैनन ।

एक समय आउनेछ, प्रायोजित विज्ञान, झूठ र भुलभुलैयामा आधारित सिद्धान्तहरु प्रचार गर्ने कथित विज्ञहरु, सहि विज्ञानमाथि निर्मम हमला गर्ने आधिकारिकहरु - यी सबैको भण्डाफोर हुने छ। त्यो समयसम्ममा आज भ्याक्सिनको नाउँमा गलत तत्त्वहरु मानिसको शरिर शरिरमा घोचेर मृत्युरोपण गरीरहेकाहरु समेत अधिकांश आफ्नै कर्मको शिकार भइसक्ने छ, जसको नतिजाका केहि अंशहरु माथि पनि उल्लेख भइसकेको छ।

No comments:

Post a Comment