हेर न शहीदहरुलाई ..........
Source : http://linkpokhara.blogspot.com/2010/01/blog-post_29.html
प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञात-अज्ञात शहीदहरुको सम्झनामा प्रत्येक वर्षमाघ शहीद सप्ताहका रुपमा सप्ताहब्यापि कार्यक्रम आयोजना गरी १६ गतेकादिन 'शहीद दिवस' मनाउने चलन रहिआएको छ । औपचारिक रुपमा प्रथम शहीद भनी घोषणा नभए पनि तानाशाही राणा शासनविरुद्ध लड्दा वि.सं.१९३३ मा मारिएका पहिलो शहीद लखन थापामगर थिए । मुलुकमा स्वतन्त्रता मानवअधिकार र प्रजातन्त्रबहालीका लागि जहाँनिया राणा शासनको विरोधमा लागेका कारण वि.सं.१९९७ माघमा शुक्रराज शास्त्री र धर्ममक्त माथेमालाई भुण्ड्याएर मारेका थिए भने दशरथ चन्द र गंगालाल श्रेष्ठलाई गोली हानी मारियो । टङ्कप्रसाद आचार्य र रामहरि शर्मालाई ब्राम्हण भएकाले मृत्युदण्ड नदिई चारपाटा मुडेर नेल सिक्रीसहित आजीवन काराबासको सजाँय दिइएको थियो । जन्मकैद र सर्वस्वहरण सजाँय् पाउनु भएका गणेशमान सिंह भने २००१ सालमा भद्रगोल जेलबाट भागेर भारत पुग्न सफल हुनुभएको थियो ।
राणाहरुको यही क्रुर कुकृत्यको कारण २००७ सालको प्रजातान्त्रिक आन्दोलन सफल पार्न पृष्ठभूमि तयार भयो । सशत्र क्रान्ति गर्ने उद्देश्यले थीरबम मल्लको नेतृत्वमा मुक्ति सेना गठन भयो । बीरगंजबाट शुरु भएको सशस्त्र क्रान्ति देशभरि फैलियो । यसै क्रममा थीरबम मल्लले बीरगंजमा बीरगति प्राप्त गरे । सात सालको आन्दोलनबाटै एक सय चार वर्षसम्मको तानाशाही एकतन्त्रीय राणा शासनको अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापना भयो ।
संसारमा असंख्य मानिस जन्मेका छन् र मरेका छन् । ती सबैको नाम विश्वको इतिहासमा लेखिएको छैन । इतिहासमा त्यस्ता मानिसको नाममात्र लेखिन्छ जसले जन्मभूमिको स्वतन्त्रताको लागि आफ्नो अमूल्य जीवन अर्पण गर्दछन् । त्यसैगरी जसले प्रजातन्त्र मानवअधिकार र राष्ट्रका लागि सहादत प्राप्त गर्छन् तिनको नाम अमर हुन्छ । ती मरेर पनि तिनको नाम तिनको काम तिनले गरेको योगदानले अमर हुन्छन् । तिनको सम्झनामा राज्यले नै सम्मान व्यक्त गर्दछ । नेपालको सन्दर्भमा ती चार बीर पुरुषले अमरत्व प्राप्त गरेको ७० वर्ष वितिसकेको छ । त्यस पछि २००७, २०४६, दश वर्षे जनयुद्ध र ०६२/६३ को क्रान्ति तथा आन्दोलनका क्रममा शहीद हुनेहरुको पंक्तिमा ज्ञात-अज्ञात रुपमा हजारौं लाखौं लामबद्ध भइसकेका छन् ।
माओवादीले जनयुद्धमा मारिएका १० हजारलाई शहीदको सूचीमा राखेका छ । जनआन्दोलन २०६२/०६३ मा मारिएका २५ जना र तराई मधेस आन्दोलनमा मारिएका २४ जनालाई शहीद घोषणा गरिएको छ । त्यस्तै कर्मचारी शहीद १७ जना, धार्मिक शहीद २ जना र पत्रकार शहीद २ जनाको पनि सूची राखिएको छ । समाज राजनीति र राष्ट्रको व्यवस्था परिवर्तनका लागि लड्ने भन्दा पनि सडकमा विरोध गर्ने क्रममा मारिएका र जुनसुकै सानातिना घटनामा मर्नेहरुका परिवारलाई १० लाख क्षतिपूर्ति दिने र मृतकलाई शहीद मान्न थालेपछि शहीदको संख्या बढीरहेको छ भने शहीदको सम्मान र मूल्य घट्दै छ । राजनीतिक नेतृत्व