नेवा: स इन्टरनेट रेडियो

The Status of the radio is


Note: Please Click the play button to listen if the status is Live
Refresh the page if live and player is not responding.

Sunday, February 9, 2014

उहिलेको नेपालमा क्रिस्तान धर्म— इतिहासबाट टुक्राटाक्री

उहिलेको नेपालमा क्रिस्तान धर्म— इतिहासबाट टुक्राटाक्री  


डा. महेशराज पन्त 

गएको बुधवार अर्थात् पुस १० गते डिसेम्बर २५ तारीख परेको थियो । त्यो दिन क्रिस्मस किंवा दार्जीलिङको नेपाली भाषामा बडा दिन । यही अवसर पारेर उहिलेको नेपालमा क्रिस्तान धर्मको विषयमा यो लेख प्रस्तुत छ । सोह्रौँ शताब्दीको चौथो पाउमा केही वर्ष अगाडिपछाडि स्थापित क्याप्युचिन र जेज्युइट सम्प्रदायका पादरीमध्ये पहिले जेज्युइट र त्यसको केहीपछि क्याप्युचिन भोटमा क्रिस्तान धर्म फैलाउन पुगेका थिए ।

नेपालमा उनीहरूको खास आँखा नलागे पनि भोटमा गरिने धर्मप्रचारको आनुषङ्गिक काम नेपालमा पनि हुने गरेकोले धर्मप्रचारक केही पादरी नेपाललाई सानो भोट भनेर पनि चिनाउने गर्थे (लूछ्यानो पेतेकको तिब्बत र नेपालमा इटालियन धर्मप्रचारकहरूको सुरेन्द्र ढकालले गरेको नेपाली उल्था, २०६०, ८४ पृ.) । नेपाल पस्ने पहिलो पादरी जोआँओ काब्राल देखिन्छन् ।


पोर्तुगालका यी जेज्युइट पादरी वि.सं. १६८५ मा नेपाल आइपुग्दा यहाँका राजाले आपूmसँग राम्रो व्यवहार गरी आपूmलाई पटना पठाइदिएको कुरा उनले एउटा चिठीमा लेखेका छन् (इप्पोलितो देजिदेरिको यात्रावृत्तान्तको अङ्ग्रेजी उल्था यान् अकाउन्ट् अप्m टिबेट्को फिलिप्पो द फिलिप्पिको सम्पादनमा सी. वेस्सेल्सको इन्ट्रडक्शन्, ई.सं. १९३७, २२–२३ पृ.) । नेपालका राजा भनेर यहाँ कसलाई भनेको हो भन्ने कुरा स्पष्ट नभए पनि काठमाडौँ, पाटन वा भक्तपुरका राजामध्ये एकलाई भनेकोमा चाहिँ शङ्का छैन ।

त्यस वेला काठमाडौँमा लक्ष्मीनरसिंह मल्ल, ललितपुरमा उनका भाइ सिद्धिनरसिंह मल्ल र भक्तपुरमा जगज्ज्योतिर् मल्ल गद्दीमा हुनाले यी ३ मध्ये १ जनालाई यहाँ नेपालका राजा भनेको हुनुपर्छ । जेज्युइट पादरी जर्मनभाषी योहान ग्य्रूवर र फ्रेञ्च अल्बर्त द्’ओर्भिल वि.सं. १७१८ मा नेपाल आएका थिए । उनीहरूले काठमाडौँका राजा प्रताप मल्ललाई भेटेका थिए ।

प्रताप मल्ललाई योहान ग्य्रूवरले दूरबीन चढाए, त्यस वेला काठमाडौँ र भक्तपुरको बीचमा लडाइँ चलिरहेको थियो, योहान ग्य्रूवरले प्रताप मल्ललाई त्यस दूरबीनबाट भक्तपुरतर्पm हेर्न लगाउँदा नजीकै भक्तपुरका किल्ला देखेर प्रताप मल्ल अत्तालिए, शत्रुको किल्ला त्यति नजीकै छैन, दूरबीनबाट मात्र नजीकै देखिएको हो भन्ने कुरा उनले सम्झन सकेनन् भनी योहान ग्य्रूवरले भनेका कुरा अर्का पादरी आथानासिअस किर्चरले लिपिवद्ध गरेको वृत्तान्तमा छ (सिल्विं लेविको नेपाल— हिन्दू अधिराज्यको इतिहास १ खण्डको डिल्लीराज उप्रेतीको नेपाली उल्था, ई.सं. २००५, ५२–५४ पृ.) ।

