मनू मखु मर्स्या ख:
डा. रोशन श्रेष्ठ
हाल अमेरिका
मैले मेरा मधेशी साथीहरुलाइ भनेको छु, मधेश र नेवार बीच यूगौको सहकार्य छ
। कतिपय नेवार भजनमण्डलहरुमा मधेशका मैथली र भोजपुरी भजनहरु अझै गाइन्छन ।
मधेश र नेवार बिच रहेको साँस्कृतिक
आदानप्रदानको अवशेष धेरै संस्कृति र प्रचलनहरुमा मनग्य देख्न पाइन्छ । यिनै
कारणहरुले गर्दा म तर्क गर्छु कि मधेशको गुमेको अस्तित्व (यदि गुमेको सहि
हो भने), त्यसको बचावट नेवारले 'मर्स्या' शव्दमार्फत गरेको छ । मर्स्या
शव्दलाइ हीन वा हेय भावले हेर्न जरुरी छैन । किन कि एकताका मधेशमा नै पनि
मधेशी शव्द बिलाइसकेको थियो । गजेन्द्रनारायणका अग्रजहरुले पनि 'तराइ'मात्र
प्रयोग गरे, मधेश प्रयोग गरेनन । तर नेवारले आफ्नो भाषामा मधेशको अस्तित्व
हराउन दिएन । 'मर्सय वनेगु', 'मर्स्या भाय्', 'मर्स्या भौमचा', 'मर्स्या
सस:', 'मर्स्या बज्ये', 'मर्स्या' आदि शब्दहरु निरन्तर नेवारले प्रयोग
गरीरहे । यी कुनै पनि शब्दहरु हेयभावका शब्दहरु होइनन । अरु आम शव्द झै
सामान्य शब्द हुन ।
पञ्चायति
कालखण्डमा मधेशमा काठमाँडौसितको असन्तुष्टि पोख्ने माध्यमको रुपमा
'मर्स्या' शब्दको दुरुपयोग गरीयो । खासगरी 'मनू मखु मर्स्या ख:' भन्ने एक
हरफलाइ अनावश्यक रुपमा घृणाको प्रतिक बनाइयो ।
कलेज लाइफकै बेला मेरा एक मधेशी केटा साथीलाइ पहाडिया केटी साथी असाध्यै मन परेछ । उनी सित प्रेम प्रस्ताव राख्न सहयोग माग्न ती केटा साथी मकहाँ आए, र उनको आग्रहअनुसार प्रेमप्रस्ताव राखिदिए मेरो लागि सबै क्लास असाइनमेन्टहरु गरीदिने, ल्याब रिपोर्ट लेखिदिने, आदि इत्यादि वाचा गर्न थाले । मलाइ त्यस्तो मामिलामा फँस्ने रुचि नभएको हुँदा मैले जवाफ दिएँ, 'हैन हैन साथि, प्रस्ताव गर्ने काम आफै गर, म तिमीले कुरा गर्न खोजेको छ भनेर बताइदिउँला, कुरा गर्न साथी बस्न परे म पनि सँगै बस्दिउँला । तर म प्रेम प्रस्ताव लगिदिने, चिठ्टी दिने, आदि काम कसैको लागि पनि गर्दिन ।' ती साथीले मलाइ तत्काल भने - 'कहाँ हुन्छ यार? हामी मधेशीले भनेको कुरा काठमाण्डुको केटीले कहाँ सुन्छ र? हामीलाइ त मनू मखु मर्स्या ख: भन्छ ।'
