नेवा: स इन्टरनेट रेडियो

Sunday, June 16, 2019

किसानलाइ मोहियानी हक चाहियो भनेको के हो?

किसानलाइ मोहियानी हक चाहियो भनेको के हो?
(Source : Roshan Shrestha's Facebook Page)

१ - गुथिको जग्गाको उत्पादनबाट त:सिंभाग नबुझाउने भनेको? यसो हो भने गुथिको जग्गाको आम्दानी १००% मेरो हो भनेर दाबि गरेको भयो । डेरावालाले घरबाहाल नतिरी बस्न पाउनु पर्यो भनेर दाबि गरे जस्तो ।

२ - गुथिको जग्गाको उत्पादनबाट त:सिंभाग ५०% मात्रै बुझाउने भनेको? यसो हो भने समस्या रहेन । ५०-५० बाँड्ने कि, ६०-४० बाँड्ने कि, व्यवहारिक छलफलबाट टुङ्गोमा पुग्न सकिन्छ ।
३ - गुथिजग्गाको उत्पादन होइन, मोहियानी हक भनेको जग्गा नै किसानको नाउँमा नामसारी चाहियो, लालपुर्जा निकाल्न पाउनु पर्यो भनेको हो? लालपुर्जा नै चाहेको चाहि किन? बेचेर खान? बहालमा दिन? आफै घर बनाउन? - यदि बेच्ने, बहालमा दिने, घर बनाउने - गर्ने हो भने त्यो जग्गामा खेति नहुने भयो - अर्थात किसानलाइ किसान पेशा नगराउने तिकडम भयो । किसानलाइ मर्का पर्यो, मोहियानी हक चाहियो भन्नेले किसानलाइ किसानी पेशाबाट नै बिमुख बनाउने उपाय किन खोजेको? यो त फटाहा काम पो भयो ।
४ - ल मानौं, मोहियानी हक अनुसार आधि जग्गा किसानकै नाउँमा लालपुर्जा निकाले पछि किसानको गुथिप्रति दायित्त्व के हुने? त्यसपछि बाँकि आधि जग्गा के गर्ने? गुथियारले बाँडेर लिने? गुथियार आफैले किसानी पेशा अँगालेर उत्पादन गर्ने? अथवा फेरी अर्को किसान खोजेर उसलाइ उत्पादन गर्न दिने? त्यसरी उत्पादन गर्न दिएको नयाँ किसानलाइ पनि केहि वर्षपछि मोहियानी हक आधि दिलाउनु पर्ने होला, अनि त्यसरी आधा आधा जग्गा मोहयानी हक बाँड्दै जाँदा गुथिको जग्गा केहि समयपछि समाप्त यसै हुने भयो । मोहियानी हक मागेर त्यसरी गुथि नै नाश गर्न खोजेको हो कि होइन ? गुथिको दिर्घकालीन आम्दानीको बाटो चाहि के हुने त मोहियानी हक भन्दै जग्गा बाँड्दै गरेपछि? पुर्खाले गुथिमा जग्गा राखेर छोडेको त्यसरी बाँडेर बेचेर खाउ भनेर हो?
५ - जग्गाको स्वामित्त्व किसानको कायम गर्न मोहियानी हक चाहिएको भए ५०% जग्गा मात्र किन १००% नै जग्गा किसानको नाउँमा लालपुर्जा बनाइदिए पनि हुन्छ, तर एक शर्तमा । त्यो जग्गाबाट हुने आम्दानीको ५०% गुथिलाइ निरन्तर बुझाउनु पर्ने, बहालमा देउ, किसानी काम गर, पसल चलाउ, जे सुकै गर, तर त्यो जग्गाको ४ किल्लाभित्रबाट हुने आम्दानीको ५०% गुथीलाइ बुझाउने र आगामी २०० वर्ष त्यो जग्गा बेचबिखन गर्न नपाउने - यो शर्त मान्न तयार भए १००% जग्गा किसानको नाउँमा लालपुर्जा बनाइ दिदा हुन्छ । यस्तो खालको हकलाइ मोहियानी हक मान्न किसानहरु तयार छ?

No comments:

Post a Comment