Tuesday, April 30, 2013

लिम्बू भाषामा शिक्षा : अनुभव र सिकाई

लिम्बू भाषामा शिक्षा : अनुभव र सिकाई

Sirjana Subba
 
कुरा सन् २००१ को हो । किरात याक्थुङ चुम्लुङको जनवकालत कार्यक्रम अन्र्तगत उच्च शिक्षामा लिम्बू भाषा पठन पाठन गर्नको लागि त्रिभूवन विश्वविद्यालय (त्रिवि) संग पैरवी गर्ने जर्मको हामीले ग¥यौ । त्यो काम गर्न अघि हामीले केहि पूर्व तयारी गर्नुपर्ने थियो । त्यो पूर्व तयारीको काम नै मेरो लागि सबैभन्दा ठूलो सिकाई भएको छ । यो सिकाईलाई अन्य मातृभाषी समुदाय जो उच्च शिक्षामा आफ्नो भाषालाई पढाउन चाहन्छन् उनीहरुको लागि पनि अत्यन्त लाभदायक हुन्छ भन्ने मेरो आशा छ । यस लेखमा मैले उच्च शिक्षामा लिम्बू भाषाको पाठ्यक्रम बनाउने क्रममा गरेको अनुभव र सिकाइलाई प्रस्तुत गरेको छु ।

लिम्बू भाषाको स्थिति र आवश्यकता पहिचान
नेपालमा धेरै भाषाहरु छन्, करीब १२५ भाषाहरु बोलिन्छन् । ती भाषाहरु मध्ये थोरै भाषाहरु मात्र लेख्य परम्परामा ढलीसकेका छन्, केही ढल्ने क्रममा छन् र धेरै भाषाहरु अझै पनि आख्यान परम्परामा मात्र सिमित छन् । सिमित लेख्य परम्परामा कदम चालेका भाषाहरु मध्ये लिम्बू भाषा पनि एक हो । निकै वर्षदेखि निरन्तर रुपमा प्राथमिक तहमा लिम्बू भाषाको पढाइ भइरहेको र सिक्किममा स्नातक तहसम्म लिम्बू भाषाको पठनपाठन भइरहेको अवस्था थियो । त्यसैगरी लिम्बू भाषामा अनौपचारीक शिक्षा पनि विभिन्न ठाउँहरुमा चलिरहेको र त्यसको लागि पनि पुस्तकहरु प्रकाशन भएको । तान्छोप्पा, थोक्ला, सेहोनाम्लाङ, लुङ्गा, लम्, पान्थरु, फक्ताङलुङ जस्ता पत्रपत्रिकाहरु लिम्बू भाषामा निस्किरहेका थिए । इमानसिंह चेम्जोङ, वैरागी काइला, पि.एस. मुरिङला, रणध्वज श्रेङ चोङबाङ, वि.वि. सुब्बा जस्ता व्यक्तिहरुका पुस्तक बजारमा आइसकेका थिए । बेला बेलामा लिम्बू भाषामा एकाध उपन्यासहरु पनि प्रकाशनमा भइरहेको थियो । लिम्बू भाषामा चलचित्रहरु पनि बनिरहेका थिए र गीति क्यासेटहरु त टन्नै निस्किरहेका थिए । लिम्बू भाषको शब्दकोश पनि प्रकाशन भइसकेको थियो । यहि परिपेक्षलाई हेर्दा हामीलाई लिम्बू भाषा साहित्य धनी फस्टाएको छ भन्ने लागेको थियो । बेलाबेला भाषणहरुमा मातृभाषाको भाषा साहित्यमा नेपाल भाषा पछि लिम्बू भाषा आउछ भन्ने सुनेका पनि थियौ अग्रजहरुबाट । 