प्रताप मल्लका, १४ लिपिमा कुँदिएको शिलापत्र हनूमान्ढोकादरबारको पटाङ्गिनीमा दरबारको मोहडाको भित्तामा राखिएको छ । उनको, त्यस्तै खालको अर्को शिलापत्र त्यहीँको, जगन्नाथदेवलको पूर्व ढोकाको तल्लो पेटीमा पनि कुँदिएको छ । अघिल्लो शिलापत्रमा ने.सं. ७७४ तदनुसार वि.सं. १७१० माघशुक्लपञ्चमीको दिन त्यस शिलापत्रको लेखाइ सम्पूर्ण भएको र पछिल्लो शिलापत्रमा चाहिँ त्यही दिन त्यो लेखाइ आरम्भ भएको कुरा छ ।

अघिल्लो शिलापत्रमा रोमन लिपिमा ब्ख्त्इःल्भ् ध्क्ष्ल्त्भ्च् ीज्क्ष्ख्भ्च्त् पनि लेखिएको छ । रोमन लिपिलाई फिरिङ्गि आखर भनी त्यहाँ चिनाइएको छ । ती दुवै शिलापत्रमा १४ थरीका अक्षर यहाँ छन् भनी लेखिए पनि अघिल्लो शिलापत्रको तल्लो भागमा १५ प्रकारको अक्षर यहाँ छन् भनी अर्को श्लोक बनाइएको छ र नेवारीमा जिमपेता आखर अर्थात् १४ प्रकारका अक्षर भनी लेखिएकोमा पे अक्षरलाई ङा बनाई जिमङाता अर्थात् १५ प्रकारका भनी संशोधन गरिएको छ । गन्दाखेरि पनि त्यहाँ अक्षर १४ थरी नभई १५ थरी नै हुन्छन् ।

यसैले ८ वर्षअघि तयार भएको शिलापत्रमा आपूmकहाँ वि.सं. १७१८ मा आएका पादरीहरूबाट नै प्रताप मल्लले फिरिङ्गी अक्षर अर्थात् रोमन लिपि पाई त्यस शिलापत्रमा थपेको हुनु धेरै सम्भव छ (काशीनाथ तमोट, नेपालमण्डल २ अङ्क, ने.सं. ११२७, ३–१४ पृ. र महेशराज पन्त, नयाँ ठ्यासपूm, पूर्णिमा १३८ अङ्क, २०६९, १५३–१५५ पृ.) । फिरिङ्गी अक्षरका यी शब्दलाई संशोधनपूर्वक यसरी पदच्छेद गरी ब्ग्त्इःल्भ् ध्क्ष्ल्त्भ्च् ीुज्क्ष्ख्भ्च् भनी अघिल्लो र पछिल्लो शब्द क्रमशः पे्रmञ्च भाषाका शरद् र हिउँद बुझाउने र बीचको चाहिँ जर्मन भाषाबाट र अङ्ग्रेजीबाट उही अर्थ लाग्ने, हिउँद बुझाउने शब्द भनी सिल्विं लेविले गरेको अर्थ (सिल्विं लेविको नेपाल— हिन्दू अधिराज्यको इतिहास २ खण्डको डिल्लीराज उप्रेतीको नेपाली उल्था, ई.सं. २००७, १७१ पृ.) यस प्रसंगमा सम्झन पुगिन्छ ।

भोटमा जेज्युइट र क्याप्युचिनहरूमा आपूmआपूmमै प्रतिस्पर्धा भएकोले क्रिस्तान धर्म फैलाउन उनीहरूले त्यति काम गर्न सकेनन् । उनीहरूले ≈लासामा व्यापार गरेर बसेका केही नेपाली बेपारीहरूलाई मात्र क्रिस्तान बनाउन सके भनी सिल्विं लेविले लेखेका छन् (१ खण्ड, ६४ पृ.) । पटनामा बसिरहेका क्याप्युचिन पादरी जोआचिम र भितोलाई आÏनो राज्यमा धर्मप्रचार गर्ने छुट दिई काठमाडौँका राजा जयप्रकाश मल्लले ने.सं. ८५७ तदनुसार वि.सं. १७९४ आश्विन महीनाको औँसीको दिन सनद लेखेर दिए ।