जिम्मेवार रुपमा प्रस्तुत हुन नसकेकाले आन्दोलन र विरोध मत्थर पार्न शहीदलाई सस्तो बनाइएको छ । शहीद शब्दकै अपमान हुने गरी जुनसुकै दुर्घटनामा मरेको व्यक्तिलाई पार्टीको झण्डा ओढाई क्षतिपूर्ति सहित शहीद घोषणा गर्ने संस्कार प्रोत्साहित गर्दै सरकारले आधिकारिक रुपमै ६ हजार ३ सय ४४ जनालाई शहीद घोषणा गरिसकेको छ । यसरी शहीदको विषयमा संकीर्ण र अभद्र राजनीति गर्नु सांस्कृतिक दरिद्रताको पहिचान हो ।
शहीदहरुले परिकल्पना गरेका शोषणरहित समाज र आजको हाम्रो समाजको तुलना गर्ने हो भने आजको समाज विभिन्न किसिमका विकृति र बिसंगतिले भरिएको देखिन्छ । व्यक्तिगत र दलगत स्वार्थका कारण हाम्रो समाज एक अर्काप्रति उत्तरदायित्वविहीन बन्दै गइरहेको छ । व्यक्तिको आचरण र मानवीय मूल्य र मान्यताको दिनप्रतिदिन अवमूल्यन हुँदै गइरहेको छ । प्रजातान्त्रिक राजनीतिमा आस्था र विश्वास राख्ने राजनीतिक दलहरुमा अप्रजातान्त्रिक तथा दलीय स्वार्थको संस्कार धनिभूत हुँदै गएको छ । जसको परिणामस्वरुप देशमा विभिन्न किसिमका अस्थिरता अन्योल र अनिश्चितताको वातावरण व्याप्त हुँदै गएको छ ।
दशरथ चन्द
दशरथ चन्दको जन्म वि.सं. १९६० असारमा बैतडी जिल्लाको बस्कोटमा पिता शेरबहादुर चन्द र आमा ओजकुमारी चन्दको कोखमा माहिला छोराका रूपमा भयो । शहीद माइला भन्नाले दशरथ चन्द बुझिन्छ । उहाँमा पितालाई सुर्खेतमा टुँडिखेल बनाउने लेफि्टनेन्ट शेरबहादुर चन्दका नामले चिनिन्छ । राणाशासनका विरोधीहरूमा सबैभन्दा सशक्त व्यक्तित्व स्व. चन्दले मानविकी तथा समाजशास्त्र विषयमा बनारसबाट प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको थियो । त्यसअघि उहाँले नेपालगञ्ज, अल्मोडा, कुमाउँ, नैनीताल जस्ता ठाउँमा पढनुभयो । त्यहीबेला उहाँ काशी नागरिक प्रचारिणी सभामा रहेर राजनीति गर्न थाल्नुभयो । महात्मा गान्धीले भारतमा प्रारम्भ गर्नुभएको सत्याग्रहमा उहाँले सक्रियरूपमा भाग लिनुभएको थियो । वि.सं. १९९० साल बारा जिल्लाको मौवादहमा टंकप्रसाद आचार्यसँग दशरथको पहिलो पटक भेट भयो । वि.सं. १९९१ मा उहाँ सहयोगी शिवदत्त भट्टका साथ बर्मा पुग्नुभयो । त्यसपछि थाइल्यान्ड पुगेर नेपालमा सशस्त्र क्रान्ति गर्ने योजना बनाउनु भयो । उहाँ नेपाल प्रजापरिषद्को कार्यकर्ता हुनुहुन्थ्यो । उहाँ सेवासिंह भन्ने छद्मनामबाट राणाविरोधी लेख छाप्नुहुन्थ्यो । दशरथ चन्द र गङ्गालाल एउटै जेलको कोठामा पर्नुभएको थियो । तत्कालीन राणासरकारले वि.सं. १९९७ माघ १५ गते दशरथ चन्दलाई शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दियो । उहाँ अविवाहित नै शहिद हुनुभयो । दशरथका जेठा बुबा रबी चन्द र कान्छा बुबा सुबेदार दलबहादुर चन्द थिए भने माइलाका दाई गोकर्ण चन्द थिए । भाई ललित चन्द पनि २०५१ सालमा बिते । चश्मा लगाउने दशरथ चन्द गाउँमा प्रत्येक घरमा जानुहुन्थ्यो । दिदी, बहिनी, भाउजूहरूसँग ख्याल-ठट्टा गर्नुहुन्थ्यो । उहाँलाई भोक लागेमा जुन घरकी भाउजूसँग पनि मागेर खान हिच्किचाउनु हुन्थ्यो । मोही शहीदलाई खुब मनपर्थ्यो । बनारसमा स्नातक सकेर आउनु भएका युवा दशरथको विवाह काठमाडौंको राणा खानदानकी जुलिया मैयासँग गर्न भनेर दुईपटक जन्ती गए तर केटीको परिवारमा 'जुठो सुत्केरो' परेकाले विवाह हुन सकेन, जन्ती रित्तै फर्क्यो ।