लिम्बू समुदायका अगुवाहरुसंग बसेर जनवकालतका कार्यक्रमहरु तय गर्न बस्यौ । अगुवाहरुले पनि लिम्बू भाषा–साहित्यमा हाम्रो समुदायले राम्रो गरिरहेको र लिम्बू भाषालाई सधै प्राथमिक शिक्षामा मात्र सिमित गर्न नहुने विचार आयो । अग्रजहरुले यसलाई माथिल्लो तहमा लैजानु पर्ने र लिम्बू भाषाको विकासको लागि हामीले लिम्बू भाषालाई उच्च शिक्षामा लैजानै पर्छ भन्ने धारणा राख्नुभयो । यही कुरालाई मध्य नजर राख्दै हामीले प्रविणता प्रमाणपत्र तहमा लिम्बू भाषा पढाउनको लागि त्रिविसंग पहल गर्ने निर्णय ग¥यौ । 

प्रविणता प्रमाणपत्र तहमा लिम्बू भाषा पठनपाठनको लागि पहल 
लिम्बू भाषालाई उच्च शिक्षामा पढाउन आवश्यक छ भन्ने ठहर भइसकेपछि त्यसको कार्यान्वयनका कदमहरु चालियो । किरात याक्थुङ चुम्लुङका तत्कालिन महासचिव अर्जुन लिम्बू लगायत अन्य पदाधिकारीहरु तथा लिम्बू अगुवाहरु त्रिविको सम्बन्धीत कार्यालयका पदाधिकारीहरुसंग लिम्बू भाषको पठनपाठन बारे कुराकानी गर्नुभयो । यसका साथै त्रिविका प्राध्यापकहरुसंग पनि लिम्बू भाषामा पठनपाठन बारे कुराकानी भए । यति भइसकेपछि हामीले चरणबद्ध ढंगबाट काम गर्नुपर्ने कुराको सूची तयार भयो । पहिलो प्रविणता प्रमाणपत्र तहमा पढाइने लिम्बू भाषाको पाठ्यक्रम (कोर्स अफ स्टडी), दोस्रो कक्षा संचालन गर्न सकिने संभावित क्याम्पसहरुको सूची र तेस्रो प्रविणता प्रमाणपत्र तहमा लिम्बू भाषा पढाउनको लागि त्रिविमा प्रस्ताव पेश गर्ने । 

लिम्बू भाषामा प्रविणता प्रमाणपत्र तहको पाठ्यक्रम तयार गर्ने र अन्य कामहरु
पाठ्यक्रम बनाउने काम हाम्रो लागि सबैभन्दा ठूलो चुनौति भयो । यो कामको लागि चुम्लुङले नेपाल भाषको प्राध्यापक डा. सुन्दरकृष्ण जोशीको सहयोग लिने भयो । त्यसमा काम गर्न विभिन्न क्याम्पसहरुमा काम गरिरहनुभएका लिम्बू प्राध्यापकहरु समावेश हुनुभयो । चुम्लुङका महासचिव अर्जुन लिम्बू आफै पनि त्रि–चन्द्र क्याम्पसका प्राध्यापक हुनुहुन्थ्यो । मेरो काम चाहि उहाँहरुलाई आवश्यक सेवा प्रदान गर्नु र त्यस कामको डकुमेन्ट गर्नु थियो ।

पाठ्यक्रम बनाउन त्यति सजिलो रहेनछ भन्ने कुराको ज्ञान काम गर्दै जान्दा भयो । यो सुन्दा जति सजिलो थियो, गर्नु त्यत्ति नै गाह्रो । प्राध्यापक डा. सुन्दरकृष्ण जोशीले नेपाल भाषाको पठ्यक्रम तयार गरीसक्नु भएको कारण हामीलाई धेरै सजिलो भयो । उहाँको मार्गदर्शन हाम्रो लागि अत्यन्त महत्वपूर्ण रह्यो । त्यत्ति मात्र नभएर उहाँको छवीको कारण त्रिविले हामीले बनाएको पाठ्यक्रमलाई स्वीकार हुने बलियो आधार पनि बनिरहेको थियो ।

