नेवा: स इन्टरनेट रेडियो

The Status of the radio is


Note: Please Click the play button to listen if the status is Live
Refresh the page if live and player is not responding.

Thursday, March 17, 2011

किशुनजीलाई अलविदा र अमितालाई समवेदना

राज श्रेष्ठ



प्रजातन्त्रको स्थापना गर्न राणाशाही विरुद्धको संघर्षमा होस् वा राजाको निरकुंश शासन विरुद्धको संघर्षमा गान्धीवादी नेता कृष्णप्रसाद भट्टराईले सँधै सिद्धान्त र मूल्य मान्यताको राजनीति गरे । इतिहासले उनलाई २०४६ सालको जनआन्दोलनपछिको अन्तरिम काल व्यवस्थापन र २०४७ सालको प्रजातान्त्रिक संविधानको निर्माणमा उनको राजनीतिक नेतृत्वलाई सँधै सम्झिरहनेछ । जुन राणाशाही परिवारवाद विरुद्ध उनले संघर्ष गरे त्यस्तै परिवारवाद आफैंले स्थापना गरेको पार्टीमा हावी हुँदै गएपछि पनि उनले त्यस विरुद्ध आपुूलाई उभ्याएनन् । नेपाली काँग्रेस भित्र घातप्रतिघात र षड्यन्त्रले उनको राजनीतिक भविष्य समाप्त पार्नेसम्मको काम हुँदा पनि उनले त्यसलाई कुनै प्रतिवाद नगरी शालीन ढंगले ग्रहण गरे । परिवारवाद षडयन्त्र र भ्रष्ट नेताहरुको बोलबाला पार्टीमा बढ्दै गएपछि भने उनले पनि गणेशमान िसंह कै अनुसरण गरी पार्टी परित्याग गरे । सिद्धान्तनिष्ठ र नैतिकवान नेताहरु एकपछि अर्को गर्दै पाखा लाग्दै गर्दा आखिरमा जनताले नेपाली काँग्रेसलाई दोस्रो दलको रुपमा प्रतिष्ठापित गरी सजाय दिइछाडे ।



भट्टराईको कमजोरी भनौं कि अनिच्छा उनले आपुू जस्तै सिद्धान्त बोकेका नेता र कार्यकर्तालाई संगठित गरी पार्टीभित्रै संघर्ष गरेनन् । उनी जिउँदो हुँदासम्म सम्मान दिन त कता हो भेट सम्म गर्न नजाने नेपाली काँग्रेसका नेताहरु अस्वस्थ भएपछि भने गोहीको आँसु चुहाउँदै अस्पताल परिसर वरपर देखिए ।

सरकारले उपलब्ध गराएको आश्रममा नितान्त एक्लोपनाका बीच बाँच्नु उनको नियति जस्तै भएको थियो । उनी स्वस्थ हुँदा हुन वा अस्वस्थ हुँदा उनको सेवाशुश्रूषाका लागि अनवरतरुपमा खटनु हुने उनका सहयोगी अमिता कपालीबाहेक उनका साथ अन्य कोही थिएन । जीवनका अन्तिम समय हुँदा सम्म पनि उनका नजिकका आफन्तहरुको कहीं कतै अत्तो पत्तो थिएन । उनको हरेक सुख दुःखमा सेवा टहलमा अमिताले एकजना सहयोगीको रुपमा आपुनो जीवनको महत्वपूर्ण समय अर्पण गरेकी छिन् । वयोवृद्ध भट्टराईको सेवामा आपुनो जीवनको महत्वपूर्ण अवधि अर्पण गर्ने अमिता मदर टेरेसा कै अर्को रुप हुन । भट्टराई जिउँदा हुँदा सम्म मात्रै हैन उनले प्राण त्याग गरिसकेपछि पनि उनको पार्थिव शरीरलाई समेत एकछिन पनि नछाडी अत्यन्त श्रद्धाका साथ अमिताले आपुूलाई समर्पण गरेकी देख्दा तिनीप्रति मेरो हृदयमा असीम सम्मान उत्पन्न हुन्छ । आर्यघाटमा भट्टराइको लास जलिरहँदा एफएम रेडियोहरुमा किसुनजीका सिद्धान्त कर्तव्यनिष्ठा र नैतिकताको गुणगान र तारीफ भइरहको थियो । तर अमिताको त्याग र तपस्याको बारेमा एक शब्द पनि कुनै नेता र पत्रकारका मुखबाट सुनिएन । आपुूले त्यत्रो सेवाशुश्रूषा गरेका आपुना पि्रय नेताको मृत्यु हुँदा उनलाई परेको दुःखप्रति सहानुभूति र समवेदना प्रकट गर्ने सम्म कोही भएनन् । अमिता प्रचारमा आउन चाहिनन् । भट्टराईको सेवामा तिनले पुर्याएको योगदान अतुलनीय छ । वास्तविक अर्थमा भट्टराईको चितामा दागबत्ती दिने अधिकारको साँचिक्कै हकदार अमिताबाहेक अरु हुनै सक्दैनथ्यो । किसुनजीप्रति श्रद्धासुमन प्रकट गरिरहँदा अमिताको सेवाभाव प्रति पनि नतमस्तक नभइ रहन सकिन्न ।



अमिताजी म तपाईंको निःस्वार्थ सेवाभावप्रति नतमस्तक छु । देवी भन्ने असंसारिक भावमा मलाई विश्वास छैन । देवी त म तपाईंलाई नै मान्छु ।

नागरिक दैनिकमा मार्च ८ २०११ फागुन २४ २०६७ मा प्रकाशित

राज श्रेष्ठ
कीर्तिपुर काठमाडौं