छापपत्र भनिएको त्यस सनदमा आÏनो राज्यमा कसैले पादरीहरूको चर्या अर्थात् धर्म अङ्गीकार गरेको खण्डमा उसलाई कसैले दुःख दिनु हुँदैन भनी लेखिएको छ (लूछ्यानो पेतेक, इल् नुओवो रामुसिओ २ ठेली, ई.सं. १९५३, २१७ पृ.) । भक्तपुर आई चनिगलमा बसिरहेका, २ जना क्याप्युचिन पादरी जोआचिम र भितोलाई भक्तपुरका राजा रणजित् मल्लले ने.सं. ८५८ तदनुसार वि.सं. १७९४ कार्तिकशुक्लसप्तमीको दिन पोप चौधौँ बेनेदेत्तोको नाउँमा लस्कोक्वाथको घर बेचेका थिए (लूछ्यानो पेतेक, उही, २१९–२२० पृ.) ।

यो बेचबिखन जयप्रकाश मल्लले धर्मप्रचार गर्ने छुट दिई यिनै पादरीहरूलाई सनद गरेर दिएको आठौँ दिनमा भएको कुरा स्मरणीय छ । वि.सं. १७६० मा नेपाल र भोटमा क्रिस्तान धर्मको प्रचार गर्न रोमबाट अनुमति पाए पनि अर्थ आदिको अभावले गर्दा त्यति संघठित ढङ्गले क्याप्युचिन पादरीहरूले काम गर्न सकेका थिएनन् । पादरी फ्रान्चेस्को ओराजिओले रोमका अधिकारीहरूलाई जोड लगाएकाले कास्सिआनो र अरू केही पादरीहरूसँग उनी वि.सं. १७९६ माघमा भक्तपुर आउन सके ।

आएको भोलिपल्टै हामीहरू राजा रणजित् मल्ललाई भेट्न गयौँ, राजाले हामीहरूलाई प्रेमपूर्वक अंगालो हाली आपूmसँगै बसाई १ घण्टाजति राखे, हामीले उनलाई केही कोसेली दियौँ भनी पादरी कास्सिआनोले आफ्नो डायरीमा लेखेका छन् (लूछ्यानो पेतेक, उही, २२ पृ. . सीग्फ्रीद लीन्हार्दद्वारा सम्पादित चेन्ज् यान्ड् कन्टिन्यूइटिः स्टड्इज् इन् द नेपालीज् कल्चर् अप्m द काठ्मान्डू भ्याल्इ, ई.सं. १९९६ मा प्रकाशित ईअन एल्सपको क्रिस्चन्ज् याट् द मल्ल कोर्ट्ः द क्याप्युचिन् पिक्कोलो लिब्रो, १२५ पृ.) ।

भक्तपुरमा आई बसेका पादरीहरूलाई सम्बोधन गरी राजा रणजित् मल्लले ने.सं. ८६१ तदनुसार वि.सं. १७९७ मार्गशुक्लएकादशीको दिन सनद लेखेर दिए । पादरीहरूले मेरो राज्यमा आÏनो इमान अर्थात् धर्म भित्र्याए भने तथा मेरा प्रजाले आÏनो खुशीले पादरीको इमान ग्रहण गरे भने मैले दुःख दिनु हुँदैन, पादरीहरूलाई कुनै नराम्रो व्यवहार हुनेछैन, अब उप्रान्त पादरीहरूले पनि मेरो देशमा कुनै अनहोनी काम गर्नु हुँदैन, बलात्कार अर्थात् जोरजबरजस्ती गर्नु हुँदैन भनी त्यस सनदमा लेखिएको थियो (लूछ्यानो पेतेक, उही, २२२–२२३ पृ.) ।

