नेवा: स इन्टरनेट रेडियो

Sunday, March 2, 2014

दिल शोभा बनौं

दिल शोभा बनौं

Matina Swalapau
आमाहरुको पनि आमा दिल शोभाको दिल दुखाउन दुस्साहास गर्नेहरुको दिल प्रकृयागत छानविन पछि अवश्य पनि दुख्नेछ र विश्वास लाग्छकि वहाँहरुले दिल शोभा दिदी सित क्षमा पनि माग्नु हुनेछ - जे नहुनु थियो भयो अब त्यसलाई समाचारमा बढि प्राथमिकता नदिई पित पत्रकारितालाई नियन्त्रण गर्ने तिर सरकारले पाइला चालेमा नेपाली समाजमा पुन: यस्तो घटना दोहरिन पाउँदैन थियो |

दिल शोभा दिदीको मिथ्या खवर प्रकरणले नेपाली जनमानसमा भुइंचालोनै गयो भने अधिकांसको दिल पनि दुख्यो - यस्तो अवस्थामा दिल शोभा दिदीको दिल त गर्ल्याम्म्नै ढल्यो र पत्रकार सम्मेलनमा आफ्नो मानहानी भयको गुनासो पनि पोख्नुभो - तर म त भन्छु वहांको मान अझ बढेको छ - चुल्लियको छ किन भने उहाँ सित सबुत प्रमाण छ - ६९तर वर्षिया आमा राधिका मानन्धर र उहाँको सेवामा आफ्नो दिलखुसी जान तयार भएकि धर्म कुमारी थापा |



ठुलाको कानुन सानाले मानुन. नेपालको कानुन दैवले जानुन

नेपाली शहरका "सडक" र "खाते" एक किसिमले पर्यायवाची शव्दहरु जस्तै भैसकेका छन भने हाम्रा शहर बजारहरुमा गरीब, बेसहारा, अपांगहरुको बिस्कुन नै लागेको छ भन्दा अत्युक्ति हुने छैन ! देशमा प्रजातन्त्र आएको वि.सं. २००७ साल लाइ मान्ने हो भने आज २०७० साल भइसक्यो तैपनि हिन्दु परिवारमा जन्मेका हिन्दु प्रविण बोहरा (सार्की)ले हिन्दु मन्दिरमा विहे गर्न नपाएको जस्ता खवरहरु आइरहेका छन | देशलाई निकास दिन्छु भन्ने नेताहरु त कति आय कति गय सबलाई कुर्सी मात्रै चाहियको रहेछ भन्ने कुराको पुष्टि हिजो पनि भयकै हो आज पनि सफा मौसमको घाममा टलक्क टल्कियको माछापुछरेको शिखर जस्तै छर्लंग देखिईनै रहेको छ | यस्तो माहौलमा बसेर समाजलाई सही दिशा तिर उन्मुख गराउन कति गाह्रो हुन्छ भन्ने कुरा त मनसा वाचा कर्मणाका नायक कर्तव्यनिष्ठ दृढ प्रहरी रमेश खरेलज्युलाई नै सोध्न उपयुक्त हुन्छ !

यहाँनेर दिल शोभा दिदीलाइ लागेको आरोपहरुले नेपाल सरकारकै धज्जी उडाईरहेको छ | अमरावती कान्तिपुरी नगरीको मुटुमा रहेका पार्क, बस पार्क, होटल, सडक जताततै यौन व्यवसायीहरुको चकचकी दिन दिनै बढदो छ - के प्रशासनले देखेको छैन? झरी वर्षात गर्मि चिसो जे पनि सहन बाध्य सडक बाल बालिकाको उध्द्वार भने गर्न नसक्ने तलब कुम्ल्यायर मानव अधिकार कर्मि भनि टोपल्नेहरुले खान बस्न दिइरहेकी एउटी उदाहरण बनेकी अबला महिलालाई न्युनतम स्तर नपुर्याएको भनेर लान्छना लाउनु कति उपयुक्त हुन्छ ? अझै पनि २५ % भन्दा बढि जनता अभावी रेखा (poverty line) भन्दा मुनि भयको देश नेपालको लाखौँ जनता दुई छाक पेटभरी खान पायको छैन भने मागेर चलाउनु पर्ने संस्था आमा घरले दुई छाक टन्न ख्वायर भयको लाउन दियर पढन लेख्न सम्मको व्यवस्था गर्दा सहयोग गर्नुको साटो सजायं दिन तम्सेका दिल नभएका दिल बहादुर र दिल कुमारीहरुलाई चांडो भन्दा चांडो सदबुध्दी आय राम्रो हुने थियो | शायद सतीको श्राप लागेको देश भयर होला एउटा जाबो अपुष्ट टेपको भरमा दिल शोभाको पवित्र दिललाई रुवाउन तल्लिन भय नेपाली पित पत्रकारहरुको जमात अनि घुस्याहा प्रशासनले बिना कुनै अनुसन्धाननै सघाय पापी नौटंकीहरुलाई |

पशुपतिको जात्रा सिद्राको व्यापार

निर्वाचन सकियो, एमाले र नेपाली कांग्रेसको बाझाबाझ पनि सकियो अब पत्रु पत्रकारहरुलाई उल्टो सुल्टो लेखेर पत्रिका बिकाउने केहि निहुँ नपाएको बेला बिचरा दिल शोभा दिदीलाई बलिको बोको बनाउने पाराले एउटा पत्रु पत्रिकाले समाचार संप्रेषण गरियो झिनो आधारमा र निष्कलंकितलाई कलंक लाउन खोजियो | यसै विच पक्ष विपक्ष दुवैको कलम युध्द पनि शुरु भयो र सिद्राको व्यापारको छनक देखियो नेपाली पत्रकार र पत्रकार भनाउँदो जगतमा | यसै सन्दर्भमा आफ्नो नाम अगाडी Dr.(?) थप्न सफल भयका एकजना महाशयले नेपालका दुई प्रतिष्ठित पत्रकारहर विजय कुमार र रविन्द्र मिश्र लाई निकै कुराहरु भन्न भ्याउनु भो र उहाको लेख पढदा अजबको नेपाल साँच्चै गजबको लाग्यो र सोच्न बाध्य भयं यस्तो छेउ न टुप्पोको लेख प्रकाशन गर्न सक्ने कस्तो पत्रकार ?

पत्रकार बाहेकका समुहले पनि यो प्रकरणको फाइदा उठाउन खोजेको देखियो - एउटा वेब साइतमा त एउटा समुहलाइनै दोषी देखाउन खोजियको पाइयो | आमातिरका मामाहरु हुन् वा बाबुतिरका काकाहरु हुन्, अमेरिकाका गोरेहरु हुन् वा अफ्रिकाका कालाहरू हुन्, दक्षिणका चुच्चे नाक भएकाहरु हुन् वा उत्तरका चिम्से आँखा भएकाहरु हुन् राम्रो नराम्रो जुन समाजमा पनि हुन्छन भन्ने कुरा भने महाशयले बुझ्नु भएनछ |

यसै सिलसिलामा गुण्डाहरुलाई तह लाउँदै ख्याती स्याबासी कमाउन सफल प्रहरी रमेश खरेल समेत लाई नाम कमाउन खोज्यो भन्ने कपोलकल्पित आरोप लगाउन खोजेको पनि देखियो - किन नेपाली समाजमा कसैले राम्रो गर्न खोज्यो भने कसैलाई टाउको दुख्छ हँ ? सक्छ भने आफुले पनि विजय कुमार, रविन्द्र मिश्र, रमेश खरेल अनि दिल शोभा भयर देखाउनु नि !

No comments:

Post a Comment