पाठ्यक्रम बनाउने क्रममा प्राध्यापक जोशीले तपाईहरुको व्याकरण स्थिति के छ भनी सोध्नुभयो, हामीले लिम्बू भाषाको व्याकरण बनिसकेको छ । ईमान सिं चेम्जोङ र सिक्किमका वि.वि. मुरिङलाले व्याकरण लेख्नुभएको छ भन्यौ । हामीलाई पाठ्यक्रममा कथा चाहिन्छ, त्यसको अवस्था के छ भन्नुभयो । त्यसमा हामीले सिक्किममा स्नातक तहसम्म लिम्बू भाषामा पढाइ हुन्छ त्यहाँ प्रयोग गरिएको कथा संग्रह नै यहाँ प्रयोग गर्न सक्छौ भन्यौ । प्राध्यापक जोशीले हुन्छ भनेर पाठ्याक्रममा त्यहि राखिदिनुभयो । उहाँले यो त प्रमाणपत्र तहको कोर्स हो यसमा हामीलाई उपन्यास पनि चाहिन्छ, उपन्यासमा के छ भन्नुभयो । हामीले पि.एस. सुब्बाले लेख्नुभएको थक्थाक्मा छ भन्यौ । उपन्यासमा समस्या भएन । निबन्धमा के छ भनी सोध्नुभयो, हामीलाई अप्ठ्यारो प¥यो । हामीसंग स्तरीय निबन्ध खासै नभएको पायौ । त्यसपछि अर्जुन लिम्बूले बालकृष्ण माबुहाङलाई एउटा निबन्ध लेखाउने सर्तमा बालकृष्ण माबुहाङको निबन्ध पाठ्यक्रममा राख्ने निर्णय ग¥यौ । त्यसैगरी समालोचना, गद्य, पद्य, आदिका कुराहरु आए, ती सबै हामीले सिक्किमको पाठ्यक्रमबाट साभार गर्ने भन्यौ । अब कुरो आयो महाकाव्य र खण्डकाव्यको । लिम्बू भाषामा त्यस्तो महाकाव्य वा खण्डकाव्य भन्ने रचना नै छैन भन्ने कुरा आयो । छलफल गरी यो नराख्दा के हुन्छ भनी प्राध्यापक जोशीलाई सोध्यौ । यो भाषाको पाठ्यक्रम हो, यो हुनै पर्छ भएन भने पाठ्यक्रम पूर्ण हुँदैन र त्रिविले त्यस्तो पाठ्यक्रमलाई मान्यता दिदैन भन्नुभयो । त्यस पछि उहाँले महाकाव्य नै नभए पनि महाकाव्य हुन लायक त्यस्तो कुनै रचना छैन भनी सोध्नुभयो । हामीले बैरागी काईलाले संकलन गरी लेख्नुभएको मुन्धुमहरु छन् भन्यौ । उहाँले त्यसैलाई महाकाव्यको रुपमा पाठ्यक्रममा राखिदिनुभयो । उहाँले शब्दकोशको स्थितिको बारेमा सोध्नुभयो । हामीले लिम्बू–नेपाली–अंग्रेजी शब्दकोश छ भन्यौ । उहाँले अहिलेलाई यो ठिकै छ तर नेपाली–लिम्बू र अंग्रेजी–लिम्बू भाषामा शब्दकोश हुन जरुरी छ भन्नुभयो । लिम्बू भाषाबाट अन्य भाषामा मात्र शब्दकोश भएर नहुने रहेछ, अर्को भाषाबाट आफ्नो भाषामा पनि त शब्दकोश चाहिन्छ भन्ने आभास हामीलाई भयो । यसरी हामीले धेरै सिक्किमबाट सापट लिएर, केहि नेपालबाटै निश्किएका र केहि नयाँ बनाउने सर्तमा पाठ्यक्रम तयार पा¥यौ । 

