नेवा: स इन्टरनेट रेडियो

The Status of the radio is


Note: Please Click the play button to listen if the status is Live
Refresh the page if live and player is not responding.

Friday, November 2, 2012

नेपाल सम्वत कसरी प्रयोग गर्ने ?

Painting: Prem Man Chitrakar
लब लाल प्रधान

नेपाल सम्बत ११३२ बर्ष पहिले भक्तपुरको शंखधर साख्वा बाट उसबेलाको राजा राघब देवको आज्ञा अनुसार नेपालको कार्यालयहरूमा चलाईएको थियो । यो लुनार क्यालेण्डर थियो, जस्मा एक औंसीबाट अर्को औंसीलाई एक चन्द्रमास भनिन्छ । १२ औंसीको एक बर्ष हुन्छ ,त्यसैले ३५४ दिनको एक बर्ष हुन आउँछ । तीन बर्षको एक चोटी अनला महिना अथवा पुरुषोतम महिना, १३ औ महिना हुन आउँछ । त्यस बेला सूर्यले पृथ्बीलाई परिक्रमा गर्दछ भन्ने बिश्वास थियो । तर पछि बैज्ञानिकहरूले पृथ्बीले सूर्यलाई परिक्रमा गर्दछ भन्ने प्रमाणित गरे । त्यसबेला देखि नै १२ औंसी को एक बर्ष नभै पृथ्बीले सूर्यलाई परिक्रमा गर्ने एक चक्करलाई लाग्ने समयलाई बर्षको परिभाषा दिईयो । त्यसबेलादेखि संसारभर यही नियम लागु भयो । तर नेपालमा यातायात, दुर संचारको कमीले नेपाल सम्बत लागु गर्दासम्म त्यस्को प्रभाब नेपालमा परेको थिएन र तिथी नै गते जस्तो प्रयोग गरी नेपाल सम्बत चलाईयो । महिनाको नामाकरण सो महिना अनुसार हावापानी सुहाउने र संस्कृतिको आधारमा, पहिलो अक्षर तोकी बनाईयो, जस्तै ला भनेको महिना, छला भनेको त्यो सम्बतको पहिलो महिना हुन आउँछ ।
कछला 
नेपाल सम्बतको पहिलो महिनालाई करुणामयला भनिन्छ कार्तिक शुक्ल पक्ष प्रतिपदा सूर्योदय बेला भएको दिनलाई न्हूदँ अथबा नयाँ बर्ष भनिन्छ ।

थिंला 
सर्ग थिंगुला, आकासमा धेरै ताराहरू देखिने, आकास छर्लंग हुने महिना भनिन्छ ।

पोंहेला 
पों (असिना) र हिउँ पर्ने जाडो महिना भनिन्छ ।

सिल्ला 
पहिला पहिला बिफरले मानिसहरूलाई सताउँदथ्यो, त्यसैले सितला माईको पूजा गर्दथ्यो, जस्बाट सिल्ला हुन गयो । सो महिनामा सरस्वतिको पूजा पनि गर्दछ । यही दुईवटा मानीबाट सिल्ला बनेको भन्न सकिन्छ ।
चिल्ला 
चिरस्वायगुला, फागु पुणिर्मा, बसन्त ऋतुको आगमन हुने महिना भनिन्छ ।

च्वला 
च्वलापुन्हि, जामाच्वपुन्हि, बालाजुको मेला । त्यो एक दिन मात्र, बर्षको एक दिन नागार्जुन टुप्पा जामाच्व, जहाँ बुद्धको स्तुप राखेको छ र जान दिन्छ । यो कसैको कुल देबताको रुपमा पनि लिईन्छ । त्यसैले च्व भनेको पहाडको टुप्पो हो । त्यसैले जामाच्वला हो ।

बछला 
बिक्रम सम्बतको पहिलो महिना मानिन्छ ।

तछला 
तथागतछला भन्न सकिन्छ, तथागत भनेको बुद्ध हो । बुद्ध सम्बतको पहिलो महिना मानिन्छ । बुद्ध जेष्ठ महिनामा जन्मेको प्रमाणित भएको छ ।

दिल्लाः 
आजकाल दिल्ला भनिन्छ । यो देश भरी रोपाई गर्ने, मुख्य महिना आर्थिक दृष्टिकोणले अत्यन्त महत्वपुर्ण महिना भएकोले देला (दे भनेको देश हो) भनिएको छ ।

गुँला
गुँ भनेको सुनसान ठाउँ, जहाँ पुर्खाहरू बसोबास गर्दछन् भन्ने कथन छ । त्यसैले पुर्खाहरूको सम्झनामा गाई जात्रा, जनैपुणिर्मा जस्तो घर पबित्र गर्ने को रुपमा लिईन्छ ।

त्रँला 
त्रँसी थनिगु लिंग ठड्याउने, त्रँ ईन्द्रको चिन्ह, यो महिनामा ईन्द्रजात्रा गर्दछ ।

कौला 
कौला भनेको केही खाने अथबा भोज खाने महिना याने यो महिनामा दशै पर्दछ ।

ज्योतिष शास्त्र अनुसार सूर्योदय समयमा बार, गते फेर्दछे, महिनाको शुरुवात, बर्षको शुरुवात गर्दछ र यसबेलाको तिथी लाई दिनभरीको तिथी मानी, यही अनुसार चाडको तिथी तोक्दछ ।