पादरीको नाउँमा काठमाडौँका राजा जयप्रकाश मल्लले ने.सं. ८६२ तदनुसार वि.सं. १७९८ मार्गशुक्लदशमीको दिन वटुटोल तालसिथलीमा बगैँचासहितको एउटा घर बकस दिएका थिए (लूछ्यानो पेतेक, उही, २२३–२२५ पृ.) । रणजित् मल्लले पोप चौधौँ बेनेदेत्तोको नाउँमा घर दिएकोले र धर्मप्रचार गर्ने छुट दिई पादरीहरूलाई सनद गरिदिएकोले खुशी भएका ती पोपले रणजित् मल्ललाई ई.सं. १७४२ मे १ तारीखको दिन चिठी लेखे (फुल्जेनतिउस भान्नानि, क्रिस्चन् सेटल्मेन्ट्स् इन् नेपाल् ड्यूर्इङ् दि एटिन्थ् सेन्चुरि, १९७७, ५३–५४ पृ.) ।

यो मिति विक्रमसंवत्अनुसार १७९९ को वैशाखको अन्त्यतिर पर्छ । क्रिस्तान धर्मको महिमा गाइएको यस चिठीमा राजा रणजित् मल्ल आपैmँले क्रिस्तान धर्म ग्रहण गरी आफ्ना प्रजाको अगाडि दृष्टान्त राख्ने सल्लाह दिइएको छ । राजाले पादरीहरूलाई लेखेर दिएको सनदअनुसार उनीहरूलाई आफ्नो राज्यभर धर्मप्रचार गर्न दिने र त्यहाँका प्रजाले क्रिस्तान धर्म ग्रहण गर्दा कुनै विघ्नबाधा नपारिनेमा आपूm विश्वस्त भएको कुरा पनि त्यस चिठीमा छ । यो चिठी पाएपछि ने.सं. ८६४ तदनुसार वि.सं. १७९९ भाद्रशुक्लप्रतिपदाको दिन रणजित् मल्लले जवाफ लेखे (लूछ्यानो पेतेक, उही, २२६–२२७ पृ.) ।

क्रिस्तान धर्म ग्रहण गर्ने स्थितिमा आपूm नभएको कुरा रणजित् मल्लले त्यस चिठीमा स्पष्ट पारेका छन् । प्रजाको हकमा चाहिँ आपूmले केही भन्न नसके पनि क्रिस्तान धर्मतर्पm उनीहरूको झुकाव भएको खण्डमा मात्र पादरीहरूले उनीहरूलाई त्यो धर्म ग्रहण गराउनू भनी आपूmले पादरीहरूलाई भनिसकेको कुरा त्यस चिठीमा लेखिएको छ । आÏनो राज्यभर पादरीहरूले आÏनो धर्म प्रचार गर्न पाउने र जोसुकैले पनि आÏनो इच्छा भयो भने त्यो धर्म ग्रहण गर्न सक्ने र यस विषयमा आपूmले दिएको वचन नतोडिने कुरा पनि त्यस चिठीमा जोड दिएर लेखिएको छ ।

पादरीहरूलाई आपूmले छापपत्र भन्ने सनद गरेर दिएको झण्डै साढे ६ वर्षपछि ने.सं. ८६४ तदनुसार वि.सं. १८०० चैत्रकृष्णतृतीयाको दिन जयप्रकाश मल्लले उनीहरूलाई भाखापत्र नाउँको अर्को सनद गरिदिए (लूछ्यानो पेतेक, उही, २२८ पृ.) । माथि चर्चा गरिएको, ने.सं. ८६१ मार्गशुक्लएकादशीको दिन रणजित् मल्लले गरिदिएको सनदको र जयप्रकाश मल्लको यस सनदको भाषा र बेहोरा झण्डै झण्डै उस्तै भएको कुरा यस प्रसंगमा भन्नुपर्छ ।

दाजु जयप्रकाश मल्लले पादरीहरूलाई काठमाडौँमा घर बकस दिए जस्तै गरी ललितपुरका राजा राज्यप्रकाश मल्लले पनि ने.सं. ८७४ तदनुसार वि.सं. १८११ चैत्रकृष्णषष्ठीको दिन पादरीहरूलाई तानीग्लटोलमा एउटा घर बकस दिएका थिए (लूछ्यानो पेतेक, उही, २२९–२३० पृ.) । यी पादरीहरूलाई ३ शहरका राजाहरूले घर दिँदा भक्तपुरको लिखतमा चलेको मोलअनुसार चढाएको रकम लिएर बिक्री गरिएको तथा काठमाडौँ र ललितपुरका राजाहरूका लिखतमा चाहिँ बक्सीस दिएको भनी लेखिएको र भक्तपुरको लिखत ताडपत्रमा र काठमाडौँ र ललितपुरको चाहिँ ताम्रपत्रमा भएको कुरा यस प्रसंगमा भन्नुपर्छ । पादरीहरूलाई भित्र्याउन खालि नेपालखाल्डोका मल्ल राजाहरू मात्र उत्सुक नभई नेपालका अरू पहाडिया राजाहरू पनि उत्सुक भएको प्रमाण पाइएको छ ।

