नेवा: स इन्टरनेट रेडियो

Monday, January 12, 2015

कथित राष्ट्रिय एकता दिवसको विरुद्ध आदिवासी जनजाति आन्दोलन नेपालको विरोध प्रदर्शन

कथित राष्ट्रिय एकता दिवसको विरुद्ध आदिवासी जनजाति आन्दोलन नेपालको विरोध प्रदर्शन

श्री कृष्ण महर्जन

पुष २७, काठमाडौं । आदिवासी जनजातिहरुले कथित राष्ट्रिय एकता दिवसको विरुद्ध राजधानीको मुटु बसन्तपुरमा एउटा विरोध सभाको आयोजना गरेका छन । सो विरोध सभाम हजारौं नेवाः जनसमुदाय लगायत आदिवासी जनजातिहरु सहभागी भएका थिए । नेपाल कै इतिहासमा पुष २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन पाइदैन भनी आदिवासी जनजातिहरु सडकमा उत्रेको यो पहिलो घटना हो । पृथ्वी नारायण शाहले कुनै कालखण्डमा आफनो गोरखा राज्य विस्तार गर्ने क्रममा गरेको भौगोलिक अतिक्रमणलाई नेपाल एकीकरण भन्दै भ्रम सृजना गर्ने काम राज्यसत्ताले गर्दै आएको र  आदिवासी जनजाति, मधेसी लगायत उत्पीडित समुदाय विरुद्ध इतिहासदेखि नै लागीपरेको सो सभाका वक्ताहरुले बताएका छन् । नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समितिको संयोजनमा भएको सो विरोध सभामा आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका अध्यक्ष पद्मरत्न तुलाधर, एकीकृत माओवादीका बर्षमान पुन, बैद्य माओवादीका देव गुरुङ, संघीय समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, जनजाति महासंघया पूर्व महासचिव आङकाजि शेर्पा लगायतया ब्यक्तिहरुले पृथ्वी नारायण शाहले नरसंहार गरी कथित एकीकरण गरेकै दिनदेखि उत्पीडित समुदायको भाषा लगायतका सम्पूर्ण अधिकार खोसिएको हुनाले सो कार्यलार्इ कुनै पनि हालतमा एकीकरण भन्न नसकिने र सो दिन पुष २७ गतेलाई कालो दिनको रुपमा मान्नु पर्ने, सम्पूर्ण उत्पीडित समुदायका समानता र मुक्तिका लागि अब पहिचान सहितको संघीयता ल्याउन आन्दोलन बाहेक अन्य विकल्प नभएको कुरा बताएका छन् ।

उता सार्वजनिक संचार माध्यमको रुपमा स्थापना हुने तरखरमा रहेको रेडियो नेपालले २९३ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस औं पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले काठमाडौंको भृकुटी मण्डपमा चियापान कार्यक्रमको आयोजना गरेको समाचार वाचन गरेका थिए । सोहि दिन साँझ ७ बजे प्रसारण गरेको समाचारमा प्रधानमन्त्री सुशील कोइराला, संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्वधानमन्त्रीहरु सुर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द तथा लोकेन्द्रबहादुर चन्द, कानूनमन्त्री नरहरि आचार्य, विभिन्न दलका नेता, नेपालस्थित विभिन्न देशका राजदूत, सर्वसाधारण लगायको सहभागिता रहेको भनी प्रसारण गरेका थिए । अझ थप पृथ्वी जयन्तीकै अवसरमा सिंहदरबारको मूख्यद्वारस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिएको र समारोहमा विभिन्न राजनीतिक दलका नेता, समाजसेवी, बुद्धिजिवी, कलाकार लगायतले शालिकमा माल्यार्पण गरेको समाचार वाचन भएको थियो । तर यस कथित एकता दिवसको विरुध्द आदिवासी जनजातिहरुले गरेको विरोध सभाको बारेमा भने न त आधुनिक नेपालको समावेशी आवाज दावी गर्ने रेडियो नेपालले समाचार प्रसारण गरे न त नेपाल कै ठूला हुँ भनी दावी गर्ने समाचार माध्यम र मिडिया हाउसहरुले दिए । 

यसरी एकतर्फिरुपमा भएको समाचार प्रवाहलाइ पहिचान सहितको संघीयताको पक्षधरहरुले अर्थपूर्ण रुपमा लिएका छन । उनीहरुले आदिवासी जनजातिहरुको समाचार अघोषित रुपमा बहिस्कार गरिएको यो अवस्थालाइ पहिलो संविधानसभाको अन्तिम समयमा आदिवासी जनजाति आन्दोलनको समाचार अघोषित रुपमा बहिस्कार गरिएको अवस्थासँग तुलना गरेका छन


Click the video link below to listen and watch Padma Ratna speaking to mass held to protest.

Video Source : www.nepalmandal.com 





Poet RajBhai Jakami reciting the poem "Kirti Laxmi"  on the legendary warrior queen of Kirtipur who fought bravely with Prithvi Narayan Shah




फोटोः आङकाजि शेर्पा र नृपेन्द्रलाल श्रेष्ठ
Photos of the function












No comments:

Post a Comment