'काठमाँडौमा मधेशीलाइ मान्छे नै गन्दैनन, हेर हामी मधेशीलाइ मनू मखु मर्स्या ख: भनेर हेप्छ' भन्ने कुरालाइ शिक्षित र अशिक्षितमाझ ब्यापक प्रचार भएको रहेछ । एक पल्ट पुल्चोक इञ्जिनियरीङ क्याम्पसको कक्षाकोठामा स्व. डा. जितनारायण नायकले पढाइकै बीच 'हामी मधैशीलाइ काठमान्डौमा मनू मखु मर्स्या ख: भन्ने जमाना थियो, तपाइ हेर्नुहुन्छ?' भन्नु भएको थियो । काठमाण्डु बसाइको १२-१३ वर्षपछाडि पनि मैले काठमाण्डुमा कुनै पनि रैथानेको मुखबाट त्यो वाक्य सुन्न पाइन । नायक सरसित पछि मैले 'मनू मखु मर्स्या ख:' भन्ने वाक्यको विषयमा कुरा बुझ्न खोज्दा घरबेटीले उहाँलाइ दिएको दु:ख, प्रशासनले दिएको झमेला, उहाँकै पहाडिया समकक्षिहरुले गरेको ब्यवहार आदि उहाँले भोगेको अप्ठेरोहरु सुनाउनु भयो । उहाँको नेवार घरबेटीसित हुने नोंकझोंकभन्दा बाहेक उहाँका बाँकि सबै गुनासो र अप्ठेरो नेवार समुदायसित असम्बन्धित थिए । मैले उहाँलाइ भने - 'तपाइले भोगेका ती घटनाहरु नेवार वाक्य 'मनू मखु मर्स्या ख:'सित कसरी सम्बन्धित भयो? जबकि तपाइले भोगेका पीडा बढाउने वा घटाउने मामिलामा घरबेटी एकजना बाहेक अन्य नेवार समुदायको कुनै हात नै छैन रहेछ । तपाइले यदि मधेशी घरबेटी पाउनु भएको भए फरक ब्यवहार हुनेथियो होला?' त्यो बेला शायद उहाँ आफै घरबेटी बनीसक्नु भएको हुनाले उहाँले मेरो कुरामा बिमति जनाउनु भएन । बरु त्यो वाक्यले सबै पहाडियाको मनस्थीति दर्शाउँछ भन्ने खालको गोलमटोल जवाफ दिनु भयो र उहाँले कक्षामा त्यो कुरा राख्नुको आशय नेवार समुदाय-इत्तर थिएन भन्ने प्रष्ट पार्नु भयो । तर मेरो मनमा यो 'मनू मखु मर्स्या ख:' प्रचार हुनुको रहस्य थाहा पाउने खुल्दुलि जागि नै रह्यो ।
'मनू मखु मर्स्या ख:' कहाँ प्रयोग गरीएको रहेछ भन्दाखेरी एक जना डस्ना सिउन बोलाएको मधेशी कामदार घरमा आएर ढोका ढक्ढक्याएको रहेछ । घरधन्दामा ब्यस्त आमाले सानी नानीलाइ 'कुने सु मनू वल, स्व स्व' (अर्थात, तल को पाहुना आयो हेर हेर) भनेको रहेछ । अनि सानी नानीले 'मनू मखु मर्स्या ख:' (अर्थात, पाहुना होइन काम गर्न बोलाएको मधेशी हो) भनेको रहेछ । यो वाक्य जुन प्रसंगमा जसरी प्रयोग भयो, यदि त्यो सत्य हो भने, त्यहाँ कुनै हेय वा घृणाको गुञ्जायस छैन । नेपालभाषामा वाक्य प्रयोजनमुताविक एकै शव्दको फरक फरक अर्थ हुने गर्छ । जस्ते 'वा' भन्ने शव्दले धान, दाँत, आउनु जस्ता फरक फरक अर्थ जनाउँदछ । त्यस्तै 'मनू' शव्दले पनि मानिस मात्र नभइ पाहुना पनि जनाउँछ । वाक्य संयोजनअनुसार साक्षी, प्रतिस्पर्धि, अतिथि, आमन्त्रित भद्रजन, वयष्क मानिस आदि विविध अर्थमा 'मनू' शव्द प्रयोग हुन्छ ।
