नेवा: स इन्टरनेट रेडियो

Monday, January 4, 2016

फेरी टोपीकै कुरा

शैलेश श्रेष्ठ

".... उनीहरु हिजोको शासनकालमा लादिएको त्यस्तो राष्ट्रबादलाई आम जनताले बिर्सिए भन्ने भ्रममा छन्, चाहे त्यो राष्ट्रिय गीतको धून बज्दा सिनेमा घरहरुमा अनिवार्य उठ्नै पर्ने व्यवस्था होस या नागरिकता लिंदा टोपी भएको फोटो अनिवार्य गरिएको नियम होस्  ।  त्यस्तो राष्ट्रवाद बचाउने अचुक ओखतीका रुपमा तात्कालिक एक भाषा एक भेषको राज्य प्रणाली जोगाउन सर्जकहरुलाई सिर्जना गर्न ठेक्का-पट्टा दिईन्थ्यो । जहाँ "चौतारीमा राजा भेटियो" देखि "यो मेरो टोपी" अनि "मागी मिठो खाँदैन चोरी राम्रो लाउँदैन" जस्ता स्तुतीगान र कोरा आदर्श र उपदेशका रचना तथा सिर्जनाहरु पर्दथे । ...  " 
.....कल्ले भनि दियो होला यिनलाई भारतको बिरोध गर्दा टोपी र लबेदा सुरुवाल अनिवार्य हुन्छ भनेर अनि राष्ट्रबादी हुनलाई टोपीनै लाउनु पर्छ भनेर? ....

.....एनआरएनको क्रान्तिकारी नेता भएर "ब्याक अफ ईन्डिया" भन्दै नारा जुलुस गरेको त्यो ऐतिहासिक दृश्य पत्रपत्रिका र टेलिभिजनमा आएन भने त्यत्रो समय दिएर जाडो खपेको पो के अर्थ रह्यो र?......


 
हाम्रो समाज बढी उपदेशात्मक छ । "टोपी दिवस" लगायतका अन्य थुप्रै आवरणमा देखाईने राष्ट्रवादलाई पंचायतकालिन महेन्द्रीय राष्ट्रवादको संज्ञा दिंदा थुप्रै बुद्धिजीवीहरुको रक्तचाप बढ्ने गरेको मैले निजिरुपमा महसुस गर्ने गरेको छु । उनीहरु हिजोको शासनकालमा लादिएको त्यस्तो राष्ट्रबादलाई आम जनताले बिर्सिए भन्ने भ्रममा छन्, चाहे त्यो राष्ट्रिय गीतको धून बज्दा सिनेमा घरहरुमा अनिवार्य उठ्नै पर्ने व्यवस्था होस या नागरिकता लिंदा टोपी भएको फोटो अनिवार्य गरिएको नियम होस । त्यस्तो राष्ट्रवाद बचाउने अचुक ओखतीका रुपमा तात्कालिक एक भाषा एक भेषको राज्य प्रणाली जोगाउन सर्जकहरुलाई सिर्जना गर्न ठेक्का-पट्टा दिईन्थ्यो । जहाँ "चौतारीमा राजा भेटियो" देखि "यो मेरो टोपी" अनि "मागी मिठो खाँदैन चोरी राम्रो लाउँदैन" जस्ता स्तुतीगान र कोरा आदर्श र उपदेशका रचना तथा सिर्जनाहरु पर्दथे ।


अहिले हामीले जाडोले कठ्यान्ग्रिदै मास्को, पेरिस, ब्रुसेल्स, बर्लिन र न्युयोर्क जस्ता चिसा सहरहरुमा बिना उर्दीको जुलुसमा प्रदर्शन गरेको "ब्याक अफ ईन्डिया" अथवा "टोपी दिवस" त्यसकै पछिल्लो संस्करण बनेको छ । जीवनमा कहिल्यै टोपी नलाउने एनआरएनका अगुवा नेताहरुको शीरमा टोपी र शरिरमा लबेदा-सुरुवाल देखियो । कल्ले भनि दियो होला यिनलाई भारतको बिरोध गर्दा टोपी र लबेदा सुरुवाल अनिवार्य हुन्छ भनेर अनि राष्ट्रबादी हुनलाई टोपीनै लाउनु पर्छ भनेर?

मैले केहि तस्विरहरु संकलन गरेर राखेको छु जसमा जलप र आवरणमा राष्ट्रवादको प्रदर्शन गर्दै गरेका अनौठा अनि टिठलाग्दा भागभंगीमा प्रदर्शन गरिएका तस्विरहरु छन । जाडो को मौसम, सानो र छोटो टोपी जसले पुरा टाउको पनि छोपेको छैन अनि बर्षौं पछि निकालेर लगाईएको दौरा-सुरुवाल! कठै जाडो भो भन्न पनि नमिल्ने ! टप कोट या लामो ज्याकेट लाउँ भने दौरा-सुरुवाल छोपिने? एनआरएनको क्रान्तिकारी नेता भएर "ब्याक अफ ईन्डिया" भन्दै नारा जुलुस गरेको त्यो ऐतिहासिक दृश्य पत्रपत्रिका र टेलिभिजनमा आएन भने त्यत्रो समय दिएर जाडो खपेको पो के अर्थ रह्यो र ?

कति देखाउनु पर्छ हामी नेपालीलाई ! पोशाक त स्थान र याम अनुसार आफ्नो सजिलोको लागि लाउनु पर्ने होइन र? उता देशमा बसिन्जेल पनि यो समाजले के भन्ला भनेर चिन्ता पालेर हामी अरुकै लागि बाँच्यौं अब यता परदेशमा पनि त्यस्तै र उस्तै चाला भो ।

आsssss दुनियाले अराष्ट्रबादी भनेनी भनुन तथाकथित "टोपी दिबस" कै सेरोफेरोमा हिजो मैले पनि आफ्नो नयाँ गृह राज्य न्युजर्सीको ग्रामिण बस्तीको कठ्यान्ग्रिँदो चिसोमा "गो ग्रीन टोपी" संग एउटा तस्विर खिंचे ।


No comments:

Post a Comment