पाठ्यक्रम तयार गरीसकेपछि लिम्बू भाषा कक्षा संचालन गर्न क्याम्पस छनौट गर्ने काम ग¥यौ । यो काम पनि सुन्नमा जति सजिलो थियो, गर्नमा झन् गाह्रो । यस विषयमा प्रवेश गर्न अघि डा. चुन्दा बज्राचार्यलाई नेपाल भाषा कक्षा संचालनमा आइपरेका चुनौति बारे आफ्नो अनुभव सुनाउन अनुरोध ग¥यौ । उहाँको अनुभवले हामीलाई लिम्बू भाषा कक्षा संचालन गर्दा आउनसक्ने चुनौतिहरुको सामना गर्न रणनीति तयार गर्न मद्दत ग¥यो । उहाँले मातृभाषा कक्षाको मुख्य चुनौति नै विद्यार्थीहरुलाई यस प्रति आकर्षण गर्न रहेको बताउनुभयो । उहाँको कुरालाई ध्यानमा राखेर क्याम्पस छान्ने काम हामीले ग¥यौ । लिम्बूवान क्षेत्रमा लिम्बू भाषा लिम्बू समुदायले मात्र नभइ अन्य समुदायले समेत बोल्ने ठाँउ पान्थर भएको कारण पान्थरको क्याम्पसमा प्रारम्भिक रुपमा लिम्बू भाषामा प्रविणता प्रमाणपत्रको कक्षा संचालन गर्ने निधो ग¥यौ । अनि बिस्तारै अन्य जिल्लामा कक्षा संचालन गर्ने निधो ग क्याम्पस छान्ने काम हामीले ग¥यौ । लिम्बूवान क्षेत्रमा लिम्बू भाषा लिम्बू समुदायले मात्र नभइ अन्य समुदायले समेत बोल्ने ठाँउ पान्थर भएको कारण पान्थरको क्याम्पसमा प्रारम्भिक रुपमा लिम्बू भाषामा प्रविणता प्रमाणपत्रको कक्षा संचालन गर्ने निधो ग¥यौ । अनि बिस्तारै अन्य जिल्लामा कक्षा संचालन गर्ने निधो ग¥यौ । काठमाण्डौं उपत्यकामा लिम्बू भाषा संस्कृतिको उत्थान गर्नुपर्छ भन्ने जमातको उपस्थिति भएको कारण अर्को एउटा कक्षा पाटन क्याम्पसमा गर्ने निष्कर्ष निकाल्यौ । पाटन क्याम्पसमा लिम्बू विद्यार्थीहरुको संख्या धेरै भएको कारण यहि बाट शुरु गर्ने सुझाव आयो । यसरी दुई क्याम्पसहरु प्रारम्भिक कक्षाका लागि छनौट भए । 

पाठ्यक्रम र क्याम्पसको छनौट गरिसकेपछि त्रिविमा गएर प्रविणता प्रमाणपत्र तहमा लिम्बू भाषा पढाउनको लागि निवेदन पेश गरियो । निवेदन बिना विवाद स्वीकार भयो । किरात याक्थुङ चुम्लुङको यो पहलकदमी सफल भयो । हाम्रो खुशीको सिमा रहेन ।