उदाहरणको लागि तनहुँका राजा त्रिविक्रम सेनले वि.सं. १८१२ माघशुक्लचतुर्दशीको दिन पोप चौधौँ बेनेदेत्तोलाई बडासाहेब र बडागुरु भन्ने विशेषणले संबोधन गरी लेखेकोे चिठी अघि सार्न सकिन्छ (लूछ्यानो पेतेक, उही, २३१–२३२ पृ.) । आÏनो राज्यमा २ जना पादरी स्थायी रूपले राखिदिने आग्रह त्रिविक्रम सेनले पादरी त्राङ्क्लोसँग गर्दा पादरीहरू यहाँतिर ठेगानाठेगानामा बसेकाले बढी छैनन्, त्यसैले पोपलाई नै यस विषयमा चिठी पठाउनू भनी त्राङ्क्लोले भनेकाले त्रिविक्रम सेनले पोपलाई चिठी लेखेका थिए ।

आफुकहि लेख्याको छ जसो गरि कहि सर्वत्र धर्म चलायाको छ तसै गरि इहा पनि धर्म चलावनुहोला भनी त्यस चिठीमा लेखिएको उल्लेखनीय छ । कास्की र पाल्पाका राजाहरूले पनि यसै गरी आआÏना राज्यमा पादरी राख्ने इच्छा प्रकट गरेका थिए (लूछ्यानो पेतेकको पुस्तकको सुरेन्द्र ढकालले गरेको नेपाली उल्था, ८१ पृ.) । अरूको त के कुरा, पृथ्वीनारायण शाहले सुद्धा पनि आÏनो राज्यमा एक दुइ जना पादरी राखिदिने आग्रह वि.सं. १८०७ तिर गरेका थिए (फुल्जेन्तिउस भान्नानि, उही, ६६ पृ.) ।

नेपालमा क्रिस्तान धर्म पैmलाउन आएका पादरीहरूले नेवारी भाषामा लेखेका, क्रिस्तान धर्मसम्बन्धी केही पुस्तक भेट्टिएका छन् (लूछ्यानो पेतेकको पुस्तकको सुरेन्द्र ढकालले गरेको नेपाली उल्था, १२२–१२३ पृ.; ईअन एल्सपको लेख, १२३–१२५ पृ.) । यस प्रसंगमा सत्यसाक्षी परमेश्वरया महिमा भन्ने पुस्तकको केही चर्चा गर्नुपरेको छ । वि.सं. १७९४ मा जयप्रकाश मल्लबाट धर्म प्रचार गर्न छुट दिइएको सनद र त्यसको लगत्तैजसो रणजित् मल्लबाट घर पाएका पादरी भितोले भक्तपुरमा अड्डा जमाएका अरू पादरीहरूसँग मिलेर ब्रा≈मण बालगोविन्दको सहयोगमा लेख्न थालेको त्यो पुस्तक वि.सं. १७९७ को चैतमा तयार भएपछि त्यसलाई तत्कालैजसो राजा रणजित् मल्ललाई चढाइने भएको थियो ।

तर दरबारका प्रभावशाली पण्डित काशीनाथले त्यो पुस्तक राजालाई चढाउनुभन्दा अगाडि राम्ररी पढ्नुपर्छ भनी भनेकाले चढाउने काम स्थगित भयो । केहीपछि काशीनाथले त्यस पुस्तकको विषयवस्तुको सारांश राजालाई सभामा चढाउँदा सभामा उपस्थित सबैजसोले त्यसको लेखाइको विरोध गरे । पछि ब्रा≈मण बालगोविन्दको सल्लाहमा चित्र इत्यादि थपेर पादरीहरूले त्यस पुस्तकको अर्को संस्करण जस्तो तयार गरे ।

