नेवा: स इन्टरनेट रेडियो

Tuesday, January 6, 2015

किन टुक्रिन्छ र यो देश ?

किन टुक्रिन्छ र यो देश ?
गौरी प्रधान
२०७१।९।२१

भन्नेहरु
हिजो पनि यसै भन्थ्ये
आन्दोलन नगर
देश टुक्रिने संभावना छ !
जब जब देशमा
परिवर्तनको कुरा आउँछ
तब तब देशमा
सत्ताका ठेकेदारहरु भन्छन्
राष्ट्रियता खतरामा छ !
देश टुक्रिने संभावना छ !
उनीहरु
सात सालतिर पनि यसै भन्थ्ये
सत्र सालतिर पनि यसै भन्थ्ये
त्यो कुरालाई चिर्दै
जब जनता अगाडि बढ्यो
छत्तिस सालको
जनमत संग्रहमा पनि यसै भन्थ्ये
छयालिस सालको
जन आन्दोलनमा पनि यसै भन्थ्ये
तर
राणाशासन ढल्दा पनि
यो देश टुक्रिएन
शाह शासन ढल्दा पनि
यो देश टुक्रिएन
अब संघियता र गणतन्त्र
संस्थागत गर्दा
जनतालाई सबल बनाउँदा
यो देश किन टुक्रिन्छ ?
कसैले चाहे पनि यो देश
न हामी टुक्रिन दिन्छौ
न हामी बिग्रन दिन्छौ ।


No comments:

Post a Comment