तुहिएको सपना
हामी अब लिम्बू भाषामा प्रविणता प्रमाणपत्र तहमा लिम्बू भाषामा कक्षा संचालन हुन्छ भन्ने कुरामा निश्चित थियौ । त्यसको लागि पाठ्य सामग्रीहरु बनाउने काम एकातिर भइरहेको थियो भने अर्कोतिर भाषा कक्षा संचालन गर्ने बारे प्रचार प्रसार र विद्यार्थीहरु पनि सक्दो धेरै भर्ना गर्ने तरखरमा लाग्यौ । कक्षा संचालन हुने भयो भने म आफरु पनि भर्ना हुने साथै भाई र एक दुई जना साथीहरुलाई एकैसाथ भर्ना हुने सल्लाह गरेका थियौ । समय बित्दै गयो, लिम्बू भाषामा प्रविणता प्रमाणपत्र तहको लागि भर्ना खुलेन । के भयो भन्दै बुझ्दै जान्दा त्रिविले बिस्तारै प्रविणता प्रमाणपत्र तह हटाउदै जाने र त्यसको ठाउँमा १० जोर २ वा उच्च माध्यमिक शिक्षा नीति लागू गर्ने भएको कारण नयाँ कोर्षरु लागू नगर्ने भन्ने थाहा लाग्यो । लिम्बू भाषामा उच्च शिक्षाको पठनपाठन त्यत्तिकै भयो । मेरो लिम्बू भाषा पढ्ने रहर पनि अधूरै रह्यो । 

केही सिकाईहरु
मातृभाषामा शिक्षा दिनुपर्छ भनी हामीले आन्दोलन गरी रहन्दा हामीले हाम्रो भाषा साहित्यलाई समृद्ध बनाउन के गरीरहेका छौ भन्ने तर्फ पनि ध्यान दिनुपर्छ । लिम्बू भाषा लेख्य परम्परामा ढलेको निकै समय भइसकेको भएता पनि हामीले धेरै गर्न बाँकि राखेका रहेछौ भन्ने अनुभव मैले गरे । हल्काफूल्का साहित्यिक सामग्रीहरु हामीले हाम्रो मातृभाषामा प्रशस्तै निकालेका रहेछौ तर गहकिला साहित्यको खाँचो यथावत रहेछ । हामीसंग उच्च शिक्षामा पठनपाठन गर्न लायक साहित्य सामग्री निस्कनै बाँकि रहेछ । यो काम समुदायमा मातृभाषा जान्नेले मात्र गर्न सक्छ । भाषामा विज्ञ भनेको अघिल्लो पुस्ता हो । अघिल्लो पुस्ताले त्यसलाई निरन्तरता दिन सक्छ र हाम्रा पुर्खौलि र परम्परागत ज्ञानको संरक्षण र हस्तान्तरण गर्न सक्छ । 

राज्यले दिएर मात्र पुग्दैन लिन पनि सक्नुपर्छ । मातृभाषामा शिक्षा लिन पाउने हाम्रो मौलिक अधिकार हो । यो लागू गर्न गराउन समुदायले महत्वपूर्ण भूमिका खेल्छ । सहि तरिकाले पैरवी गरेको खण्डमा यो लागू गर्न सकिने रहेछ भन्ने मैले अनुभव गरे । समुदायले आफ्नो अधिकार लिनको लागि सहि तरीकाले पहलकदमी लिनुपर्छ ।

मातृभाषा शिक्षा दिनेले दिन्छु भनेर मात्र पुग्दैन लिनेले लिनु पनि पर्छ । अहिलेको अवस्थामा सबैले अंग्रेजी भाषा पढ्न चाहन्छन् तर आफ्नो भाषा पढ्न चाहदैनन् । आफ्नो भाषा किन पढ्नु पर्छ, त्यसको महत्व के छ भनी नयाँ पुस्तालाई बुझाउनु आवश्यक छ । नत्र मातृभाषा कक्षा सधै न्यून विद्यार्थी हने अवस्था आउँछ ।

मातृभाषामा शिक्षा एउटा समूहिक लगानी हो । राज्य, समुदाय र समुदायका प्रत्येक व्यक्तिको आ–आफ्नो भूमिका र दायित्व यसमा अहम् हुन्छ । कुनै एकले मात्र आफ्नो दायित्वमा चुक्यो भने त्यसको असर पुरा समुदायले नै भोग्नुपर्ने हुन्छ । 

Note: This article was published in Annapurna Shikshya (Tuesday supplement of Annapurna Post), Nov. 20 2012. page 4-5

No comments:

Post a Comment