खुद राजा रणजित् मल्ल पादरीपट्टि अलि ढल्केकाले काशीनाथको केही लागेन र केही महीनापछि भारी सभाको आयोजन गरी त्यो पुस्तक राजालाई चढाइयो (ईअन एल्सपको लेख, १२८ र १३१–१३४ पृ.) । धेरै समय यतादेखि पादरीहरूसँग मिली काम गर्दै आएका यी बालगोविन्द ब्रा≈मणको विषयमा यस प्रसंगमा अर्को एउटा कुरा पनि भन्नु राम्रो होला । वि.सं. १८०२ मा भोटबाट पादरीहरू धपाइँदा नेपाल फर्केका पादरीमध्ये एक फ्रान्चेस्को ओराजिओ नेपाल आइपुगेको ४५ दिनपछि ६५ वर्षको उमेरमा ने.सं. ८५६ तदनुसार वि.सं. १८०२ आषाढकृष्णषष्ठीको दिन उनी पाटनमा बितेपछि उनको शव पाटन शहरको उत्तरपट्टि पर्खालबाहिर रहेको चिहानमा गाडिँदा त्यहाँ ल्याटिन र नेवारी भाषामा लेखिएको शिलापत्र पनि राखिएको थियो ।

नेवारी भाषाको त्यो लेख यिनै बालगोविन्दले तयार गरेको कुरा त्यही शिलापत्रमा लेखिएको छ (सिल्विं लेविको उही ग्रन्थ १ खण्डको डिल्लीराज उप्रेतीको नेपाली उल्था, १ खण्ड, ६७–६९ पृ.) । क्रिस्तान धर्मदर्शनमा आस्था भएर होइन कि व्यावहारिक कारणले गर्दा नेपालखाल्डोमा राजधानी हुने राजाहरूले र त्यसभन्दा पश्चिमतिरका केही राजाहरूले पादरीहरूलाई आआÏना देशमा भित्र्याएको वा भित्र्याउन खोजेको हो कि जस्तो मलाई लाग्छ ।

मुख्य कारण त आÏनो धर्मदर्शनको राम्रो ज्ञान नहुँदा नानाथरी यन्त्रविद्यामा निपुण पाश्चात्त्यहरूको प्रभावमा हाम्रो यतातिरका मानिस पर्नु हो । अर्को कारणचाहिँ हाम्रो यतातिर आयुर्वेदको ह्रास हुँदै गएको र त्यस विद्यामा नयाँ ज्ञानको प्रवेश नभएकोले पाश्चात्त्यहरूका ओखतीमूलोमा खास गरी धेरै नै लुप्त भइसकेको, अष्टाङ्ग आयुर्वेदको १ अङ्ग शल्यविद्या अर्थात् चिरफारमा पाश्चात्त्यहरू निपुण भएकाले र पादरीहरू पनि ओखतीमूलो गर्दै हिँड्ने भएकाले पनि हाम्रा यतातिरका राजादेखि रङ्कसम्म पादरीतर्पm आकृष्ट हुनु हो ।

रणजित् मल्लले पोपलाई लेखेको चिठीमा थना भीङ वैद्य मदु. अमकनया भीङ वैद्य छ≈म भीङ कारिगद छ≈म थना छोयाव हयमाल अर्थात् यहाँ राम्रो वैद्य छैन, त्यहाँको एक जना राम्रो वैद्य र एक जना राम्रो कालिगड यहाँ पठाइदिनुप¥यो भन्ने वाक्यबाट पनि हामीले माथि दिएको कारणको पुष्टि हुन्छ । तेस्रो कारणचाहिँ युरोपका विलासी सामानमा हाम्रो यतातिरका धनीमानी बिस्तारै अभ्यस्त हुनु र पादरीहरूमार्पmत युरोपियन बेपारीहरूसँग संबन्ध बढाउन सजिलो हुनु हो ।

यसैले गर्दा फ्रेञ्च, अङ्ग्रेज र डच बेपारीहरू यहाँ बेपार गर्न आउँदा उनीहरूसँग धेरै दस्तुर नलिने र उनीहरूलाई दुःख नदिने कुरा पनि जयप्रकाश मल्लले पादरीहरूलाई लेखेर दिएको छापपत्रमा उल्लेख गरेका हुन् ।

Source : http://www.rajdhani.com.np/en/2012-06-26-14-07-48/20323-------

No comments:

Post a Comment