गंगालाल श्रेष्ठ
स्व. भक्तलाल श्रेष्ठ र माता तुलसीमाया श्रेष्ठका छोरा गंगालालको जन्म १९७५ सालमा रामेछापको भँगेरी गाउँमा भएको थियो । आफ्ना काकासँगै भारतको कलकत्तामा बसी २-३ बर्ष पढेपछि उहाँ काठमाडौँ र्फकनुभयो । वि.सं. १९९४ मा उहाँले दरबार हाई स्कूलबाट पहिलो श्रेणीमा एस्.एल्.सी. उत्तीर्ण गर्नुभयो र त्रि-चन्द्र कलेजमा आई.एस्सी.पढ्दै हुनुहुन्थ्यो । गंगालाल कलाकार तथा महावीर संस्थाका कार्यकर्ता हुनुहुन्थ्यो । महावीर संस्थामा राणाविरोधी प्रवचन र क्रियाकलापहरू हुन्थे । राणासरकारले गंगालाललाई शुक्रराजको सभामा-वि.सं.१९९५ सालमा असन र इन्द्रचोकमा- राणाशासनविरुद्ध बोलेबापत पक्राउ परि छुट्नुभयो । दशरथ चन्दको संगतबाट प्रजापरिषदको सदस्यता लिनुभई राणाविरोधी गतिविधिमा सक्रिय हुनुभयो । प्रजापरिषद्को गतिविधिमा लागेबापत १९९७ साल कात्तिक २ गते पक्राउ गर्यो । उहाँलाई १९९७ साल माघ १५ गते दशरथ चन्दसँगै सेन्ट्रल जेलबाट घरछेउको बाटोबाटै लगी बिष्णुमतीको बगरमा रहेको शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइयो । उहाँ विवाहित हुनुहुन्थ्यो । पत्नीको नाम हसिनादेवी हो ।
धर्मभक्त माथेमा
धर्मभक्त माथेमाको जन्म पिता सुब्बा आदिभक्त माथेमा र माता चन्द्रकुमारी देवीको कोखबाट वि.सं. १९६६ असोजमा काठमाडौँको ओमबहालमा भएको थियो । बुबा आदिभक्त राणाहरूका लागि भारतबाट सामान ल्याउनुहुन्थ्यो । त्यही कारणले धर्मभक्तले दार्जिलीङमा शिक्षा आर्जन गर्नुभयो । केही समय कलकत्तामा पनि पढनुभयो । शरीर दुब्लो भएकाले व्यायाम गर्न थाल्नुभयो । बङ्गालको शारीरिक व्यायामशालाबाट उहाँ बङ्गाल च्याम्पीयन भएर नाम कमाउनुभयो । बङ्गाल अंग्रेजकै पालाबाट राजनीतिक चेतना भएको ठाउँ थियो । त्यहीँबाट उहाँलाई राजनीतिको ज्ञान मिल्यो । उहाँको सम्पर्क बङ्गाली नेता चित्तरन्जन दाससँग भयो । केही समयपछि उहाँका बुबालाई श्री ३ जुद्ध शमशेरले निर्वासित गरिदिए । वि.सं. १९९० मा धर्मभक्त माथेमाको उत्तरादेवीसँग वैवाहिक सम्बन्ध कायम भयो र उहाँले भारतको स्कटिस चर्च कलेजबाट आई.ए.उत्तीर्ण गर्नुभएको थियो । वि.सं. १९९० सालमा दशरथ चन्दसँग धर्मभक्तको भेट भयो । पछि चन्द पनि प्रजापरिषद्को संस्थापक सदस्य हुनुभयो । उहाँले घोडेजात्रामा टुँडीखेलमा शारीरिक तन्दुरुस्ती र व्यायामको प्रदर्शनी गर्दा राजा त्रिभुवन ज्यादै प्रभावित होइबक्स्यो । उहाँ स्व. श्री ५ त्रिभुवनका व्यायामशिक्षक हुनुभयो ।उहाँले १९९३ सालमा आफ्नै फुपूको घरमा नेपाल प्रजापरिषद्को स्थापना गर्नुभएको थियो । प्रजापरिषद् र श्री ५ त्रिभुवनका बीचमा उहाँबाटै सम्पर्क भयो । लैनचौरमा श्री ५ र प्रजापरिषद्बीच भएको सम्पर्क राणाहरूले चाल पाए । धर्मभक्तलाई पक्राउ गरियो । वि.सं. १९९७ माघ १२ गते उहाँलाई सिफलमा फाँसी दिइयो ।

No comments:
Post a Comment