जुनसुकै तिथी बिहान, दिउँसो, बेलुका , राति जुनसुकै समयमा शुरु हुन सक्छ । त्यसैले यो दिन भन्न सकिदैन, तर हामी सबै चाड, जन्म दिन, श्राद्ध ईत्यादी सबै तिथीबाट नै गरिन्छ, जस्को लागि दिनको जरुरत पर्दछ । त्यसैले हजारौं बर्ष पहिलेदेखि सूर्योदय समयको तिथीलाई नै दिनभरीको तिथी मानी चाडहरू यही तिथीबाट तोकिन्छ । यसलाई ज्योतिष शास्त्र को ब्यबहारिकता मानिन्छ । तर आजकाल बिहानको लागि बिहानको तिथी, दिउँसो पूजा गर्न दिउँसोको तिथी, राति पूजा गर्न रातिको तिथी लिन थालिएको छ । यो छोडी ब्यबहारिकता अपनाउँ ।

लुनार क्यालेण्डर हाम्रो संस्कृति, समाज लाई नभई नहुने हो । यो समाजमा चलिराखेको थियो, चलिराखेको छ, र चलिराख्नेछ । यो बिगार्न सकिदैन । अहिले पृथ्बीले सूर्यलाई एक चक्का घुम्ने समयलाई एक बर्ष मानिन्छ । बिक्रम सम्बत अनुसार ३६५।२५८६ दिन प्रथम आर्य सिद्धान्त अनुसार एक बर्ष मानिन्छ। तर सूर्य मेष राषिमा पस्ने दिन अथबा दिन रात बराबर हुने दिन २४ दिन अगाडी सरिसकेछ, अथबा चैत्र ४ गते सरेको छ । ईस्वि सम्बत अनुसार एक बर्षको ३६५।२४२५ दिन मानिन्छ । दिन रात बराबर हुने दिन (भर्नल ईक्वीनक्स दिन) मार्च २१ लाई मान्दछ, तर अहिले सो दिन मार्च १७ मा सरेको जस्तो छ । अब सायद एक बर्षको ३६५।२४२४ दिन गरेमा झन नजिक जानेछ ।

बिक्रम सम्बतमा सुर्य एक राशि बस्ने दिनहरूलाई एक महिना मान्दछ । तर हरेक बर्ष त्यही महिनाको दिनहरू २९,३०,३१,र ३२ मा बदल्न सक्दछ । तर ईस्वि सम्बतमा महिनाको दिनहरू तोकिएको छ, सो सूर्य, चन्द्रमामा भर पर्दैन । यो तोकिएको दिन महिना अति सजिलो, र ब्यबहारिक देखिन्छ । यस्ले टेक्नीकल्ली, बैज्ञानिक काममा एकदम फाईदा छ । बिषेश गरेर स्टान्डर तथ्याकं, अचल तथ्याकं बनाई दिन्छ । जस्ले हरेक घडी, मोबाईल, लाय्पटप, कम्प्युटरहरूमा अटोमेटिक तारिख बदल्ने गरी मिलाईन्छ, तर यो बिक्रम सम्बतमा सम्भब छैन, त्यसकारण तोकिएको महिना हुनु अति आबश्यक हुन आउँछ ।

हाम्रो नेपाल सम्बत क्यालेण्डर जस्ताको त्यस्तै राखि, बिक्रम सम्बतमा जस्तै सोलार क्यालेण्डरको रुपमा ३६५ दिनको एक बर्ष हुने गरी, तोकिएको दिनको महिना हुने गरी, महिनाको नाम सोही नेपाल सम्बतको महिनाको नाम राखि, नयाँ बनाई नेपाल सम्बतको सिस्टर क्यालेण्डर जस्तो सहायताको लागि बनाउनु छ । यस्को लागि लिप योर महिना हुनु पनि जरुरी छ । सिल्ला महिना फेब्रुररीमा पर्दछ । लिप योरमा सिल्लामा दिन थप्ने, यदि थपेको दिन र फेब्रुररी २९ एकै दिन पर्‍यो भने, हरेक तारिख तास् मा बदल्न सजिलै संग सकिन्छ । त्यो बदल्दैन, लिप योर दिनले असर पर्दैन । कछलाथ्व प्रतिपदा न्हूदँ अक्टोबर १९ देखि नोभेम्बर १६ को बीचमा पर्दछ । त्यसैले बचिको अक्टोबर ३० लाई कछला १ बनाउनुमा पनि उत्तम देखिन्छ । त्यसैले यदि अक्टोबर ३० लाई कछला १ गर्‍यो भने र मेजर आक्सीस र माईनर आक्सीसमा पर्ने महिना, सबभन्दा लामो दिन हुने महिना, दिन र रात बराबर हुने महिना, सबभन्दा छोटो दिन हुने महिना र पहिलो महिना ३१ को गर्ने, अरू सबै ३० को महिना गर्ने । यसो गरेमा ईस्वी सम्बत भन्दा सजिलो र झन ब्यबहारिक हुन जान्छ । जस्तै

कछला ३१ 
थिंला ३० 
पोंहेला ३१
सिल्ला ३० 
चिल्ला ३० 
च्वला ३१
बछला ३० 
तछला ३० 
देला ३१
गुँला ३० 
त्रँला ३० 
कौला ३१

Source : Najar Ram Maharjan, Kirtipur Sandesh (कीर्तिपुर सन्देश) 
Photo taken from : http://www.sherpaworld.com/list/a/5/1428/39

No comments:

Post a Comment