एक अबोध बालिकाले आफ्नो सामान्य शैलीमा प्रयोग भएको त्यो वाक्य काठमाँडौमा मधेशीहरु हेपिन्छन, मानिसको दर्जामा राखिंदैन भन्ने प्रचार गर्ने साधन बन्यो । यस्तो कुप्रचार हुनु आफैमा नेवार समुदाय माथि एक प्रकारको अन्याय हो । नगरेको पापको भागिदार बन्नु पर्ने अभिशाप झै हो ।
अहिले मधेश आन्दोलन र जारी नाकाकस्सीको बीचमा फेरी पहाडिया भर्सेस मधेशिया मानसिकता तिब्र भएको छ । अहिलेको नेवार समुदाय महेन्द्रकालीन पहाडिया राष्ट्रबादको शिक्षामा चुर्लुम्म डुबिसकेको छ । पहाडिया सत्ताधारीका हर्ताकर्तामा दरिएका खनालहरुले निर्लज्ज भएर 'के त्यसो भए तपाइ धोति प्रदेश बनाउन दिने?' भनी कुर्लँदा थपडी मार्ने नेवारहरु पनि छन होलान । पहाडिया सत्ताधारीका हर्ताकर्तामा दरिएका ओली, रावत, पौडेल, सिटौलाहरुले 'मधेशले अधिकार माग्न बिहार जाने हो, हामीकहाँ किन आउने?' भन्दा दंगदास पर्ने नेवारहरु पनि छन होलान । तर ती नेवारहरुले नेवार इतिहास, सभ्यता र समाजको प्रतिनिधित्व गर्दैनन, गर्न दिनु हुँदैन भन्ने मेरो बुझाइ छ ।
मधेशको ऐतिहासिकता खोतल्दा धेरैले भारतको 'मध्य प्रदेश'को समानान्तरमा 'मध्य देश'को कल्पना गरी त्यसैको अपभ्रंशित स्वरुप मधेश भएको तर्क तेर्साउँछन । म त्यो तर्कलाइ मनगढन्त भन्ठान्छु । किन कि 'मध्य देश'को अस्तित्व इतिहासमा छैन । 'मध्य प्रदेश' को अस्तित्व त भारत स्वतन्त्रता पछि मात्रै देखिएको हो ।
'मधेश' पनि पछि बनेको शब्द हो । यसको मुलरुप नेपालभाषाको मरस हो, जुन आफैमा एक अपभ्रंशित रुप हो । त्यो शव्द 'मगदस' बाट आएको तथा 'मगदस' शब्द 'मगध देश'को छोटो रुप रहेको हुन सक्छ । इतिहासमा मगध देशको अस्तित्व छ । राजा जनकले शासन गरेको मिथिला क्षेत्र नै विशाल मगध साम्राज्यको रुपमा झण्डै ४०० वर्ष भारतीय उपमहाद्वीपमा अस्तित्वमा रहेको थियो । त्यहि मगध देशमा जाने कर्मलाइ नेवारहरु अद्यापि 'मर्सय् वनेगु' भन्छन । त्यहि मगध देशबाट बिहा गरेर ल्याएको बुहारीलाइ 'मर्स्या भौमचा' भन्छन । नेवार समाजमा अद्यापि रहेका यस्ता साँस्कृतिक अवयवहरुले आज पनि मगध देशको अस्तित्व बचाइ रहेको छ । नेपालको मधेश त्यहि प्राचीन मगध देशको निरन्तरता हो भन्ने मेरो ठम्याइ छ । शायद त्यो विशाल मगध देशको अस्तित्व आजको मधेशले धेरै समय अगाडि नै बिर्सिसकेको छ, तर नेवार समाजले आफ्नो भाषा र शब्दमा 'मरस'लाइ मर्न दिएन र आज 'मधेश' शब्दले जीवन्तता पायो । त्यसैले अब 'मनू मखु मर्स्या ख:' वाक्यको यथार्थ र ब्यापकता बुझी नेवार र मधेशको ऐेतिहासिक साँस्कृतिक सामिप्यतालाइ नविकरण गर्ने हो कि?

No comments:
Post a Comment