नेवा: स इन्टरनेट रेडियो

Friday, November 15, 2013

नेवाः पुचःको आयोजनमा भएको नेपाल संम्वत ११३४ नयाँ वर्ष एवम नेवाः परिकार पर्व कार्यक्रमको विवरण


नेवाः पुचःको आयोजनमा भएको नेपाल संम्वत ११३४ नयाँ वर्ष एवम नेवाः परिकार पर्व कार्यक्रमको विवरण
 (Text and Photo courtsey by Pramod Shrestha)




सन २००२ मा स्थापना भएको “ईमेरेट्स नेवा पुच:” ले लामो समयको मौनता पछि दुबईमा नेपालको मौलिक सम्बत, राष्ट्रिय सम्बत नेपाल संवत ११३४ का उपलक्ष्यमा गत शुक्रबार ०८-११-२०१३ का दिन दुबईको जबिल पार्कमा शुभकामना आदानप्रदान गर्दै नेवाः लप्ते झ्व: भ्वय को आयोजना गरी मनाएको छ । शुभकामना आदान–प्रदान गर्ने र सो क्षेत्रमा रहेका नेपाली बिचमा भातृत्व विकास गर्ने उद्देश्यले आयोजित यो पहिलो कार्यक्रमको संयोजन तथा ब्यबस्थापन ईमिरेट्स नेवाः पुचःका वर्तमान अध्यक्ष श्री प्रमोद श्रेष्ठले गर्नुभएको थियो । 


यसै क्रममा नेवाः पुचः को २००७ विधान अनुसार सर्वसम्मतिबाट गत वर्ष देखि कार्यरत कार्यवाहक अध्यक्षको लाई नै नयाँ कार्यकारी समितिको अध्यक्षमा छनोट गरिएको थियो भने आयोजक ईमिरेट्स नेवाः पुचः का थकाली (जेष्ठ) नेवाः सल्लाहकार डा. इन्जिनियर श्री सुरेन्द्र प्रसाद श्रेष्ठले पानसमा दियो बाली समुदघाटन गर्नु हुँदै नेपाल संवत नेवारहरूको मात्र नभई सम्पूर्ण नेपालीको मौलिक तथा राष्ट्रिय पर्व भएको स्मरण गराउँदै एकताबद्ध भएर शुभकामना आदान–प्रदान गर्नुपर्ने धारणा प्रकट गर्नुभएको थियो । यसै क्रममा २००२ देखि यस पुचःमा योगदान गर्नु हुने उपस्थित सम्पूर्ण सदस्यहरूलाई सम्मान गरिएको थियो । २०११ का पूर्व अध्यक्ष श्री आर. सी. डंगोलले यो संस्थाको ईतिहासको बारेमा प्रकाश पार्नु भएको थियो। विभिन्न जातिय संस्थाहरुको प्रतिनिधित्व रहेको यस कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ यूएईका अध्यक्ष श्री डेर राज गुरुङले शुभकामना मन्तव्य दिनु भएको थियो । नेवा लप्ते झ्व:भ्वय मुख्य आकर्षण रहेको यस कार्यक्रममा सो क्षेत्रमा रहेका १०० जना भन्दा बढी नेपालीहरुको उपस्थिति थियो । खेँयसगं, ह्यांगु कोखाको नेवाः संस्कृतिका साथमा आलुछ्वं, पाऊँचा, सिसाफुसा परिकार देख्दा सबै धेरै खुशी देखिएको थियो। नेवाः परिकार तयार गर्नु हुने श्रीमति निरु श्रेष्ठ र श्रीमति विणा मानन्धर हुनु भएको बुझिएको छ । नेवाः पहिरनमा आउनु हुने वहिनीहरु उन्नति बज्राचार्य र राशी बज्राचार्य आकर्षणको केन्द्र रहेको पनि उल्लेखनिय थियो । श्रीमान श्रीमति खेलले पनि उच्चतम मनोरञ्जन प्रदान गरेको थियो । कार्यक्रमको संचालन श्री सुरथ प्रधानले गर्नु भएको थियो ।


सर्वसम्मतिमा नेवाः पुचः, यू. ए. ई. को नयाँ कार्य समिति गठन भएको छ । 
अध्यक्ष : प्रमोद श्रेष्ठ 
उपाध्यक्ष : प्रथम बज्राचार्य 
महासचिव : सुरथ प्रधान 
सचिव : देव डंगोल 
सल्लाहकार : आर. सी. डंगोल 
प्रज्वल श्रेष्ठ 
भुवन नकर्मी 
संञ्जय कुमार महर्जन 
डा. ई. सुरेन्द्र प्रसाद श्रेष्ठ 
साँस्कृतिक समिति संयोजक : लक्ष्मण श्रेष्ठ 
संचार तथा सूचना समिति संयोजक : डा. ई. सुरेन्द्र प्रसाद श्रेष्ठ




No comments:

Post a Comment